Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी

सुरुङ्गा । तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा बनाउन नसकेको सम्झना अझै ताजै छ महेन्द्रकुमार गिरीलाई । हाल विर्तामोड नगरपालिका–२ मा रहेको चारपाने आफैँमा सानो बजार, त्यसमाथि २३ वर्ष अघि एक हजारको नोट नसाटिँदा विर्तामोडसम्म जानुपरेको बाध्यता बिर्सिएका छैनन् उनले । “बैंकको पहुँचबाट टाढा रहेका चारपानेवासीलाई घरको गर्जो टार्न पनि साहु महाजनकहाँ जानुपर्ने बाध्यता थियो”, गिरी सम्झन्छन्, “चर्को ब्याजदरमा ऋण लिएर गर्जो टार्ने धेरै जना देखेपछि सहकारी खोल्ने सोच आयो ।”

वित्तीय संस्थामार्फत विपन्न समुदायको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने हेतुले नरनाथ गिरी र दुर्गा भण्डारी मिलेर चारपानेमा सहकारी खोल्ने निधो गरेको उनले बताए । गिरीले भने, “त्यसबेला ३३ जना शेयर सदस्यले रु ३४ हजार शेयर पूँजी जारी गर्दै तीन वटा गाविसमा कार्यक्षेत्र बनाई सहकारीको कारोवार शुरु गरेका थियौँ ।”

विसं २०५२ फागुन ११ गतेको संस्थाको प्रारम्भिक भेलामा संस्थाको नाम ‘सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ राख्ने निर्णय गर्दा शेयर पूँजी रु ३४ हजार निकाल्न हम्मेहम्मे परेको उनले बताए । “तर त्यही सहकारी संस्था अहिले आर्थिक कारोवारका दृष्टिकोणले प्रदेश नम्बर १ कै ठूलो सहकारी संस्था बनेको छ”, उनले भने ।

एक लाख ५१ हजारभन्दा बढी शेयर सदस्य भएको सहकारी शेयर सदस्यको हिसाबले भने नेपालकै ठूलो संस्था भएको उनको भनाइ छ । सहारा नेपाल सहकारी संस्थाको शेयर पूँजी मात्रै अहिले रु एक अर्ब २४ करोड ९६ लाख रहेको सहकारीका कार्यकारी निर्देशकसमेत रहेको गिरीले बताए । उनका अनुसार संस्थाको कूल बचत रु चार अर्ब ६१ करोड ६३ लाख रहेको छ ।

गत आवमा रु एक अर्ब ५६ करोड आम्दानी गरेको सहकारीले खुद नाफा मात्रै रु ३६ करोड गरेको छ । चालू आवभित्र कूल पूँजी रु ११ अर्ब पुर्याउने लक्ष्यसहित सहकारीको सेवा क्षेत्रभित्रका छ जिल्लाका सबै स्थानीय तह र वडामा सेवा विस्तार गरी पाँच लाख सदस्य पुर्याउने लक्ष्य लिइएको छ । सहकारीले अहिले झापासहित इलाम, पाँचथर, मोरङ, सुनसरी र उदयपुरमा कारोवार गरिरहेको छ ।

सामाजिक काममा अगाडि

चारपानेमा मुख्य कार्यालय रहेको सहारा लगानीमा मात्र नभई शेयर सदस्यको जीवनस्तर उठाउन ५० कार्यक्रम लिएर अघि बढेको छ ।

समुदायमा एम्बुलेन्स वितरणदेखि सर्पदंश उपचार केन्द्र, रक्तसञ्चार केन्द्र, मलामी विश्रामालयसहित दशकर्म (काजकिरिया गर्ने ठाउँ) का लागि घर निर्माण, गाउँगाउँमा ज्येष्ठ नागरिक चोतारो निर्माण, विपन्न समुदायका ५०० भन्दा बढी घर निर्माणलगायतका सामाजिक कार्य गर्दै सहारा सहकारी पूर्वमा सबैको मनमा बस्न सफल भएको छ । ज्येष्ठ नागरिक चौतारोमा सुविधा सम्पन्न हल निर्माण गर्दै फ्रि वाइफाइ र मनोरञ्जनका साधन र खानपानको समेत व्यवस्थापन गरिएको छ ।

आफ्ना शेयर सदस्यका लागि सहकारीले सदस्य एकल महिला तथा पुरुष भत्ता, सुत्केरी पोषण, कोपिला बाल बचत, दशकर्म वार्षिकी सेवासुविधा, कृषिका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । स्कूल स्कूल, मेड इन नेपाल, पहिला आफ्नो स्वास्थ्य, साक्षरता अभियान सञ्चालन, हामी उठौँ राष्ट्रिय विपत्तिमा जुटौँ, वातावरणमैत्री गाउँ निर्माणलगायतका कार्यक्रम सञ्चालनमा रहेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताए ।

सदस्यमाझ सबै कार्यक्रम

सहकारीले आफ्ना शेयर सदस्यका बीच सञ्चालन गरेको कार्यक्रममध्ये सदस्य पोषण कार्यक्रममा संस्थाले ज्येष्ठ सदस्यलाई स्वस्थ रहन पोषणयुक्त खानामा सहयोग पुर्याउँदै आएको छ । संस्थाले ६५ वर्ष पूरा गरेका शेयर सदस्यलाई रु छ हजार पोषणभत्ताबापत रकम प्रदान गर्दै आएको छ ।

यस वर्षदेखि क्यान्सर, मुटु, मिर्गौला फेल, अल्जाइमर्स, पार्किन्सन्स, कलेजो बिग्रेको, स्पाइनल इन्ज्युरी, मष्तिस्कघातजस्ता रोगमा पनि सहकारीले उपचारको बिलका आधारमा रु छ लाखसम्म सहयोग गर्न शुरु गरेको छ । मिर्गौला, मुटु र लिभर ट्रान्सप्लान्ट गर्नुपरेको खण्डमा सहकारीले रु १० लाख दिन शुरु गरेको छ ।

संस्थाले गत वर्ष चार करोड ११ लाख कर बुझाएकामा छ चालु आर्थिक वर्षमा रु पाँच करोड २० लाख करमा योगदान पुर्याउने बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies