Khabar Dabali Logo
  February 19, Wed

निर्भया हत्या मुद्दा : फाँसीबाट जोगिन दोषीले अपनाए नयाँ तरिका

काठमाडौं । निर्भया हत्याका दोषीले आगामी फ्रेबुअरी १ मा हुने फाँसीको सजायँबाट जोगिनको लागि नयाँ तरिका अपनाएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार तीन दोषी विनय कुमार शर्मा, पवन कुमार गुप्ता र अक्षय सिंह ठाकुरले आफ्ना वकील एपी सिंहमार्फत शुक्रबार माफीको लागि निवेदन गरेका हुन् ।

जनाइएअनुसार वकील एपी सिंहले शुक्रबार नै अदालतमा माफीको लागि निवेदन दर्ता गरेका छन् । वकिल एपीले सञ्चारमाध्यमसँग अदालतमा निवेदन दर्ता गरेको भएपनि अहिलेसम्म तीनजनाको सम्बन्धित कागज पत्र भने जेल प्रशासनले नदिएको बताएका छन् ।

यदि तीनै जनाको निवेदन सर्वौच्च अदालतले स्वीकारेको खण्डको फरबरी १ मा हुने फाँसीको सजायँ टल्न या मिति धकेलिन सक्नेछ । यदि सर्वौच्चले निवेदन खारेज गरेको खण्डमा राष्ट्रपति समक्ष माफीको निवेदन गर्ने अर्को विकल्प भने बाँकी रहन्छ ।

एक/दुई दिनमै अदालतले फैसला गर्नेछ

जनाइएअनुसार सर्वौच्च अदालतले मुद्दामाथिको सुनुवाई एक/दुई दिनभित्र नै गर्नेछ । हत्याका दोषीले सर्वौच्चमा आफ्नो व्यवहारप्रति माफी माग्दै पारिवारिक दायित्व देखाउँदै फाँसीको सजायँबाट माफी माग्नेछन् । उनिहरुले आफ्नो निवेदनमा फाँसीको सजायँबाट उमेर कैदको माग गर्नेछन् ।

तिहाड जेलमा फाँसीको प्रक्रिया चल्दै

यहीबीच तिहाड जेलमा चारै जना दोषीमाथि फाँसीको सजायँ दिन प्रक्रिया तिव्र रुपमा अगाडि बढाइएको छ । उनिहरुलाई उच्च सुरक्षाका साथ राखिएको छ ।

जनाइएअनुसार चारैजना अपराधीको दैनिक स्वास्थ्य परिक्षण र खानपानको उचित व्यवस्था गरिएको छ । उनिहरुलाई डाइट चार्टको हिसाबले खानपानको व्यवस्थासमेत गरिएको छ ।

साथै उनिहरुको मानिसक अवस्था सामान्य रहन दिन पनि नियमित मानसिक परामर्श दिइएको छ । फाँसीको सजायँ सुनाइएसँगै उनिहरुकाे मानसिक अवस्थामा केहि समस्या देखिएको थियो । जागरण दैनिकबाट

सम्बन्धित समाचार

निर्भया हत्याका दोषीलाई तिहाड जेलमा फाँसीको तयारी, सोधियो अन्तिम इच्छा

निर्भया हत्याका दोषीलाई शहरको चोकमा फाँसी दिन बलिउड कलाकारकाे माग

माघ १० गते, २०७६ - १७:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्पलाई देखाउन यमुनामा नहरबाट पानी, झुपडी बस्ती नदेखाउन पर्खाल बनाईंदै

ट्रम्पलाई देखाउन यमुनामा नहरबाट पानी, झुपडी बस्ती नदेखाउन पर्खाल बनाईंदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणलाई लक्षित गरि भारतीय सरकारले यमुना नदि...   

पुनर्बीमा कम्पनीको आइपिओ आउँदै, भर्ने होइन त शेयर ?

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक...   
भेरी बबईको निरिक्षणमा पुगे उपराष्ट्रपति पुन

भेरी बबईको निरिक्षणमा पुगे उपराष्ट्रपति पुन

सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय...   
यस्तो बन्यो ‘धुलो’को ट्रेलर, बुद्धि र अग्रज बने रिक्सा चालक (भिडियोसहित)

यस्तो बन्यो ‘धुलो’को ट्रेलर, बुद्धि र अग्रज बने रिक्सा चालक (भिडियोसहित)

काठमाडौं । ‘धुलो’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा...   
एनआईसी एशियाको नयाँ शाखा धनुषाधाममा

एनआईसी एशियाको नयाँ शाखा धनुषाधाममा

काठमाडौं । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा...   
बागमती प्रदेशभित्र चुलिँदो नेकपा विवाद, संकटतिर डोरमणीको पद

बागमती प्रदेशभित्र चुलिँदो नेकपा विवाद, संकटतिर डोरमणीको पद

काठमाडौं । दुईतिहाई बहुमतसहित निर्माण भएको नेकपाको बागमती सरकार संकटतिर पर्दै गएको छ । मुख्यमन्त्री...   

महराको रिहाईप्रति रोशनी शाही खुसी, न्याय पाएको प्रतिक्रिया

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महराको रिहाइप्रति रोशनी शाहीले खुसी व्यक्त गरेकी छिन् ।...   
महरालाई जेलबाट छुट्दा राष्ट्रिय झण्डासहित स्वागत

महरालाई जेलबाट छुट्दा राष्ट्रिय झण्डासहित स्वागत

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जेलबाट छुट्दा राष्ट्रियसहित स्वागत गरिएको छ । जिल्ला...   
प्रकाण्डका छोरा नरेन्द्र बिक पक्राउ

प्रकाण्डका छोरा नरेन्द्र बिक पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’...   
ओली सरकारको दुईवर्ष, कामभन्दा गफ धेरै

ओली सरकारको दुईवर्ष, कामभन्दा गफ धेरै

सकारात्मक पक्ष केपि शर्मा ओलीले सरकारको नेतृत्व गरेसँगै चीनसँग भएको समझदारीबाट मुलुक नयाँ कोर्षमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top