Khabar Dabali Logo
  September 29, Tue

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

काठमाडौ। राष्ट्रकल्याणको कामना तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै आज विशेष बुद्ध पूजा गरिएको छ । बुद्धवचन अनुवाद समिति र तमु बौद्ध सेवा समितिले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा विद्वान्बाट प्रज्ञापारमिताको पाठ गरिएको हो ।

बौद्ध गुरु टुल्कु धमछोयले विशेष पूजा गरी करिब ३०० बौद्ध अनुयायीलाई आयु अभिषेकको प्रवचनसमेत दिए । बौद्ध साहित्यको सूत्रपिटकअन्तर्गत पर्ने उक्त प्रज्ञापारमितामा शून्यताको दार्शनिक विषय समेटिएको छ । कुनै पनि व्यक्ति तथा वस्तुको स्वतन्त्र अस्तित्व हुँदैन, अरु वस्तुमा निर्भर हुने गर्दछ भन्ने सन्देश यसमा दिइएको छ । शान्ति कायम गर्न क्रोध, मोहलाई न्यूनीकरण गरी अहिंसाको वातावरण बनाउन सकिने बौद्ध शिक्षामा उल्लेख गरिएको छ ।

बौद्ध विद्वान् टीका शेर्पाले यस किसिमको पूजाले सकारात्मक ऊर्जा उत्पन्न गरी अनुयायीलाई सत्मार्गमा लाग्न प्रेरित गर्ने हुँदा शान्तिपूर्ण वातावरण निर्माण भई सबैको कल्याण हुने बताए । उनले करिब रु चार करोडको लागतमा प्रज्ञापारमितालाई भोट भाषाबाट नेपालीमा अनुवाद गर्न लागिएको जानकारी दिए ।

माघ ९ गते, २०७६ - १६:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूपरिवेष्टित राष्ट्रलाई वित्तीय तथा प्राविधिक सहयोग गर्न प्रधानमन्त्रीको आह्वान(पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन...   

यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन : गभर्नर अधिकारी

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील...   

हिरासतमा मृत्युको घटना छानबिन गर्न संसदीय टोली धनुषामा

धनुषा । धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली आज धनुषा...   

जीप दुर्घटना हुँदा चालकको मृत्यु

मान्म । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्ला खोलामा बलेरो जीप दुर्घटना...   
सम्झनाका हत्या अभियुक्त सार्वजनिक : प्रमाण बोले पनि आरोपित बोलेनन्

सम्झनाका हत्या अभियुक्त सार्वजनिक : प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले...   

तातोपानी नाका असोज १९ दखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९गतेदेखि खुल्ने भएको छ । नेपाल...   

कोटेश्वर–जडिबुटी सडक विस्तारको अन्तिम तयारी

काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम...   

पठनपाठन शुरु गर्न जोरबिजोर प्रणाली लागु गर्ने

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले विद्यालयमा विद्यार्थीको भीडभाड कम गर्न जोर बिजोर प्रणाली लागु...   

सुनचाँदी व्यवसायी बर्माको शव फेला

चन्द्रौटा । कपिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला...   

भरुवा बन्दुक देखाएर तर्साउने दुई युवक पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा भरुवा बन्दुक देखाएर आतङ्क फैलाउन दुई युवकलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top