Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

साउदी पछि चीनमा आतंक मच्चाउँदै ‘कोरोना भाइरस’, जान्नुहोस् ‘कोरोना’बारे

काठमाडौं । चीनमा भेटिएको कोरोनाभाइरस अमेरिकासम्म पुगेको छ । अमेरिकाको वाशिंगटन डिसीमा एक ३० वर्षे युवकमा भाइरसको संक्रमण देखिएको हो । युवकमा संक्रमण देखिएपछि विशेष निगरानीसहित उपचारका लागि अस्पतालमा लगिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमले जनाएअनुसार अमेरिकामा भेटिएका ती युवक चीनको बुहानदेखि आएका थिए ।

अमेरिकासम्म पुगेको कोरोना भाइरसले चीनमा अहिलेसम्म ९ जनाको ज्यान लिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि चीनमा अहिले निकै कडाई पनि गरिएको छ । बेजिङ विमानस्थलमा स्वास्थ्य सुरक्षाकर्मीले आउने जाने यात्रुको विशेष प्रविधिको प्रयोग गरि स्काइनिङ्ग गर्न थालेका छन् । संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गरि चीनले विशेष सावधानी पनि अपनाइएको छ ।

चीनमा आतंक बन्दै गएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वभर ४५० जनाभन्दा बढिले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बढ्दो कोरोना भाइरसको संक्रमणलाई हेर्दै बुधबार आपतकालिन बैठक पनि आह्वान गरेको छ ।

के हो कोरोना भाइरस ?

विश्व स्वस्थ्य संगठन (डब्ल्यूएचओ)को अनुसार कोरोना भाइरस सामुन्द्रीक खानेकुरासँग जोडिएको छ । यो अहिलेसम्म ऊँट, बिरालो, चमेरोसहितका विभिन्न पशुपन्छीबाट मानिसमा सरेको पाइन्छ । जनावरहरुबाट मानिसमा सर्ने यस भाइरस मानिसबाट मानिसमा भने कम रुपमा सरेको भेटिन्छ ।

कोरोना भाइरसको खोज सबैभन्दा पहिले मध्यपूर्वी देशमा भएको थियो । साउदी अरबमा सन् २०१२ मा भाइरसको संक्रमण देखिएको थियो । त्यस समय चिकित्सकहरुले यसलाई मिडिल ईस्ट रेस्पिरेटरी सिंड्रोम नाम दिएका थिए । मिडिल ईस्ट रेस्पिरेटरी सिंड्रोम नै कोरोना परिवारको पूर्वज भएको बताइन्छ ।

\"क्या

सन् २०१२ देखि अहिलेसम्म कोरोनाको कारणले मध्यपूर्वी देशमा मात्रै ८०० भन्दा बढि मानिसको मृत्यु भईसकेको स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ । त्यस समय भाइरस ऊँटको माध्यमबाट मानिसमा सरेको थियो ।

यसअघि सन् २००३ मा पनि चीनमा कोरोना भाइरसको पुर्खा भेटिएको उल्लेख छ । त्यस समय भाइरसको नाम सीवियर एक्यूट रेस्पिरेटरी सिंड्रोम दिइएको थियो ।

सीवियर एक्यूट रेस्पिरेटरी सिंड्रोमको कारण त्यस समय चीनको हङकङमा मात्रै ६५० जना मानिसको ज्यान गएको थियो । वैज्ञानिकले उक्त समय चमेरोको माध्यमबाट मानिसमा संक्रमण सरेको जनाएका थिए ।

कोरोनाको संक्रमण भएपछि के हुन्छ ?

चिकित्सकले जनाएअनुसार कोरोनाबाट संक्रमित व्यक्तिमा सुरुको चरणमा खोकी लाग्ने, श्वास लिन कठिनाई हुने, नाकबाट सिगान बगिरहने, टाउको दुख्ने र केहिदिनसम्म ज्वरो देखिने हुन्छ ।

खोकी र ज्वरो देखिएसँगै संक्रमित व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जाने र निमोनिया र ब्रोंकाइटिसजस्ता समस्या देखिने हुन्छ । डब्ल्यूएचओले जनाएअनुसार कोरोनाले विस्तारै किड्नीमा पनि असर गर्न थाल्दछ । बृद्ध व्यक्ति यस रोगबाट सबैभन्दा चाँडै ग्रस्त हुन्छन् ।

भाइरसको आतंक, चीनदेखि अमेरिकासम्म कडाई

अहिले कोरोना भाइरसको सबैभन्दा ठुलो संक्रमण चीनको बुहान क्षेत्रमा देखिएको छ । चीनमा कोरोनाको संक्रमण देखिएपछि आउने जाने सबै विमानको चेकजाँचमा कडाई गरिएको छ ।

भारतीय हवाईअड्डामा पनि यसको जाँचमा कडाई गरिएको उल्लेख छ । दिल्ली, मुम्बई र कोलकाताका साथै चेन्नई, बेंगलुरु, हैदराबादलगायतमा चीनबाट आउने जाने यात्रीमा विशेष जाँच तथा निगरानी सुरु गरिएको छ ।

\"क्या
बेजिङ्ग विमानस्थलमा आउने जाने यात्रुको प्रविधिको माध्यमबाट स्वास्थ्य जाँच गरिँदै । (फोटोः PTI)

चीनको बुहानमा कोरोना भाइरसको पहिलो संक्रमणको चर्चा २०१९ को डिसेम्बरमा भएको थियो । त्यसपश्चात चीनमा अहिलेसम्म ३०० जनामा यसको संक्रमण देखिएको छ । यसको कारण करिब ९ जनाको मृत्यु भईसकेको उल्लेख छ ।

कोरोनाको कारण चीनको बेजिङ्ग, गोन्जाओ प्रान्त र संघाईमा आतंक फैलिएको छ । दक्षिण कोरिया, ताईवान, जापान, भारत र अमेरिकामा पनि यसको त्रास सुरु भएको छ ।

कोरोनाकाकै कारण चीनमा पर्यटक आगमन ह्वात्तै घट्दा पर्यटन तथा होटल व्यवसायमा भारी गिरावट आएको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् । (एजेन्सीको सहयोगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies