Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित

काठमाडौं । बिभिन्न बाधा र अड्चनबीच अन्ततः प्रतिनिधिसभाको नयाँ सभामुखमा अग्निप्रसाद सापकोटाले बाजि मारेका छन् । आइतबार संसद भवन नयाँ बानेश्रमा ३ बजे सबेको प्रतिनिधिसभाको बैठकमा जेष्ठ सदस्य महन्त ठाकुरले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

सभामुख दौडमा सापकोटाको एकल उम्मेद्वारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङ र समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सदस्य ओनसरी घर्ती र राजपाबाट लक्ष्मणलाल कर्ण रहेका थिए । सापकोटाको विरुद्धमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उम्मेद्वारी दिने भनिएपनि अन्तिम समयमा उम्मेद्वारी दिएन । विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन् ।

यस अघि, सत्तारुढ दल नेकपाको आइतबार बसेको सचिवालय बैठकले सर्वसम्मतरुपले नेता सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । सोहि दिन बिहान बालुवाटरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने सहमति गरेका थिए । दुई शिर्ष नेताले गरेको सहमतिलाई सोहि दिन अपरान्ह बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गरेको थियो ।

यस्तै, व्यक्ति हत्या आरोपीलाई सभामुख नबनाउन भन्दै अधिबक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले प्रारम्भिक सुनुवाइ आज हुने भनिएपनि न्यायधिश हरि फुँयालको इजलासले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाई सोमबारको लागि सरेको छ ।

यस्तै, माओवादी द्वन्द्वकालमा काभ्रे दाप्चाका अर्जुन लामाको हत्या आरोपमा सापकोटामाथि लामाकी श्रीमति पूर्णिमा लामाले अदालतमा मुद्दा दायर गरेकी छिन् । अहिले त्यो मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । उनले सत्य निरुपण तथा वेपत्ता छानविन आयोगमा समेत उजुरी दिएकी छिन् ।

तत्कालिन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा विभागिय मन्त्री रहेका सापकोटाविरुद्ध २०६८ सालमा तत्कालिन इन्सेकका अध्यक्ष सुशील प्याकुरेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुराचार गरेको आरोपमा असोज १४ गते निवर्तमान सभामुख कृष्णबहादुर महराले राजिनामा दिएपछि संसद चारमहिनादेखि सभामुख बिहिन अवस्थामा बन्धक बनेको थियो ।

यसरी बनेको थियो सापकोटाको पक्षमा माहोल

महराको अप्रत्यासितरुपले संसदबाट बर्हिगन भएपछि प्रधानमन्त्री ओली कुनै पनि हालतमा सभामुख पूर्वमाओवादीलाई दिने मुडमा थिएनन् । ओलीले शुरुदेखि नै नयाँ सभामुखमा आफुँ निकट पात्रको रुपमा पूर्वसभामुख सुवास नेम्वाङको पक्षमा दाबी गर्दै आएका थिए ।

तर, अर्का अध्यक्ष प्रचण्डले सभामुख पहिल्यै पूर्वमाओवादीको भागमा परेकोले पार्टी एकताको नाममा सबै राजकीय पद छोड्न नसकिने अडान लिए । आन्तरिक विवादको कारण लामो समय सत्तारुढ दल नेकपाले उम्मेद्वारको नाम टुंग्गो लगाउन नसक्दा पुष ४ गते बोलाइएको बैठक तीन पटकसम्म सूचना टाँस गरी स्थगित गरिएको थियो ।


अन्तिम समयमा अध्यक्ष प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयबाट पछि हट्छन् र प्रधानमन्त्री ओलीले प्रस्ताव गरेको व्यक्तिलाई समर्थन गर्छन् भन्ने धेरैको अनुमान थियो । तर, यस पटक उनी सभामुख पूर्वएमालेबाट बनाउने पक्षमा टसकोमस भएनन् ।

बरु उनले पछिल्लो समयमा सभामुख छाड्ने भए प्रधानमन्त्री आफुलाई बनाउन ओलीलाई दवाव दिएका थिए । प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री ओलीले कार्यक्षमता र अनुभवको हिसाबले नेम्वाङ नै सभामुखको लागि योग्य उम्मेद्वार रहेको भन्दै नेम्वाङको पक्षमा लबीङ गर्दै आएका थिए ।

चट्टानी अडानमा कायम रहेका प्रचण्डले ओलीको रणनीतिलाई असफल बनाउनको लागि बामदेव निवास भैंसेपाटीमा बामदेव सहित सचिवालय सदस्य झलनाथ खनाल, माधबकुमार नेपाल र नारायणकाजी श्रेष्ठको समर्थनमा अग्नि सापकोटाको पक्षमा माहोल सिर्जना गरी ओलीलाई दवाव दिन सफल भएका थिए ।

पूर्वमाओवादी नेताहरुको निरन्तर दवाव, सभामुख गुमाउँदा भबिष्यमा हुन सक्ने खतरा र पूर्वएमाले नेताहरुको साथ र सहयोगको कारण सापकोटाको पक्षमा समर्थन गर्न प्रधानमन्त्री बाध्य भएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies