Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मापदण्डविपरित प्लास्टिककै भाँडामा दूध ढुवानी गर्छन् व्यवसायी

काभ्रेपलाञ्चोक । सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ विपरित यहाँ प्लास्टिकका भाँडामा दूध बोक्ने तथा भण्डारण गर्ने गरेको पाइएको छ ।

नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लास्थित दुग्ध चिस्यान केन्द्र तथा दुग्ध सङ्कलन केन्द्रको पटक–पटक अनुगमन गरी सचेत गराए पनि जिल्लाका अधिकांश व्यवसायी तथा कृषकले समेत अझै प्लास्टिककै भाँडामा दूध ढुवानी गरिरहेको पाइएको हो ।

निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । तर डिभिजन कार्यालय धुलिखेलले दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रमा पटक पटक गरेको अनुगमनका क्रममा प्लास्टिकका भाँडामा दूध नबोक्न तथा भण्डारण नगर्नसमेत सचेत गरायो तर अहिलेसम्मको अवस्था उस्तै छ ।

गत जेठ महिनामा अनुगमनका क्रममा दूधमा केमिकल नमिसाउन तथा प्लास्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण नगर्न सचेत गराइएको डिभिजन कार्यालय धुलिखेलका खाद्य अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारीले बताए । “दूध व्यवसायीले प्लास्टिकको भाँडा विस्थापन गर्न मानेका छैनन्, अधिकांश दूध सङ्कलकले आल्मुनियमको भ्याट खरिदमा सरकारसँग अनुदान मागेका छन्”, उनले भने । सरकारले ५० प्रतिशतसम्म अनुदान दिए भाँडा परिवर्तन गरिने दूध व्यवसायीहरुको भनाइ छ । “हामी पनि दूधमा स्वच्छता कायम गर्न प्रतिबद्ध छौँ, यसका लागि सरकारले ५० प्रतिशतसम्म अनुदान दिए भाँडा परिवर्तन गर्छौ”, उनीहरुको दाबी छ ।

कतिपय दुग्ध व्यवसायीलाई दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिकाबारे जानकारी नहुँदा प्लास्टिकका भाँडा विस्थापन नगरेको भण्डारीले बताए । उनले भने “निर्देशिकाअनुसार कृषकले बिहानको बिहानै र साँझको दूध साँझै बिक्री गर्नुपर्ने हुन्छ ।”

निर्देशिकाअनुसार दूधमा स्वच्छता कायम गर्न कार्यालयले त्यतिबेला दूधको पकेट क्षेत्र मानिएका पनौती नपा, नमोबुद्ध नपास्थित भकुण्डे र पाँचखाल नपाका दूध व्यवसायी एवं अगुवा कृषकलाई अभिमुखीकरणसमेत गरेको थियो । भण्डारीले भने, \'निर्देशिकाअनुसार अब कृषकले समेत प्लास्टिकको भाँडोमा दूध बोक्न पाउने छैनन् ।\' भण्डारीका अनुसार केही व्यवसायीले स्टिल तथा आल्मुनियमका भाँडा बनाउन अनुदान मागेकाले सो सम्बन्धी केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ ।

उनले भने, \'दूधमा स्वच्छता कायम गर्न प्लास्टिकका भाँडा विस्थापन गर्न निर्देशिका ल्याइएको भए पनि व्यवयासीको अटेरीका कारण निकै समस्या भएको छ ।\' निर्देशिकाअनुसार दूधमा स्वच्छता कायम गराउन प्रहरीको सहयोगमा पुनः अनुगमन तथा कार्वाही गर्न तयारी भइरहेको पनि उहाँले जानकारी दिए । जिल्लामा करिब ५० वटा चिलिङ सेन्टर छन् भने तीन सयभन्दा बढी दूध सङ्कलन केन्द्र छन् ।

पाँचखाल नगरपालिका–४ तामाघाटस्थित दूध विकास संस्थान (डिडिसी)को चिलिङ सेन्टरले दूध सङ्कलकलाई स्टिल तथा आल्मुनियमको चिलिङ भ्याट (दूध ढुवानी ट्याङ्क) प्रयोग गर्न भनेपछि व्यवसायीले निजी डेरीमा दूध बिक्री गर्न थालेका छन् । सेन्टरका एक अधिकारीले स्टिल तथा आल्मुनियमको चिलिङ भ्याटमा दूध ढुवानी गर्न भनेपछि व्यवसायी तथा जनप्रतिनिधि समेतले निजी डेरीमा बिक्री गर्न थालेको बताए । उनका अनुसार आठ हजार लिटर दूध सङ्कलन हुँदै आएको केन्द्रमा हाल करिब दुई हजार ५०० लिटर मात्रै आउँछ ।

दूधमा मानिसले खाने सोडा तथा साबुन बनाउन प्रयोग हुने कास्टिङ सोडा ९जसले दूध जम्न र फाट्न दिँदैन०, चिनी र पीठोलगायत वस्तु मिसाउने गरेको जनगुनासो आएपछि चिस्यान केन्द्र तथा सङ्कलन केन्द्रमा समयसमयमा अनुगमन गर्ने गरिएको कार्यालयले जनाएको छ । बासी दूध तताउँदा दूधको एसिडिटी बढ्ने र उक्त दूध सेवन गर्दा मानव स्वास्थ्यमा असर पर्ने भण्डारीले बताउनुभयो । उहाँका अनुसार बासी दूध नजमोस् र नफाटोस् भन्नका लागि दूधमा कास्टिङ सोडा, चिनी र पीठो प्रयोग गरिएको हुन्छ ।

खाद्य पदार्थमा समस्या थपिँदै गएपछि प्रभावकारी अनुगमन गरी नियमन गर्न मुलुकको नयाँ संरचनाअनुसार २४ स्थानमा डिभिजन कार्यालय स्थापना गरिएको छ । विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगञ्ज र धनगढीमा क्षेत्रियस्तर खाद्य प्रयोगशाला तथा काठमाडाै‌मा केन्द्रीय खाद्य प्रयोगशाला स्थापना गरिएको छ । खाद्य ऐन, २०२३ अनुसार खाद्यवस्तु गुणस्तरहीन देखिएमा ५० हजार जरिवाना वा पाँच वर्ष कैद वा दुवै जरिवाना गर्नेसक्ने व्यवस्था छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies