Khabar Dabali Logo
  September 29, Tue

यी दश विमानस्थलको सरसफाइ सम्परीक्षण गरिँदै

काठमाडौ । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा सरकारले मुलुकका प्रमुख १० विमानस्थलको सरसफाइको सम्परीक्षण (अडिट) गर्ने भएको छ । विदेशी पर्यटकको पहिलो नजर पर्ने र देशको अवस्थालाई झल्को दिने देशको ऐनाका रुपमा रहेको विमानस्थलको सरसफाइलाई प्रभावकारी बनाउन सरोकारवाला संस्थासँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको मौजुदा सरसफाइको अडिट गर्न लागेको हो ।

उक्त प्रयोजनका निम्ति पर्यटनमन्त्रीको उपस्थितिमा गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँग छलफलपछिको निर्देशनबमोजिम यही माघ ८ गते विमानस्थलको सफाइ अडिट गर्ने सम्झौता भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्झौताअनुरुप पर्यटन मन्त्रालय र गैरआवासीय नेपाली सङ्घबीच स्वयंसेवीका रुपमा १० विमानस्थलको स्थलगत भ्रमण गरी ती स्थानमा हालको सरसफाइको अवस्थाको अडिट गरी र तोकिएको समयभित्र मन्त्रालयसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ । आगामी फागुन २० देखि चैत १९ सम्म (एक महिनाभित्र) मन्त्रालयलाई सरसफाइ अडिट प्रतिवेदन बुझाउने सम्झौतामा उल्लेख छ । विमानस्थलमा विद्यमान सरसफाइको मौजुदा अवस्थाको जानकारी लिने र प्राप्त सुझावका आधारमा भावी दिनमा विमानस्थललगायत अन्य सांस्कृतिक तथा पर्यटकीयस्थलमा समेत सरसफाइलाई थप प्रभावकारी बनाइने जनाइएको छ ।

मुलुकका व्यस्त ठूला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक र अन्तर्राष्ट्रिय)सहित विराटनगर विमानस्थल, चन्द्रगढी विमानस्थल, जनकपुर विमानस्थल, सिमरा विमानस्थल, भरतपुर विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज विमानस्थल र धनगढी विमानस्थलको सरसफाइ अडिट गरिने विज्ञप्तिमा उल्लेख छ ।

माघ १० गते, २०७६ - १६:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेटवर्किङमा संलग्न यी २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र

काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...   

उदयपुर सिमेन्ट उद्योगका मजदूरहरु आन्दोलित

गाइघाट । उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस...   

जमीन भासिएर पहिरो जाँदा तीन सय घर जोखिममा

अर्घाखाँची । शीतगङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा जमीन भासिएर पहिरो जाँदा सो क्षेत्र जोखिममा परेको...   

भष्ट्राचार र कमिसनतन्त्रको अन्त्य हुनुपर्छ : प्रदेश प्रमुख शेरचन

गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि भष्ट्राचार र कमिशन तन्त्रको अन्त्य...   

इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, यी ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित

तेहरान । इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण शुरु भएको छ । सरकारी अधिकारीहरुले देशको ३२ प्रान्तलाई...   

करार कर्मचारीद्धारा सबै वडा कार्यालयमा तालाबन्दी

सल्यान । छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन...   

रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य

काठमाडौं । रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण...   

गाउँपालिकाको एम्बुलेन्स तोडफोड

बझाङ । मष्टा गाउँपालिकाको एम्बुलेन्स तोडफोड गरिएको छ । जिल्ला अस्पताल सिमखेतबाट आइतबार मष्टा५ किनाडाकी...   

पाँच दिनदेखि बेपत्ता व्यापारीको अझै पत्ता लागेन

जलेश्वर । विगत पाँच दिनदेखि बेपत्ता रहेका महोत्तरीका एक कपरड व्यापारीको आजसम्म कुनै पत्ता लागेको...   

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top