Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

साताको शेयर बजार : साढे आठ अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ ।

साताभर कूल १८७ कम्पनीका शेयर कारोबार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उतारचढावपूर्ण अवस्थामा रहे पनि दुई करोड ५१ लाख दुई हजार १५९ कित्ता शेयर रु आठ अर्ब ५४ करोड ६८ लाख ३३ हजार ४४६ मूल्यमा खरिदबिक्री भए । बजारले लय समातेर अगाडि बढे पनि क्रमशःनेप्से घटेर साताको अन्तिम दिनसम्म आइपुग्दा एक हजार २०० को बिन्दुमा झरेको छ । मौसमीरुपमा नाफा कमाउने लगानीकर्ता हावी हुँदा बजार उतार चढावपूर्ण अवस्थामा रहेको विश्लेषण गरिएको छ ।

नेप्सेका अनुसार साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भयो । लगातार उकालो लाग्दै आएको बजारमा त्यस दिनको वृद्धिले नयाँ उचाइँ कायम गरेको थियो । त्यस दिन नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुग्यो । प्रतिशतका आधारमा नेप्सेमा २.५५ वृद्धि देखिएको थियो । कूल १७८ कम्पनीका ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर रु दुई अर्ब नौ करोड आठ लाख ७७ हजार ९१७ बराबर कारोवार भए ।

आइतबारको उचाइ सोमबार कायम हुननसक्दा नेप्से परिसूचक त्यसदिन झण्डै साढे २६ अङ्कले ओरालो लाग्यो । नेप्से परिसूचक २६.५४ विन्दुले घटेर एक हजार ३१७.११ मा पुग््यो । नेप्से ओरालो लागे पनि कारोबार रकम झण्डै रु दुई अर्ब बराबर रह्यो । कूल १८२ कम्पनीका ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भयो । नेप्सेमा सामान्य सुधार देखिँदै ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटियो । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करिब डेढ अर्ब नाघेको थियो । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो ।

बुधबार नेप्से परिसूचक ७.०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुग्याे। परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको थियो । कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिद बिक्री भए ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग्याे । लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक त्यसदिन झण्डै १६ अङ्कले घटेको थियो । नेप्से १५.९५ विन्दुले घटेर एक हजार २९७.४७ मा झर्यो । एक हजार ३०० को विन्दुमाथि पुगेको बजार ओरालो यात्रासँगै एक हजार २००को विन्दुमा झ¥यो । कूल १७२ कम्पनीका ३७ लाख ५४ हजार ५२१ कित्ता शेयर रु एक अर्ब ३८ करोड ४२ लाख नौ हजार ४१२ मा खरिद बिक्री भए । स्टकमा यस साता प्रभु बैंकको ऋणपत्र सूचीकृत भयो । कूल १० लाख कित्ता ऋणपत्र उक्त बैंकको सूचीकृत भएका हुन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies