Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कालीकोटको उपप्रमुख दन्ता नेपालीको प्रतिक्रिया : 'म कतै पनि लुकेको छैन'

काठमाडौँ । अमेरिकामा पुगेर पार्टीको सम्पर्कमा नआएको आरोप लागेकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपालीले आफु कतैपनि नलुकेको प्रतिक्रिया दिएकि छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै उनले आफू बिरामी परेका कारण नेपाल फर्किन नसकेको प्रतिक्रिया जनाएकी छन् ।

उपप्रमुख नेपालीले आफू मेयर रतनबहादुर शाहीलाई जानकारी दिएर अमेरिका गएको भन्दै कतै नलुकेको प्रस्ट्याएकी हुन् । \'म हराएको पनि छैन, कतै लुकेको पनि छैन\', उनले लेखेकी छन्\' ।

अमेरिकामा आयोजित गोष्ठीमा भाग लिन कात्तिक पहिलो साता गएकी उपप्रमुख नेपाली फर्किएकी छैनन् । पार्टी र नगरपालिकालाई समेत जानकारी नभएको खबर विभिन्न सञ्चारमाध्यममा आएपछि उनले खण्डन गरेकी हुन् ।

उपप्रमुखको फेसबुक स्टाटस

सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार !
म आराम छैन ।तपाईहरु आराम हुनुहुन्छ भन्ने बिश्वास छ
ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्न्थे हो रहेछ आज आयर बुझ्दै छु ।
१. म हरायको पनि छैन २. म कतै लुकेको पनि छैन ३.म मेयर Ratan Shahi जि लाई जानकारी नदियर पनि आयको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आयको हो ।
५. अमेरीका बाट बार बार फोन गर्दा कायालयमा सम्पर्क मेयर लाई गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत Uddhav Rijal जि संघ पनि कुरो भएको हो वार्ड अध्यक्षहरु सङ्ग पनि कुरो भएको हो ।कतै बाट केहि प्रतिक्रिया आयन
#सहयोग त झन कुरै भएन #अमेरिका आउदाको plane ticket पनि नगरले पैसा हालेको नभएर मैले पनि बार बार माग्ने जस्तो कति चोटि कल गर्नु ।
७.मेयर लाई मेरो के मतलब र याद हुने कुरो पनि भयन र बार बार भिख मागिन ।
८. मैले सोचे म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिन माग्दिन पनि किन कि मलाई मेरो plane ticket को पैसा त मेरो दाजुहरु Parbat Jee नेपाली र Kashi Prasad Pandey दाजु Sunita Pandey भाउजुले हाल्नु भएको हो तेसैले मागिन । तेस पछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहियन कसैले दिय पनि भनेको हो ।
९. अहिले म राम्रो सङ्ग बोल्न पनि सक्दिन अलि अलि चल्न सक्ने भएको छु यस्को सबै उपचार भारत कि डा . अञ्जीर कुमार ले गर्दै हुनुहुन्छ । म पुर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ ।
#तिलागुफाका जनताहरुको माया ममता म मा सधै छ र भैई राख्ने छ ।
#मैले नगर पालिका संघका महसचिव Bhim Prasad Dhungana जि लाई पनि भनेकै हो बरु उहाँ र हाम्रो Kalanidhi Devkota कार्यकारी अधिकृत नगर पालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो मलाई सरकारी पैसाको उपचार नगराउने भनेर चाहिदैन्न पर्दैन भने
#मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ ।
#जसरी भए पनि बाच्नै पर्ने देशमा रोगी नेता ले सबै पैसा सिधा्य पनि हामीले नै भन्ने फेरि म उपचार गर भन्न पनि मेरो नैतिकले दियन तेसैले मैले सहयोग मागिन गल्ती गरे माफ माउ
#जिन्दमा अरु केहि नजाने पनि मान्छ असल मान्छे कमाउन जानेकी छु मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई
१०. अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केहि छैन र मेरो स्वास्थ भन्दा ठुलो केहि छैन ।
#कृपया मलाई बाच्न दिनुहोस् #मबाचेत अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने ?
म दुनियाँ कै शक्तिशाली भए पनि केहि छैन मलाई ।
अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् के गर्ने हो गर्नुहोस्
मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला म लाई Responsibility बारेमा राम्रो सङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ ।
( लेख्न सहयोग : उषा कुमाई ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies