Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

विश्वविद्यालयको ताला साढे नौ महिनापछि खुल्यो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला साढे नौ महिनापछि शनिबार बिहान खुलेको छ ।

गत चैत्रको अन्तिम साता नेपाल विद्यार्थी सङ्घ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालयको तत्कालीन उपकुलपति प्रा. भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टलाई पदमुक्त गरेपछि तालावन्दी गरेको थियो ।

“एउटै विश्वविद्यालयमा दुई/दुई वटा उपकुपति र रजिष्ट्रार हुने अवस्था आएप्छि पदमुक्त भएकैलाई जिम्मेवारीमा फर्काउन तालावन्दी गरेका थियौँ”, नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सदस्य कैलाश चन्दले भने, “विश्वविद्यालयको स्वायत्तता र प्रचलित ऐन नियमको अवमूल्यन गर्ने काम भएकाले हाम्रो असहमती हो ।”

नेविसङ्घले शनिबार प्रेस विज्ञप्ती जारी गरी विश्वविद्यालयमा उत्पन्न विवादको समाधानका लागि उच्चस्तरीय कार्यदल गठन भएको र सो कार्यदलले विवाद समाधानतर्फ उन्मुख भएको जानकारी गराएपछि तालावन्दी खुलाएको बताइएको छ । “कार्यदलको कार्यमा सहजीकरण गर्नका लागि तालावन्दी खोल्ने निर्णय लिएका हौँ,” विज्ञप्तीमा भनिएको छ । नेविसङ्घले १५ दिनसम्म विवाद समाधान नभए पुनः थप आन्दोलन गर्ने चेतावनीसमेत विज्ञप्तीमार्फत दिएको छ ।

तत्कालीन उपकुलपति श्रेष्ठ र रजिस्ट्रार भट्टको कार्यशैलीप्रति असन्तुष्टी बढेपछि प्रधानमन्त्री कार्यालयले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम उनीहरुलाई जिम्मेवारीबाट पदमुक्त गरी गत चैत २७ गते विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डिन प्राडा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डिन डा। गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी तोकिएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies