Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

खनाल फकाउँदै ओली, वामदेवको उपाध्यक्ष पद खतरामा !

काठमाडौं । नेकपाका नेता तथा संगठन विभागका प्रमुख वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको भेला भएपछि अर्का अध्यक्ष केपी शर्मा ओली शसंकित छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ९ सदस्यिय सचिवालय सदस्यमध्ये माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र रामबहादुर थापा गरी ६ जना प्रचण्डतिर छन् भने प्रधानमन्त्रीसमेत रहेका ओलीलाई ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको मात्रै साथ रहेको छ ।

साविक माओवादीको भागमा रहेको सभामुख पदमा ओलीले दाबी गरेपछि रुष्ट बनेका प्रचण्डले एकलौटी गर्न खोजे आफ्नो तर्फबाट सभामुखको उम्मेदवारी दिने बताएपछि माथि उल्लेखित नेताहरुले प्रचण्डलाई साथ दिएका थिए । जसका कारण ओली ‘ब्याक’ हटे भने प्रचण्डले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाए ।

पार्टीभित्रको समिकरण बलियो बनाउने र विरोधीलाई पेल्ने गरेका ओली पछिल्लो समयमा अल्पमतमा पर्दै आईरहेका छन् । यसअघि पनि यो गठबन्धन तोड्नका लागी अर्का नेता वामदेब गौतमलाई उपाध्यक्ष र झलनाथ खनाललाई वरिष्ठतामा नेपालभन्दा अघि ल्याउने प्रस्ताव ओलीले गराएका थिए ।

पार्टी उपाध्यक्ष र वरिष्ठताको ओली प्रस्तावबाट मख्ख गौतम र खनाललाई साथ लिएर उतिबेला नेपाललाई ठेगान लगाइएको थियो । तर ओलीको यस्तो लेनदेन लामो समय टिकेन ।

पुनः पुरानै समिकरण पार्टी सचिवालयमा देखेपछि ओली चिन्तित भएको र उनले नेता खनाललाई आफुँ नजिक ल्याउन चाहेको चर्चा हुन थालेकै बेला ओली र खनाल झण्डै ४ घण्टा लामो छालफलमा बसेका छन् । प्रधानमन्त्री निबास बालुवाटारमा छलफल गरेको पुष्टी सार्वजनिक मिडियामार्फत खनालले गरीसकेका छन् ।

बालुवाटार स्रोत भन्छ–गौतम निवासको भेलाबाट अध्यक्ष ओली सबैभन्दा बढी गौतमसँग रिसाएका छन् । स्रोत ओलिको भनाई उद्धृत गर्दै भन्छ, –‘वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव नै गलत भयो, उनीजस्ता सन्काहालाई विश्वास गरेर धोका पाइयो ।’

ओलीको माथिको भनाई आधिकारीक हो भने नेकपामा पछिल्लो समय शक्तिशाली ठानिएका वामदेव गौतमको उपाध्यक्ष पद धरापमा परेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies