Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

उखु किसानको ९२ करोड ३० लाख अनुदान कोलेनिकामै थन्कियो

काठमाडौं । सरकारले नै उखु किसानलाई अनुदान उपलब्ध गराउन आनाकानी गरेको पाइएको छ । किसानका विषयमा प्रमाण पुष्टि हुने कागजात नमिलेका कारण कतिपय जिल्लाका किसानले अनुदानबापतको रकम भुक्तानी नगरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - मन्त्रालयका सचिव डा। युवकध्वज जीसीले आवश्यक कागजात नपुगेका कारण अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमा थन्किएको बताए । ‘किसानलाई अनुदान दिने कार्यविधिमा अनुदान रकम पाउन नेपाली उखु उत्पादक किसान हुनैपर्ने र उत्पादन भएको उखु नेपाली चिनी उद्योगलाई बिक्री गरेको प्रमाणसहितको पुष्टि हुने पर्याप्त कागजात हुनुपर्ने व्यवस्था छ,’ सचिव जीसीले भने, ‘उखु क्षेत्रमा रहेका बिचौलिया नियन्त्रण गर्न यस्तो व्यवस्था राखिए पनि तल्लो तहमा सबै निकायबीच समन्वय नहुँदा किसानले अनुदान रकम नपाएका हुन् ।’

उनका अनुसार एक अर्ब ३४ करोड अनुदान रकम वितरण गर्नुपर्नेमा अर्थ मन्त्रालयबाट ९२ करोड ८० लाख रुपैयाँ निकासा भएको थियो । निकासा भएको रकम ६ महिनाअघि आठ जिल्लाका भुक्तानी समितिलाई उपलब्ध गराइएको थियो । सरकारले किसानलाई उखुखेती प्रोत्साहन अनुदानबापत प्रतिक्विन्टल ६५ रुपैयाँ उपलब्ध गराउँछ । कागजात मिलेको आधारमा करिब ५५ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । बाँकी ९२ करोड ३० लाख रुपैयाँ कोलेनिकाको खातामै थन्किएको सचिव जीसीले बताए ।

‘आवश्यक कागजात नमिलेका कारण यो परिमाणको अनुदान रकम कोलेनिकाको खातामा थन्किएको छ,’ जीसीले भने, ‘जिल्ला भुक्तानी समितिका पदाधिकारीले कार्यविधि उल्लंघन गरी अपूर्ण कागजातका आधारमा किसानलाई अनुदान रकम भुक्तानी गर्दा आफूहरू फन्दामा पर्न सक्ने जानकारी दिनुभयो । अनियमितता हुने डरका कारण उहाँहरू पनि कागजातबिना भुक्तानी नदिने अडानमा हुनुहुन्छ ।’

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार अनुदान रकम जिल्लामा आइपुग्दा पनि किसानले पाएका छैनन् । किसानलाई अनुदान वितरण गर्ने गठन भएको भुक्तानी समितिले किसानले उखुखेती गरेको पुष्टि हुने गरी पर्याप्त प्रमाण खोजेका कारण किसानले अनुदान नपाएको उनले जानकारी दिए । मैनालीले भने, ‘किसानले उखुखेती आफैँ गरेको पुष्टि हुने गरी एउटा सानो प्रमाण नपुगेका कारण भुक्तानी समितिले किसानलाई अनुदान उपलब्ध गराउन रोक लगाएको छ ।’

मन्त्रालयले उखु किसानलाई अनुदान दिने विषयमा कार्यविधि तयार पारेको छ । मन्त्रालयले यसअघि किसानको नाममा चिनी मिलबाट बिचौलियाले सरकारी अनुदान प्राप्त गरेको ठहर गर्दै कार्यविधि परिमार्जन गरी केही थप व्यवस्था गरेको हो ।

कार्यविधिले किसानलाई अनुदान उपलब्ध गराउन तीन प्रकारको विशेष व्यवस्था गरेको छ । पहिलो व्यवस्थाअनुसार आवश्यक सम्पूर्ण कागजात उपलब्ध भएमा मात्रै अनुदान रकम भुक्तानी गर्न सकिन्छ । यस्तै उखु बिक्री परिमाणको विवरणसहित उत्पादक किसानको जग्गाको क्षेत्रफलअनुसारको जग्गाधनी प्रमाणपत्रबमोजिम कित्ता नम्बर खुलेको कागजात वा जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

तेस्रो व्यवस्थाअनुसार जग्गा करारमा लिएर उखुखेती गरेका किसानको हकमा जग्गाको क्षेत्रफल र कित्ता नम्बर खुलेको करार सम्झौताको प्रमाण प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । यसरी पनि कागजात उपलब्ध हुन नसकेमा स्थानीय तहले सम्बन्धित किसानले उखु खेती गरेको जग्गाको क्षेत्रफल, जग्गाको कित्ता नम्बर वा चार किल्ला र उत्पादन परिमाण खुलाएर सिफारिस गरेको प्रमाण पेस गर्नुपर्ने प्रावधान छ ।

उखु किसान राजेश यादवका अनुसार नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाले सिफारिस गर्न चासो नदेखाउँदा किसानले समयमा अनुदान रकम नपाएका हुन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies