Khabar Dabali Logo
  February 25, Tue

होटेलसम्मै पर्यटकको निगरानी, अध्यागमनमा रेटिना स्क्यानर जडान

काठमाडौं । पुरानो प्रविधि र कर्मचारीको सेटिङका कारण बदनाम नेपालको अध्यागमनमा प्रविधिगत रूपमा ठूलो सुधार भएको छ । पहिलोपटक अध्यागमनमा आफ्नै सफ्टवेयर जडान गरिएको छ भने हरेक यात्रुको रेटिनासहितको विवरण राख्न थालिएको छ । करिब १५ करोड रुपैयाँ खर्च गरेर अध्यागमन विभागले आफ्ना कार्यालयमा नयाँ प्रविधि जडान गरेको हो । प्रधानमन्त्री केपी ओलीले सोमबार जडान गरिएका प्रविधिको उद्घाटन गर्दै छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – अब नेपाल पोर्ट नामक आफ्नै सफ्टवेयर बनाएका छौँ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसअघि हाम्रो डाटासमेत सफ्टवेयर कम्पनीको नियन्त्रणमा हुने अवस्था थियो, अब पूर्ण रूपमा हाम्रै कर्मचारीले यसलाई चलाउने छौँ ।’ विभागले यसका लागि केही इन्जिनियर भर्ना गरिसकेको छ । ६ महिनाअघिसम्म अध्यागमनका सबै डाटा निजी कम्पनीको कब्जामा थियो ।

नयाँ सफ्टवेयरबाट होटेलसम्मै पर्यटकको निगरानी गर्न सकिन्छ । सो सफ्टवेयरमा होटेलले पर्यटकको विवरण अनिवार्य रूपमा भर्नुपर्ने नियम लागू गर्न लागिएको छ । हाल भिसाको अवधि सकिएका र अवैध रूपमा बस्दै आएका पर्यटकको कुनै जानकारी विभागलाई हुने गरेको छैन । धेरै देशका अध्यागमन प्रयोग भइसकेको आइरिस स्क्यानर पनि जडान गरिएको छ । अब हरेक यात्रुका फोटो औँठाछाप तथा आँखाको नानीको विवरण अध्यागमनसँग हुनेछ । जसअनुसार एउटाले अर्को व्यक्तिको पासपोर्ट प्रयोग गर्न पाउँनेछैनन् ।

तर, नेपाली यात्रुको विवरण राहदानी विभाग, वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग, इन्टरपोल र प्रहरीसँग समेत हुनेछ । यसले अपराध नियन्त्रणमा पनि सहयोग पुग्ने विभागका अधिकारी बताउँछन् । अध्याधुनिक कम्प्युटर, सिसिक्यामेरा तथा उच्च गतिको इन्टरनेट जडान भएकाले अब मिलिसेकेन्ड पनि अध्यागमनको सर्भर ‘डाउन’ नहुने पौडेलको भनाइ छ ।

कागजपत्र नक्कली भए तत्कालै पत्ता लाग्ने
शंका लागेका कागजपत्र चेक गर्ने एफडियू ल्याबसमेत स्थापना गरिएको छ । यसबाट नक्कली पासपोर्ट, भिसा तथा कागजपत्र नक्कली भए तत्कालै पत्ता लाग्ने छ । कुनै शंकास्पद यात्रुमाथि सोधपुछ गर्नका लागि ‘आइसोलेसन रुम’ निर्माण गरिएको छ । यसअघि डेस्कमा नै सोधपुछ हुने गरेको थियो । सफ्टवेयरसँगै अध्यागमन कार्यालयको हार्डवेयर पनि फेरिएको छ । आकर्षक डेस्क स्थापना गरिएको छ । भ्रमण वर्षका लागि यात्रुलाई लाइनमा बसाउन तथा सहयोग गर्न पूर्वसुरक्षाकर्मी तथा होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई समेत करारमा भर्ना गरेर खटाइएको छ ।

माघ १३ गते, २०७६ - ०७:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चमा मुद्दाको कार्यबोझ

काठमाडौं। सर्वोच्चमा मुद्दाको चाप बढेपछि फरक–फरक समयमा दुइटा पेसी सूची तोकेर सुनुवाइ सुरु भएको छ...   

चार सय ट्यांकरको ताला खोल्ने ‘साझा साँचो’ नै गायब

काठमाडौं । नेपाल आयल निगमको सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको...   

जग्गा बकस लिने सबै कर्मचारीका सन्तान

काठमाडौं । ललिता निवासको जग्गा राणा परिवारबाट बकस लिनेमा अधिकांश कर्मचारीका श्रीमती, छोराछोरी र आफन्त...   

विवाहित छोरीलाई पनि अंश

हेटौंडा । हेटौंडा उपमहानगरपालिका—१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन...   

त्रिविअन्तर्गतका सबै क्याम्पस स्ववियुविहीन, चाँडै निर्वाचन गर्छौंः उपकुलपति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०...   

झ्यालबाट संसद् छिर्ने हठमा वामदेव

काठमाडौं । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री...   
भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास

भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास गरिरहेको...   

त्रिविमा बेथिति अन्त्यको प्रयास

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले धेरै वर्षदेखिको बेथिति अन्त्य गर्दै सुधार अभियान तीव्र रूपमा...   
ट्रम्पको भारत भ्रमणः ‘भारत–अमेरिका साथसाथ’

ट्रम्पको भारत भ्रमणः ‘भारत–अमेरिका साथसाथ’

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भारत यात्रा भारतीय प्रधानमन्त्री नरेन्द्र...   

पीएसजी विजयी, खेलको अन्तिम मिनेटमा नेइमारलाई रातो कार्ड

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । तर खेलको अन्तिम मिनेटमा नेयमारले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top