Khabar Dabali Logo
  September 29, Tue

पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र पौडेलले पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षित हुनुपर्ने बताएका छन्।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पोखरा आउने पर्यटकलाई बागलुङ्मा आकर्षण गर्न पोखराको लेकसाइटमा आज आयोजना गरिएका सरोकारवालासँग सहकार्यसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा प्रतिनिधि सदस्यसमेत रहेका उनले बागलुङमा धेरै पयटकीय गन्तव्य भए पनि आवश्यक लगानीकर्ताको अभावमा पर्यटन विकासको वातावरण नबनेकाले निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए ।

“पर्यटनमैत्री होटल तथा व्यवसाय बनाउनका लागि बागलुङका पर्यटन व्यवसायी इच्छुक छन्”, पौडेलले भने, “बागलुङमा पर्यटकीय गतिविधि बढाउन पोखराका पर्यटन व्यवसायीले सहयोग गर्नुहोस ।”बागलुङ पर्यटन विकास समिति बागलुङ, बागलुङ उद्योग वाणिज्य सङ्घको पर्यटन समिति, होटल तथा रेष्टुराँ व्यवसायी सङ्घको पहलमा बागलुङ र पोखराबीच पर्यटनमा सहकार्य गर्न पहिलोपटक संस्थागतरुपमै पहल थालिएको छ ।

सोअन्तर्गत बागलुङका पर्यटन व्यवसायी बुधबारदेखि पोखरामा छन् । पोखराका होटल तथा अन्य पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकन र सहकार्य गरी पर्यटकीय गतिविधि बढाउनका लागि पर्यटकीय राजधानी पोखरा आएका बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । “ठूला पर्यटन व्यवसायीको अनुभवले साना व्यवसायीलाई अगाडि बढ्न सहयोग पुग्छ”, पोखराका पर्यटन व्यवसायी वासु त्रिपाटीले भने, “पोखराका पर्यटन व्यवसायीको सहकार्यसँगै बागलुङमा पर्यटन गतिविधि बढ्नेछ ।”

पर्यटकलाई खुशी पार्ने भनेको होटलको सेवा भएका कारण होटल व्यवस्थापन, सरसफाइ, खानपान तथा सत्कारमा ध्यान पु¥याउने भएका कारण पोखरामा चलेका होटलको अवलोकनसमेत गरिएको होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अर्जुन चोखालले बताए ।

माघ ९ गते, २०७६ - १५:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशालालाई कारवाही गर्न पत्राचार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि तोकेको भन्दा...   

मिटर रिडिङ नभएका ग्राहकले जरीवाना तिर्नुनपर्ने, तिरेको भए अर्को महिना मिलान हुने

काठमाडौं । कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा,...   

हिमालयलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई...   
अधिवक्ता भट्टराईद्वारा प्रा डा लुइँटेलविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

अधिवक्ता भट्टराईद्वारा प्रा डा लुइँटेलविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं । प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलविरुद्ध अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता भएको छ । अधिवक्ता...   
‘कौसी क्विन फोटो प्रतियोगिता’ हुने, विजेतालाई ५५ हजार मूल्य बराबरको सामग्री प्रदान गरिने

‘कौसी क्विन फोटो प्रतियोगिता’ हुने, विजेतालाई ५५ हजार मूल्य बराबरको सामग्री प्रदान गरिने

काठमाडौं । कौसी खेती प्रवद्र्धनका लागि वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन–२०७७ फोटो प्रतियोगिता’...   

उपत्यकामा मात्रै ९३४ जनामा कोरोना, देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५१३ संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य...   

२४ घण्टामा थप १५१३ जनामा कोरोना, संक्रमित हुनेको संख्या ७६ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यीसहित हालसम्म...   

उपत्यकामा भीडभाड बढ्न थालेपछि जोरबिजोर प्रणालीमा थप कडाई, ११ सय सवारी कारवाहीमा

काठमाडौं । कोभिड–१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान...   

मेलम्ची पछि देशकै दोस्रो ठूलो पोखरा खानेपानी आयोजनाको काम शुरु

कास्की । लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः शुरु...   

सर्लाहीका १६ क्रसर उद्योग अनिश्चितकालका लागि बन्द

सर्लाही । जिल्लामा गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top