Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दाङका १३ स्थानमा पार्क निर्माण हुँदै

तुलसीपुर । चालु आव २०७६÷७७ मा दाङमा १३ स्थानमा पार्क निर्माण हुन लागेका छन् । पर्यटन क्षेत्रको विकास गर्न पार्क निर्माण गर्न लागिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सहायक वन अधिकृत संयोग बस्नेतका अनुसार घोराही उपमहानगरपालिकामा छ, तुलसीपुर उपमहानगरपालिकामा चार, दङ्गीशरण, बङ्गलाचुली र बबईमा एक÷एक पार्क निर्माण गर्न थालिएको हो । उनका अनुसार घोराहीमा मल्टिप्रपोच बोटानिकल गार्डेन, बाह्रकुने दहमा बहुउदेश्यीय पार्क निमार्ण, शहीद स्मारक पार्क, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पूर्वाधार निर्माण, घोदौरामा सांस्कृतिक डबली र लखन थापा पार्क रहने छन् ।

त्यस्तै तुलसीपुरमा बोटानिकल गार्डेन, चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सोन्दर्यकरण पार्क, छिल्लीकोटमा पर्यटकीय क्षेत्र संरक्षण र नवदुर्गा सामुदायिक वनमा आधुनिक ग्रिन पार्क रहने छन् । त्यस्तै बङ्गलाचुलीमा पार्क निर्माण, दङ्गीशरणमा कल्चरल पार्क तथा सालिक निर्माण, पुरन्धारा झरना गुरुयोजना निमार्ण तथा पानी मुहान संरक्षण रहने बस्नेतले बताए । तीमध्ये केही पार्क निर्माणको काम चलिरहेको र केही पार्क निर्माणका लागि सम्झौताको प्रक्रियामै रहेका उनको भनाइ छ ।

जिल्लामा पार्क निर्माणका लागि रु ११ करोड बजेट छुट्याइएको छ । पार्क निर्माण भएपछि यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान हुने बस्नेतले बताए । सफा, सुन्दर तथा हरियाली ठाउँमा पार्क निर्माण भइरहेकाले दाङ आउने पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ ।

गत आव २०७५÷७६ मा जिल्लाका विभिन्न ठाउँको पहिचानको गरी २३ पार्क निर्माण गरिएका थिए । यस्तै छिल्लीकोटमा रहेको कालिका–मालिका मन्दिर जानका लागि मन्दिर नजीक सिँढी निर्माण, बाह्रकुनेदहदेखि ज्यामिरेदहसम्म पुग्नका लागि सिँढीको स्तरोन्नति गरिएको थियो । धारापानीमा ताल निर्माण, २६ ठाउँमा थारूको भुर्यारथानमा स्तरोन्नति, थर्कोट डाँडामा बाटो निर्माण गरिएको कार्यालयले जनाएको छ । जिल्लाका धार्मिक वनअन्तर्गत सामुदायिक वनमा पर्यटन प्रवद्र्धनको काम पनि भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies