Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

के-के षडयन्त्रलाई छल्दै सभामुख बने सापकोटा ?

काठमाडौं । तत्कालिन सभामुख कृष्णबहादुर महराको बहिर्गमनसँगै लामो समय रिक्त भएको प्रतिनिधिसभाले आइतबार मात्रै सभामुख प्राप्त गरेको छ । सभामुखमा नेकपाका स्थायि समिति सदस्य अग्नि सापकोटा निर्विरोध विजयी भएका छन् ।

सापकोटालाई सभामुख हुन नदिन आन्तरिक पार्टीदेखि विदेशी शक्ति केन्द्रहरुले निकै चलखेल गरेका थिए । सम्पुर्ण चलखेललाई हराउँदै अन्ततः विपक्षी दलको समेत उम्मेदवारी नभई सापकोटा निर्विरोध रुपमा सभामुख हुन सफल भए ।

आन्तरिक पार्टीमा अबरोधको सिर्जना

सभामुख पुर्वमाओबादी खेमाबाट बनाउने औपचारिक सहमति भएसँगै सापकोटा प्रचण्डको पहिलो रोजाई बने । नवनिर्वाचित सभामुख सापकोटा नेकपा अध्यक्ष प्रचण्डका अत्यन्त निकट र ईमान्दार सहयात्री हुन भन्ने पनि मानिन्छ ।

प्रचण्डको ईच्छा अभिव्यक्त भएसँगै नेकपाभित्र सापकोटालाई कुनै पनि हालतमा सभामुख बन्न नदिने खेलमा एउटा पङ्ति जोड तोडका साथ लाग्यो ।

सापकोटा सभामुख हुँदा एमसीसी पास गर्नेलगायत धेरै विषयमा असहज हुन सक्ने चर्चा नेकपाभित्र चलाइयो । प्रधानमन्त्रीलाई शक्ति केन्द्रहरुमार्फत आग्रह गरियो ।

सकेसम्म सभामुखमा आफुले रोजेको मान्छे बनाउने र पुर्व माओबादी खेमाबाट बनाइए पनि आफुले रोजेको मान्छे बनाउन अन्तिमसम्म प्रधानमन्त्री ओली लागिपरेको कुरा सतहसम्म नै आयो ।

तत्कालिन उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गर्न औपचारिक रुपमा निर्देशन दिने निर्णय गरेपनि आन्तरिक रुपमा हलो अड्काउनको लागि राजीनामा नगर्न भनियो, जसको कारण पुस ४ गतेबाट शुरु भएको हिउँदे अधिवेशन एक महिनासम्म स्थगित हुँदै लम्बिरह्यो ।

सत्र भाईद्धारा राष्ट्रपति समक्ष निवेदन

अग्नि सापकोटालाई सभामुख बन्न विभिन्न एनजिओ र मिडिया सञ्चालन गर्दै आएका कनकमणी दिक्षित, टिका ढकाल, दिनेश त्रिपाठी, टिकाराम भट्टराईलगायत १७ जनाले संयुक्त रुपमा राष्ट्रपति समक्ष निवेदन पेश गरे ।

सत्रभाइले निवेदनमा तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउन नहुने र निर्वाचित प्रतिनिधि अभियोग रहित प्रतिनिधि हुुनुपर्ने भन्दै सापकोटालाई सभामुख बन्न नदिने वातावारण तयार गर्न दवाव दिए ।

कनकमणीको नेतृत्वमा माईतिघरमा प्रदर्शन

अग्नी सापकोेटा सभामुख बन्ने निर्णय नेकपाले गरेपछि कनकमणीको नेतृत्वमा माइतिघर मण्डलामा प्रदर्शन शुरु गरियो । तर सामाजिक सञ्जाल र आम मिडियाले प्रदर्शनलाई वास्ता गरेनन् ।

सर्वोच्चमा मुद्धा

अधिवक्ता दिनेश त्रिपाठीले माघको १० गते अग्नि सापकोटाविरुद्ध पक्राउ गरि अनुसन्धान गर्न सर्वोच्च अदालतमा रिट निवेदन पेश गरे ।

सापकोटाविरुद्ध माहोल बनाउन राष्ट्रपतिका सल्लाहकारले समेत राजीनामा दिए । अन्ततः आइतबारको प्रतिनिधि सभाको बैठकबाट सापकोटा निर्विरोध सभामुख बन्न सफल भए । सापकोटा विरुद्ध भएका सबै खेल असफल भए । सापकोटा तथा पुर्व माओबादी खेमाका नेतालाई सभामुख बन्न नदिन पश्चिमाहरुले निकै हतकण्डा अपनाए ।

सापकोटाको आगमनले युद्धकालिन मुद्धालाई समेत किनारा लगाउने विषयमा सहयोग पुग्ने देखिन्छ, र यो अवसरमा नेतृत्वले सहि भुमिका निर्वाह गर्न सकेमा नेपालमा मौलिक ढंगले दिगो शान्तिको मुद्धा पुर्णतातर्फ जाने आंकलन गर्न सकिन्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies