Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

भारतीय पर्यटकको मृत्यु प्रकरण : दुबईबाट विवाहको वर्षगाँठ मनाउँन आएका थिए यी जोडी

एजेन्सी । भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका ३९ वर्षे प्रभिन कृष्णन नायर र उनकी ३४ वर्षीया श्रीमती सरन्या र उनीहरुका तीन सन्तान ९ वर्षे श्रीभद्र, ८ वर्षे आर्च र ७ वर्षे अभी नायरको मृत्यु भएको छ ।
दामनको पानोरामा होटलमा बास बसेका ८ जना भारतीय नागरिकलाई अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकोप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रभिनका साथीहरु र पारिवारिक स्रोतका अनुसार प्रभिन नायर र उनकी श्रीमती सारान्या बालबच्चाको जन्मदिन र डिसेम्बरमा परेको विवाहको १० औं वर्षगाँठ मनाउन नेपाल आएका थिए ।
परिवारकै मृत्यु भएको खबरले दुबई स्थित उनका आफन्त र साथीभाइ शोकमग्न भएका छन् । प्रभिन मूल रुपमा केरलाका थिभुरानान्थानपुरमका हुन् र उनी विगत ११ वर्षदेखि दुबईको कालान्दुर ग्रुप अफ कम्पनिज नामको कन्ट्र्याक्टिङ कम्पनीमा कार्यरत थिए । उनकी श्रीमतीले कोचीस्थित एर्नाकुलमबाट स्नातकोत्तर तह उत्तिर्ण गरेको पारिवारिक श्रोतले बताएको छ ।

उनका तीनै सन्तानको जन्म जनवरीमा भएको हो । बच्चाहरुको जन्मदिनमा केही दिनको मात्रै फरक छ, प्रभिनलाई नियुक्त गर्ने कालान्दुरले जानकारी दिए । उनी बिहिबार दुबईबाट एर्नाकुलम पुगेका थिए र शुक्रबार परिवारसहित नेपाल गएका थिए । उनी शनिबार काममा फर्कने योजनामा थिए, उनले भने ।

उनी निकै दयालु व्यक्ति थिए हाम्रो लागि परिवारको सदस्य समान थिए । उनी हाम्रो कम्पनीमा प्रोजेक्ट म्यानेजरको रुपमा आबद्ध भएका थिए र अहिले उनी अपरेशन म्यानेजर र सेकेन्ड इन–चार्ज हुन्, कालान्दुरले भने ।

प्रभिनको परिवारसँगै नेपाल भ्रमणमा आएका अर्को परिवारका तीनजना सदस्यको पनि मृत्यु भएको छ ।

दामनको एभरेष्ट पानोरामा होटलमा राती ९ः३० बजे बास बस्न आइपुगेका १५ भारतीय पर्यटकले ४ वटा कोठा बुक गरेका थिए । उनीहरु ४ परिवारका सदस्यहरु रहेको एभरेष्ट पानोरामा होटलका म्यानेजर शिव केसीले रातोपाटीलाई बताए ।

जाडो बढेपछि भारतीय पर्यटकहरुले राति रेष्टुरेण्टमा प्रयोग हुने मसरुम ग्याँस हिटर आफ्नो कोठामा लगेका थिए । रेष्टुरेण्टका कामदारले लैजान नदिएपनि उनीहरुले बच्चालाई चिसो लाग्यो भनेर जबरजस्ती उक्त हिटर लिएर गएको म्यानेजर केसीले बताए ।

त्यसपछि उनीहरु २ परिवारका सदस्यहरु एउटै कोठामा सुतेको पाइएको म्यानेजर केसीले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies