Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सामाजिक सञ्जालमा भाइरल भएका महिलालाई रकमसहित यौन प्रस्ताव

एजेन्सी । इन्टरनेटको सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले पछ्याउने ख्यातिप्राप्त र प्रभावशाली महिला इन्फ्लुएन्सरुहरूलाई दैनिकजसो नचिनेका मानिसले मोटो रकमको प्रलोभन दिँदै यौन सम्पर्कका लागि प्रस्ताव पठाउने गरेको खुलासा बीबीसीको भिक्टोरिया डार्बिशर कार्यक्रममा गरिएको छ। एक प्रसिद्ध इन्फ्लुएन्सरले त सामाजिक सञ्जाल पुरुषहरूलाई नयाँ महिला खोज्ने क्याटलग अर्थात सूचि बनिरहेको बताइन्।

\'यो त अब धेरै धनी मानिस सामेल भएर निकै धेरै रकम खर्च गरिने वेश्यावृत्ति जस्तै भएको छ। कसैले मलाई त्यस्तो प्रस्तावसहित सन्देश पठायो होला भनेर सोच्न पनि डर लाग्छ। उनीहरूले इन्स्टाग्रामका हजारौँ सुन्दरी केटीहरूलाई त्यस्तै सन्देश पठाइसकेको हुन सक्छ \'टाइन-लेक्सी क्लार्सन भन्छिन्।

टाइन-लेक्सी क्लार्सनलाई इन्स्टाग्राममा लाखौँ मानिसले पछ्याइरहेका छन्। उनी भन्छिन् उनलाई २० हजार पाउन्ड (झन्डै ३० लाख नेपाली रुपैयाँ) सहित साँझको खाना र पेय पदार्थको लागि आउन भन्दै कसैले सन्देश पठाउँदा उनी १९ वर्षकी थिइन्।

लभ आइल्यान्ड भन्ने टेलिभिजन कार्यक्रमको दोस्रो भागमा काम गरिसकेपछि उनलाई एउटा एजेन्सीले दुबईमा पाँच रात बिताउनका लागि ५० हजार पाउन्ड (झन्डै ७५ लाख रुपैयाँ) दिने प्रस्ताव गर्‍यो। त्यसमा के के काम हुनेछ भन्ने विवरण गोप्य राख्नु पर्ने एउटा सर्त पनि थियो।

टाइन-लेक्सी भन्छिन् उनले त्यो प्रस्ताव अस्वीकार गरिन्। तर उनको चिन्ता छ कि उदाउँदै गरेका इन्फ्लुएन्सरुहरू आफूलाई चाहिने विलासी सामग्री खरिद गर्न र आफ्नो \'आवरण तथा भेषभूषा चुस्त दुरुस्त राख्नका लागिू त्यस्ता कारोबारहरूमा फस्न सक्ने जोखिम रहिरहन सक्छ।\'केही मानिसका लागि त्यो एकदमै धेरै पैसा हो, त्यो जीवन नै बदलिदिन सक्ने परिमाणको पैसा हो।\'

महत्त्वपूर्ण कारोबार
लभ आइल्यान्ड भन्ने टेलिभिजन कार्यक्रमको तेस्रो भागमा काम गरेकी रोजी विलियम्स् भन्छिन् उनलाई दुबईको एक पुरुषले आफ्नी मित्र बनिदिए बापत एक वर्षमा एक लाख पाउन्ड (झन्डै डेढ करोड रुपैयाँ) र सबै कपडा र झोलाहरू किनिदिने प्रस्ताव गरेका थिए।

उनले आफूलाई दुबई शहरमा रहेको बताउने एक पुरुषबाट आफूलाई प्राप्त एक सन्देश हामीलाई देखाइन्। त्यो सन्देशमा ती पुरुषले एक महत्त्वपूर्ण कारोबारूबारे कुरा गर्ने उल्लेख गरेका छन्। रोजीका अनुसार त्यस्ता सन्देशहरूमा यस्ता शब्दावाली सामान्य हुन्।

तर उनी भन्छिन् जत्ति नै पैसाको प्रस्ताव गरिएपनि उनी कुनै प्रलोभनमा पर्ने छैनन्।

रोजी भन्छिन् सामाजिक सञ्जालमा चर्चित हुनाको एउटा बेफाइदा यही होस् \'तपाइँलाई मानिसले जिस्क्याउने वा उडाउने ट्रोलिङ प्रवृत्तिबारे चेतावनी दिइएको हुन्छ। तपाइँलाई जीवन नाटकीय रूपमा बदलिन सक्छ भन्नेबारे चेतावनी दिइएको हुन्छ। तर तपाइँलाई पुरुषहरूले खरिद गर्न पनि सक्छन् भन्ने बारेमा कहिल्यै कसैले सजग गराइएको हुँदैन।\'

उनी भन्छिन् यस्ता विषयमा \'इन्फ्लुएन्सरुहरूको सञ्जालमा पनि कुरा गर्ने गरिँदैनस- \'हामीले त्यस्तो कुरा गर्ने परिस्थिति नबनेको हुन सक्छ। सायद हामी यस्ता विषयमा कुरा गर्न निकै लज्जित हुने गरेका छौँ।\'

