Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अब नाकामा पर्यटक तानातान गर्नेलाई कारवाही गरिने

भद्रपुर । पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारवाही गरिने भएको छ । काँकडभिट्टाबाट काठमाडौँ, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन बस सेवा सञ्चालित छन् । ती बस सेवाका लागि यात्रु र उनीहरुका झोला बसपार्कमा तानातान गरिँदै आइएको छ । स्थानीय आँखा अस्पताल र होटल लजका लागि ग्राहक बनाउनसमेत नाकामा पर्यटकलाई जबर्जस्ती गर्ने गलत प्रवृत्ति छ ।

अब कसैले पर्यटकलाई तानेर हैरानी दिएको फेला परेमा कानूनबमोजिम कारवाही गर्न सर्वपक्षीय सहमति जुटाइएको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले जानकारी दिए । उनका अनुसार होटल व्यवसायी, यातायात व्यवसायी, प्रहरी प्रशासन, स्थानीय सामाजिक सङ्घसंस्थालगायतका प्रतिनिधिको छलफलले त्यस्तो तानातान प्रवृत्तिको अन्त्य गर्ने र कसैले अटेर गरेमा प्रहरीमार्फत कानूनी कारवाही चलाइने निर्णय गरेको हो ।

भूटान, बङ्गलादेश र म्यान्माका पर्यटक सोझै काँकडभिट्टा आएर पर्यटकीय गन्तव्य लुम्बिनी, पोखरा र सोलुखुम्बुसम्म पुग्ने गर्छन् । कोलकाता, सिक्किम, दार्जिलिङ र भूटानका पर्यटकले बसयात्रा गर्नका लागि काँकरभिट्टा बसपार्क एकमात्र विकल्प हो । नेपाल भ्रमण वर्ष २०२० चलिरहेको हुँदा पर्यटकलाई स्वागत गरिने नाकामै तानातान गर्ने असभ्य शैलीलाई हटाउने सर्वपक्षीय निर्णयलाई ग्रीन जेनेरेसन झापाका अध्यक्ष एवं पर्यटन अभियानकर्मी अर्जुन कार्की सकारात्मक कदम भन्छन् । “पर्यटकलाई स्वागत र सम्मान गर्नुपर्दछ, तर बसपार्क र नाकामै तानातान हुनु लज्जास्पद अवस्था थियो”, अध्यक्ष कार्कीको धारणा छ ।

काँकडभिट्टा बसपार्क र मूलगेटमा रहेको तानातान प्रवृत्ति हटाउन विगतदेखि प्रयास भइरहेको थियो । बसपार्कमा कमिशन एजेन्टले र मूलगेटमा केही आँखा अस्पतालले खटाएका प्रतिनिधिले भारतबाट भित्रिएका पाहुनालाई आफ्नातिर लैजान प्रहरीको आँखा छलेर जबर्जस्ती गर्दै आएका थिए । होटल र लजले समेत एजेन्ट खटाएर बसपार्क र मूलगेटमा पर्यटक तान्ने कार्य गर्दै आएका थिए ।

मान्छे तानातानको धन्दाले नेपाल घुम्न आउने पर्यटक, उपचारका लागि आउने बिरामी र भारत घुमेर फर्कने नेपालीलाई निकै सकस हुने गरेको थियो । जनगुनासो बढेपछि स्थानीय सरकार र प्रहरीले तानातान प्रवृत्ति हटाउन बल्ल अग्रसरता देखाएको छ ।

काँकडभिट्टा पर्यटक प्रवेश गर्ने महत्वपूर्ण नाका भएको हुँदा यहाँ आउने हरेक विदेशी पाहुनालाई मैत्रीपूर्ण व्यवहार गर्न वडाध्यक्ष तामाङले सबै व्यवसायीलाई आह्वान गरेका छन् । काँकडभिट्टा नाकाबाट २८ मुलुकका पर्यटक नेपाल भित्रिने गरेका छन् । सर्वपक्षीय निर्णयको कार्यान्वयनपछि उनीहरुले चाहेको होटलमा बस्न पाउने, गाडीमा चढ्ने सक्ने र उपचारका लागि छानेर आँखा अस्पताल जान पाउने वातावरण बन्ने अपेक्षा गरिएको छ ।

मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बीना तामाङ विगतमा पनि तानातान हटाउने निर्णय भएको स्मरण गर्दै अब कार्यान्वयन पक्षमा कमजोरी गर्न नहुने धारणा राख्छन् । उनले नाकामा रहेका सबै नागरिकले पर्यटनमैत्री व्यवहार सिक्नुपर्ने र पर्यटकको स्वतन्त्रतामाथि अवरोध पुर्याउन नहुने बताए ।

बसपार्क क्षेत्रमा अव्यवस्थित पार्किङ, फोहरमैला र पर्यटक तानातान नगर्न पहिलो चरणमा माइकिङमार्फत सूचना गर्ने र यात्रुहरुलाई अशिष्ट र अभद्र व्यवहार गरेको पाइएमा कानूनअनुसार कारवाही गरिने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए । उनले दोषीमाथि अभद्र व्यवहारसम्बन्धी कानून आकर्षित हुने बताएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies