Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

हृदयघात कसरी हुन्छ ? कसरी लाग्न नदिने ?

मुटु शरिरको एक प्रमुख अंग हो । यो हरदम धड्की रहन्छ । यसको हरेक धड्कनबाट शरिरको सम्पूर्णँ भागमा रक्त सञ्चार हुन्छ । यहि मुटुको लागि आवश्यक अक्सिजन र पोषणयुक्त रक्त सञ्चार पनि स्वस्थ रक्तनलीबाट प्रवाह हुन्छ ।

तर, अक्सिजन र पोषणयुक्त रक्त सञ्चार गर्ने रक्तनली बन्द भयो या रक्तसञ्चार प्रक्रिया रोकियो भने त्यसले गम्भिर समस्या निम्त्याउँछ । त्यस्तो समस्यालाई हामी सामान्य भाषामा ‘हृदयघात’ भएको भनेर बुझ्छौं । यो समस्या प्राणघातक पनि हुनसक्छ ।

कसरी हुन्छ हृदयघात ?

अस्वस्थकर खानपान, उच्च रक्तचापको समस्या, चिनी रोगका कारण व्यक्तिको रक्तनली साघुँरिने समस्या हुन्छ । रक्तनली साँघुरिदैं गएको अवस्थामा एक दिन अचानक बन्द हुन्छ । बन्द रक्तनलीले गर्दा मुटुमा असर पर्छ । यहि मुटुको असरले उसको छाति बेस्सरी दुख्छ । गाह्रो भएर आउँछ । व्यक्तिलाई मरौंला जस्तै हुन्छ । यस्तो अवस्थालाई नै हृदयघात भएको मानिन्छ ।

यस्तो अवस्थामा समयमै अस्पताल गएर उपचार गर्न सके व्यक्तिलाई निको हुन्छ । तर समयमा नै उपचार गर्न सकिएन भने व्यक्तिको प्राण नै जानसक्छ । हृदयघातको उपचार त हुन्छ तर समयमै यसको उपचार गर्न सकिएन भने यो प्राणघातक समस्या पनि हुनसक्छ ।

हृदयघातबाट कसरी बँच्ने ?

रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु सबैभन्दा राम्रो उपाय हो । त्यसको लागि व्यक्तिले स्वस्थ जीवनशैलीलाई अपनाउनु पर्छ । उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई समयमानै नियन्त्रणमा राख्न सके हृदयघातको जोखिम कम हुन्छ । जसको लागि व्यक्तिले नियमित व्यायाम गर्ने, मानसिक तनाव हुन नदिने, स्वस्थ जीवनशैली अपनाउने जस्ता काम गर्नुपर्छ ।

व्यक्तिले आफ्नो शरिरलाई आवश्यक पर्ने सन्तुलीत भोजन खाने गर्नुपर्छ । चिल्लो र जंकफुड युक्त खानेकुराभन्दा सागसब्जी, फलफूल र बोक्रायुक्त अन्न खानेकुराहरु खानुपर्छ । व्यक्तिले नियमित रक्तचाप र चिनीको जाँच गराउने पनि गर्नुपर्छ ।

कतिपय परिवर्तन गर्न नसक्ने कारक तत्वको कारण पनि हृदयघातको समस्या आउने हुन्छ । उमेर र वंशाणुगत कुराले पनि यसमा प्रभाव पार्दछ । व्यक्तिको उमेर बढी भएसँगै यसको खतरा पनि बढ्दै जान्छ । व्यक्तिको वंशाणुगत गुणका आधारमा पनि रोगको जोखिम रहने मानिन्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies