Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेकपा नेताको घरमा बम फेला, नेपाली सेनाद्वारा निष्क्रिय

बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको अध्यक्ष पालको घरको मूलद्वारमा भेटिएको उक्त बम बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

आज बिहान ३ बजे भेटिएको बम सेनाको टोलीले मध्याह्न पौने १२ बजे निष्क्रिय पारेको हो । यस्तै डिलौशैनी गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । पालकै से १ च ४५९ नम्बरको जेसिबीमा पनि आगजनी गरिएको छ ।

डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालय पंसेरामा पनि आगजनी गरिएको छ । गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन कक्षमा आगजनी गरिएको हो । प्रशासन कक्षको ताल्चा फुटालेर गरेको आगजनीबाट कम्प्युटर, दराज र अन्य महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए।

आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो ।

राज्य पुनःस्थापना हुँदा डिलाशैनी गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँ कार्यपालिकामा पनि नेकपाकै बहुमत रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बोहराले भने केन्द्रका विषयमा असन्तुष्ट पक्षले आगजनी गरेको हुनसक्ने आशङ्का गरेका छन् । सम्पर्क कार्यालय रहेको ठाउँ गाउँपालिकाको केन्द्रका लागि उपयुक्त भनेर प्रतिवेदन सार्वजनिक भएपछि त्यसको विरोध भइरहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies