Khabar Dabali Logo
  February 19, Wed

बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

काठमाडौं । अमेरिकाले भिजा नियममा शुक्रबारदेखि परिवर्तन गरेको छ । परिवर्तित भिजा नियमअनुसार दोस्रो मुलुकबाट जाने गर्भवती महिलालाई विशेष कारण बाहेक अमेरिका छिर्न दिईने छैन् ।

ह्वाइट हाउसका प्रवक्ता स्टेफनी ग्रीशमले सञ्चार माध्यमलाई जनाएअनुसार नागरिकता प्राप्तीको लोभमा पर्यटन भिषामा अमेरिका छिर्ने गर्भवति महिलालाई रोक लगाईएको हो । उनका अनुसार अमेरिकी संविधानको फाइदा उठाउँदै नागरिकताको लागि धेरै विदेशी गर्भवति महिला अमेरिका जाने गर्दछन् ।

“अमेरिका आफ्ना नागरिकको अखण्डतालाई सुरक्षित गर्न चाहन्छ, अस्थायी बी–१ र बी–२ यात्री भिजालाई ‘बर्थ टूरिज्म’लाई अब स्वीकारीने छैन्’, प्रवक्ता स्टेफनीले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भने, ‘बर्थ टूरिज्मको माध्यमबाट गर्भवती महिलाले यात्रा गर्छन् र हाम्रो व्यवस्थाअनुसार फाइदा लिन्छन्, उनिहरु नागरिकताको लागि मात्रै अमेरिका आउँछन् ।’

प्रवक्ता स्टेफनीले अमेरिकामा हुने आपराधिक गतिविधि पनि फिरन्तेहरुको कारण हुने गरेको दाबी गरे ।

अमेरिकी संविधानको प्रावधानअनुसार, अमेरिकामा जन्मने जो कोहीले पनि जन्मसिद्ध अमेरिकी नागरिकता पाउने गर्दछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प जन्मसिद्ध नागरिकताको विरुद्धमा छन् । उनले जन्मसिद्ध नागरिकतालाई बन्द गर्न कोसिससमेत गरेका थिए तर, कानूनी व्यवस्था परिवर्तनमा समस्या देखिपछि पछाडि हटे । एजेन्सीको सहयोगमा

माघ १० गते, २०७६ - १५:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्पलाई देखाउन यमुनामा नहरबाट पानी, झुपडी बस्ती नदेखाउन पर्खाल बनाईंदै

ट्रम्पलाई देखाउन यमुनामा नहरबाट पानी, झुपडी बस्ती नदेखाउन पर्खाल बनाईंदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणलाई लक्षित गरि भारतीय सरकारले यमुना नदि...   

पुनर्बीमा कम्पनीको आइपिओ आउँदै, भर्ने होइन त शेयर ?

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक...   
भेरी बबईको निरिक्षणमा पुगे उपराष्ट्रपति पुन

भेरी बबईको निरिक्षणमा पुगे उपराष्ट्रपति पुन

सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय...   
यस्तो बन्यो ‘धुलो’को ट्रेलर, बुद्धि र अग्रज बने रिक्सा चालक (भिडियोसहित)

यस्तो बन्यो ‘धुलो’को ट्रेलर, बुद्धि र अग्रज बने रिक्सा चालक (भिडियोसहित)

काठमाडौं । ‘धुलो’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा...   
एनआईसी एशियाको नयाँ शाखा धनुषाधाममा

एनआईसी एशियाको नयाँ शाखा धनुषाधाममा

काठमाडौं । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा...   
बागमती प्रदेशभित्र चुलिँदो नेकपा विवाद, संकटतिर डोरमणीको पद

बागमती प्रदेशभित्र चुलिँदो नेकपा विवाद, संकटतिर डोरमणीको पद

काठमाडौं । दुईतिहाई बहुमतसहित निर्माण भएको नेकपाको बागमती सरकार संकटतिर पर्दै गएको छ । मुख्यमन्त्री...   

महराको रिहाईप्रति रोशनी शाही खुसी, न्याय पाएको प्रतिक्रिया

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महराको रिहाइप्रति रोशनी शाहीले खुसी व्यक्त गरेकी छिन् ।...   
महरालाई जेलबाट छुट्दा राष्ट्रिय झण्डासहित स्वागत

महरालाई जेलबाट छुट्दा राष्ट्रिय झण्डासहित स्वागत

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जेलबाट छुट्दा राष्ट्रियसहित स्वागत गरिएको छ । जिल्ला...   
प्रकाण्डका छोरा नरेन्द्र बिक पक्राउ

प्रकाण्डका छोरा नरेन्द्र बिक पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’...   
ओली सरकारको दुईवर्ष, कामभन्दा गफ धेरै

ओली सरकारको दुईवर्ष, कामभन्दा गफ धेरै

सकारात्मक पक्ष केपि शर्मा ओलीले सरकारको नेतृत्व गरेसँगै चीनसँग भएको समझदारीबाट मुलुक नयाँ कोर्षमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top