भिक्टोरिया डार्बिशर प्रोग्रामले सामाजिक सञ्जालमा धेरैले पछ्याइरहेका इन्फ्लुएन्सरहरूले पाएका धेरै सन्देशहरू हेरेको छ। तिनमा पुरुषहरूले सीधै यौनको कुरा गरेकोदेखि कुनै धनाढ्य ग्राहकका लागि बिचौलियाको रूपमा पठाइएका सन्देशहरू पाइए।

हामीले नाम खुलाउन नचाहने एक ब्रिटिश रियलिटी स्टार दाबी गर्ने एक महिलालाई पठाइएको लिखित प्रमाण पायौँ। त्यसमा विदा मनाउने क्रममा यौन सम्पर्कका लागि १० हजार पाउन्ड (झन्डै १५ लाख रुपैयाँ) दिने प्रस्ताव गरिएको थियो।

एउटा टेलिभिजनको ट्यालेन्ट शोमा सहभागी भएकी \'इसाबेल\'लाई आफूभन्दा १० वर्ष जेठो पुरुषले इन्स्टाग्राममार्फत सन्देश पठाए।

\'मलाई राम्रो डिजाइनर ब्यागहरू दिने प्रस्ताव गरियो। ऊ धनाढ्य हुनुमा गर्व गर्दथ्यो र मलाई महङ्गा ब्याग किनिदिएर उसले सन्तुष्टि लिने गर्दथ्यो, \'उनले भनिन्- \'मलाई आफ्ना अनलाइनका प्रशंसकहरूलाई व्यस्त राख्नु थियो। त्यसैले सायद मैले त्यो प्रस्ताव स्विकारेँ।\'

उनले ती पुरुषलाई १८ महिनासम्म भेटिनन् तर एक दिन भेटिन्।

\'उनी एकदमै रमाइला थिए। साँझको खाना खाँदा हामीले केही मदिरा पियौँ। उनले मेरो वचतको बारेमा सोधे। मैले मेरो केही हजार पाउन्ड ऋण भएको बताएँ। त्यसपछि उनले भने \'म सँग यौन सम्पर्क गरे म तिमिलाई त्यसको दुई गुणा बढी रकम दिन्छु।\'

त्यसपछि \'इसाबेल\' उनको होटेलको कोठामा गइन्।

\'तर मलाई मेरो आत्मसम्मान नै झरे जस्तो लाग्यो, आफैदेखि रिस उठ्यो र ममाथि कुनै अन्याय भएको जस्तो लाग्यो।\'

उनी भन्छिन् यो कुनै प्रकारको वेश्यावृत्ति होइन \'यो यस्तो सम्बन्ध हो जुन समयसँगै अघि बढ्दै जान्छ ‘ तर वेश्यावृत्तिमा तपाईँ केही रकम लिएर नचिनेको मानिसँग यौन सम्बन्धकालागि सहमत हुनुहुन्छ।\'

तर महिलालाई यौनको बस्तुका रूपमा प्रस्तुत गर्ने कार्य वा सोचकाविरुद्ध अभियान चलाइरहेको एक नारीवादी समूह अब्जेक्ट भन्छ महिलाले अति नै लोभलाग्दा प्रस्ताव स्विकार्ने कारणहरू उसले बुझेको छ।

हेदर ब्रन्स्केल-इभान्सले भनिन् - यस्ता कार्यमा संलग्न महिलाले वेश्यावृत्ति भन्ने शब्द सुन्न चाहँदैनन्। तर वास्तविकता यो हो कि उनीहरूले पैसाको लागि आफ्नो शरीर बेचिरहेका छन्।

\'उनीहरूलाई हौस्याउनेहरूले महिलालाई \'इन्फ्लुएन्सर बन्न चाहिने सबैथोक दिइरहेका हुन्छन्। तर अन्ततोगत्वा त्यो उनको शोषण नै हो। किनभने ती महिलाले त्यही पैसाकै लागि त्यो सबथोक गरिरहेकी हुन्छिन्। त्यसले उनलाई लज्जित तुल्याइदिने छ।\'

सेलेब्रिटी अर्थात् ख्यातिप्राप्त व्यक्तिका एक एजेन्ट रब कुपर भन्छन् सामाजिक सञ्जालका चर्चित महिलाहरू मात्र नभई पुरुषहरूले पनि त्यस्ता खालका सन्देशहरू पाइरहेका हुन्छन्। उनी भन्छन् सामाजिक सञ्जालका खातालाई पनि पासपोर्ट वा बिमा नम्बर जस्तै महत्त्व दिएर प्रयोगकर्ताहरूलाई पनि जबाफदेही बनाउने बेला भइसकेको छ। रोक्का गरिएको सामाजिक सञ्जालको खाता पुन: खुलाउन निवेदन दिनु पर्ने व्यवस्था गरेर त्यसो गर्न सकिने उनको तर्क छ।

फेसबुक कम्पनीका एक प्रवक्ताले भने \'इन्स्टाग्राम मार्फत् यौन कारोबार सह्य हुँदैन र जसले हाम्रो निर्देशिकाको बेवास्ता गर्छ त्यसलाई प्रतिबन्ध लगाइने छ। हामी इन्स्टाग्राम मानिसहरूलाई आफ्ना अभिव्यक्ति दिनका लागि सुरक्षित स्थल होस् भन्ने चाहन्छौँ। हाम्रा यस्ता मञ्चहरूमा कसैले पनि दुर्व्यवहार भोग्नु नपरोस् भनेर हामीले विभिन्न औजार र प्रविधिमा धेरै लगानी गर्छौँ ।\' बीबीसी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies