Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

हामीले नेपालमा जे उपलब्धि हासिल गर्याै‌, त्यो दुनियाको कुनै किताबमा पाइँदैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने प्रष्ट पारेका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण गर्दै उनले विचार र कार्यदिशमा स्पष्टता आउन नसक्दा अन्योल र अराजकता मौलाएर पार्टी ठिक ढङ्गबाट अघि बढ्न नसक्ने बताए । “विचारमा सहिपना र स्पष्टताले पार्टीलाई विकसित गर्दै लैजान्छ”, उनले भने, “विचारमा स्पष्टता भएन भने पार्टीले आफ्नो उद्देश्य र लक्ष्य प्राप्ति गर्न सक्दैन ।”

समाजवाद स्थापनाका लागि नेपालमा मौलिक ढङ्गको क्रान्ति गरिएको उनको भनाइ थियो । “हामीले नेपालमा जे उपलब्धि हासिल गर्याै‌, त्यो दुनियाको कुनै किताबमा पाइँदैन”, अध्यक्ष दाहालले भने, “विश्वभरको क्रान्तिको अध्ययन गरेर नेपालमा मौलिक विचार निर्माण गरिएको छ, समाजवादको आधार तयार पार्ने ‘हतियार’का रुपमा जनताको जनवादलाई लिइएको हो ।”

पुस्तकले नेकपाको वैचारिक धरालत र अब कुन दिशातर्फ जाँदैछ भनेर आम जनमानसलाई बुझ्न सहज हुने उनको भनाइ थियो । “राजनीतिक आन्दोलनपछिको सङ्क्रमणालीन परिस्थितिमा नेपाली राजनीतिको आजको अवस्था र अबको लक्ष्य बुझ्न पुस्तकले महत्वपूर्ण सन्देश दिएको छ”, अध्यक्ष दाहालले भने ।

नेपालमा कम्युनिष्ट आन्दोलनको उठान, सङ्घर्ष तथा वैचारिक विषयवस्तु समेटिएको यस पुस्तकले नेकपाको आधारिक दस्तावेज तयार गर्न सहयोग पु¥याउने उनको विश्वास थियो । अध्यक्ष दाहालले नेकपाको इतिहास, कार्यदिशा विकासका शृङ्खला र सन्दर्भ एवं पार्टी एकताको निर्णयसम्मका वैचारिक आधारबारे पार्टी पङ्क्तिमा थप प्रष्टता ल्याउन मद्दत मिल्ने बताए ।

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले कम्युनिष्ट विचार विकासको शृङ्खलालाई पुस्तकमा समेटिएकाले सबैका लागि अत्यन्त उपयोगी रहेको बताए। जनतालाई सार्वभौम बनाउने राजनीतिक प्रणाली नै ‘जनवाद’ भएको उल्लेख गर्दै उनले पुस्तकमा समाजवादको तयारीको चरण ‘जनवाद’ हो भन्ने विषयलाई व्यापक विश्लेषण गरिएको बताए ।

पुस्तकका सम्पादक उपाध्यायले नेकपाको ७० वर्षे इतिहासलाई पुस्तकमा समेटिएको बताए । अर्का सम्पादक तिमिल्सिनाले नेकपाको ऐतिहासिक दस्तावेजलाई सङ्कलन गरेर नेता कार्यकर्तालाई पार्टी कार्यदिशाका बारेमा जानकारी होस् भने पुस्तक तयार गरिएको बताए ।

नेकपाको पहिलो पर्चादेखि एमाले–माओवादी एकतासम्म

पुस्तकमा नेकपाको स्थापनादेखि एकीकृतको अवस्था, कम्युनिष्ट आन्दोलनको विभाजनपछि विभिन्न समूहहुँदै पूर्वएमाले र पूर्वमाओवादीको धाराको विकासका ऐतिहासिक निर्णय र त्यसको दस्तावेजीकरण एवं पार्टी एकता प्रक्रियापछि नेकपाले गरेका निर्णय लिपिबद्ध गरिएको छ ।

मुख्यतः चार खण्डमा रहेको पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाद्वारा जारी चुनावी घोषणापत्र, २०१७ सालको फैजी ‘कू’ पछि नेकपाले जनताका नाममा गरेको अपिललगायत विषय समेटिएको छ ।

दोस्रो खण्डमा झापा विद्रोहदेखि नेकपा (एमाले)को गठन, मदन भण्डारीको जनताको बहुदलीय जनवादको पृष्ठभूमि, त्यसको संश्लेषण एवं विकास प्रक्रियासँग सम्बन्धित दस्तावेजका मुल अंश समावेश गरिएको छ । तेस्रो खण्डमा सेक्टर काण्डदेखि माओवादबारे संश्लेषण, जनयुद्धको तयारी, विकास हुँदै २१औँ शताब्दीमा जनवादको विकास, १२ बुँदे समझदारी, शान्ति सम्झौता, हेटौँडा महाधिवेदनमा संश्लेषण गरिएको समाजवादी क्रान्तिको कार्यदिशालगायत दस्तावेजन समेटिएको छ ।

यसैगरी चौथो खण्डमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को चुनावी गठबन्धनदेखि पार्टी एकताको घोषणा, पार्टीका राजनीतिक प्रतिवेदनलगायत विषय समावेश गरिएको छ । नेकपाको समाजवादउन्मुख जनताको जनवादको वैचारिक आधार एवं अन्तर्वस्तु र नेकपाको ७० वर्षको इतिहास बुझ्न पुस्तकले सहयोग पु¥याउने सम्पादक तिमिल्सिनाले जानकारी दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies