Khabar Dabali Logo
  February 28, Fri

कोरोना भाइरस नियन्त्रणमा सरकारको तयारी: विमानस्थलमा ‘हाई अलर्ट’

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पु¥याइने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्कलाई सकृय बनाउँदै प्रत्येक नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको जनाएको छ ।

आजको राजधानी दैनिकमा खबर छ – नेपाल भ्रमण आएका अमेरिकी नागरिकलाई ज्वरो आएपछि आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पु¥याइएको थियो । ती नागरिक पुरुष रहेको र कोरोना भाइरसको आशंका गरिएको छ ।

हेल्थ डेस्कका प्रमुख गोपाल पाण्डेका अनुसार ज्वरो आएपछि उनलाई शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पु¥याइएको हो । उनले भने, ‘हामी हाइअलर्टमा छौं । विमानबाट ओर्लेपछि बिदेशबाट आएका प्रत्येक नागरिकको स्वास्थ्य परीक्षण हुन्छ ।’

त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलको हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ जडान गरिएको छ । हेल्थ डेस्कमा रहेको थर्मल स्क्यानरले जहाजबाट ओर्लेर एयरपोर्ट छिर्दै गरेका सबै यात्रुको ज्वरो परीक्षण गर्छ । शंकास्पद बिरामीलाई त्यहीँबाट छुट्टै एम्वुलेसमा राखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने गरिएको छ ।

सरकारले चीनबाट आएका र ज्वरो तथा रुघाखोकी देखिएका व्यक्तिलाई सिधै निगरानीका लागि शहीद शुक्रबार ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा लैजान थालेको छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरूको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई आवश्यक सबै तयारी गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले मन्त्री ढकाल र सचिव बरालसँग नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरूको उपचारको अवस्थाका सम्बन्धमा जानकारी समेत लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आइतवार बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती अस्पताल ९सिभिलं० र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (सरकारीतर्फ) र निजीतर्फ नर्भिक अस्पताल, काठमाडौं मेडिकल अस्पताल लगायतलाई तयारी अवस्था रहन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

यस्तै, काठमाडौंका सबै सरकारी तथा निजी अस्पताललाई पनि बिरामी देखिएमा उनीहरूको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । चीनको उहान प्रान्तमा रहेका नेपालीहरू बाहिर निस्किएका छैनन् भने सरकारले उच्च सतर्कतामा बस्न आग्रह गरेको छ ।
नेपालमा हालसम्म दुई जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ भने एक जनामा संक्रमणको पुष्टि भइसकेको छ ।

माघ १३ गते, २०७६ - ०७:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तरपट्टि गाउँमा खानेपानीको चरम अभाव अब छिट्टै हट्दै

बागलुङ । सदरमुकाम बागलुङ बजार नजिकै रहेर पनि उत्तरपट्टिका गाउँमा खानेपानीको चरम समस्या छ । बागलुङ...   
म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रिक्वार्टरफाइनलमा

म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रिक्वार्टरफाइनलमा

एजेन्सी । म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा शानदार जीतसहित अन्तिम १६ को यात्रा तय गरेको छ । गएराति...   

कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा...   
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा दोषी ठहरिए पूर्वराज्यमन्त्री साह, चार वर्ष कैद र १९ करोड जरिवाना

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा दोषी ठहरिए पूर्वराज्यमन्त्री साह, चार वर्ष कैद र १९ करोड जरिवाना

काठमाडौं । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दोषी...   

एसइईमा पाँच लाख १० हजार विद्यार्थी, १९ सय ९५ परीक्षा केन्द्र

काठमाडौं । ६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सहभागी हुन पाँच लाख १० हजार...   

प्रधानमन्त्रीलाई नेता नेपालको चेतावनीयुक्त सुझाब

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत...   

पेट्रोलमा ८६५ कर : पूर्वाधार कर पाँचबाट १० रुपैयाँ बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले पेट्रोलमा ८६ प्रतिशत कर उठाइरहेको छ । १२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल,...   
विश्वसम्पदा क्षेत्रमा ६ सय संरचना मापदण्डविपरीत

विश्वसम्पदा क्षेत्रमा ६ सय संरचना मापदण्डविपरीत

काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका सात विश्वसम्पदा स्थलमा ५ सय ९९ संरचना मापदण्ड विपरीत बनेको...   
सरकार, पुरस्कार कहिले दिने ?

सरकार, पुरस्कार कहिले दिने ?

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको साढे दुई महिना बित्यो। साग सकिनेबित्तिकै...   
भारतीयसँगै नेपालीको उद्धार

भारतीयसँगै नेपालीको उद्धार

काठमाडौं। केही दिनदेखि जापानको सामुद्रिक तटमा ‘क्वारेन्टाइन’मा राखिएको एउटा पानी जहाजबाट एक नेपालीको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top