एजेन्सी । क्यानडाका सञ्चारमाध्यममा मेगनका तस्बिर प्रकाशित भएपछि ड्यूक र डचिस अफ ससिक्सले बिनाअनुमति आफ्नो तस्बिर खिच्ने र प्रकाशन गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।
वकिलहरूका अनुसार डचिस अफ ससिक्सले आफ्नो छोरा बोकेर कुकुर डोर्याउँदै हिँडेको तस्बिर फोटोग्राफरहरूले झाडीमा लुकेर खिचेका थिए।
उनीहरूले अनुमति नलिई त्यसरी तस्बिर खिचेर फोटोग्राफरहरूले दुर्व्यवहार गरेको उनीहरूको आरोप छ ।
ह्यारी र मेगनले भने आफूहरू कानुनी कारबाही गर्नको लागि तयार रहेको बताएका छन्।
राजकुमार ह्यारीलाई भक्तपुर घुमाएका नेपाली युवा भन्छन् : जिम्मेवारी परित्याग नगरेको भए हुन्थ्यो ।
उनीहरू बस्न थालेको क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा बढिरहेका फोटोग्राफरका गतिविधिबाट ह्यारी र मेगन आजित भएको बताइएको छ।
वकिलहरूका अनुसार पापाराजीहरूले लामो दूरीको तस्बिर खिच्न सक्ने लेन्सको प्रयोग गरी घरभित्रका तस्बिर खिच्ने प्रयास समेत गरिसकेका छन्।
ब्रिटिश कोलम्बियाको कानुन अनुसार डचिस अफ ससिक्सले आफ्नो गोपनियता भङ्ग गरेको अभियोगमा मुद्दा दायर गर्न सक्छिन्।
तर क्यानडाली नियमकानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार पनि सुनिश्चित गरेको छ।
सोमवार मेगनले भ्यानकुभर आइल्यान्डको होर्थ हिल रिजनल पार्कमा आफ्नो आठ महिने छोरा आर्चीलाई बोकेर गाइ र ओजी नामका दुई कुकरसँग हिँडिरहेको तस्बिर सार्वजनिक भएको थियो।
ब्रिटेनमा एक कार्यक्रममा सहभागी भएका ड्यूक अफ ससिक्स चाहिँ मङ्गलवार मात्र क्यानडा पुगेका थिए।
सञ्चारमाध्यमसँग लामो समयदेखि राजकुमार ह्यारीको अप्ठ्यारो सम्बन्ध रहँदै आएको छ।
प्यारिशमा पापाराजी फोटोग्राफरहरूले मोटरसाइकलमा पछ्याइरहँदा उनकी आमा प्रिन्सेस अफ वेल्स डायनाको कार दुर्घटनामा मृत्यु भएको थियो।
सन् १९९७ अगस्ट ३१ तारिखमा राजकुमारी डायनाको निधन भएको थियो।
सन् २०१६ मा राजकुमार ह्यारीले आफ्नी तत्कालीन प्रेमिका मेगनलाई शोषण र दुर्व्यवहार गरेको भन्दै सञ्चारमाध्यमको आलोचना गरेका थिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: