Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अर्जुन लामा हत्या आरोपी अग्नि सापकोटा साझा नेता

काठमाडौं । नेकपाले अग्नि सापकोटालाई सभामुख उम्मेदवार तय गरेपछि कांग्रेसदेखि अधिकारवादीले सर्वोच्चमा विराचाराधीन मुद्दाको प्रसंग उठाए। काभ्रेका अर्जुन लामाको हत्या आरोपी सापकोटालाई सभामुख प्रस्ताव गरेकोमा नेकपाप्रति असन्तुष्टि देखियो। ‘कुन पदमा कस्तो प्रवृत्ति रु छनोट उचित भएन भने पदको गरिमा त धरापमा पर्छ नै’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरे। यस्तोमा विपक्षी कांग्रेसले के गर्छ भन्ने चासो थियो। तर, कांग्रेसले सापकोटालाई साझा नेता बनाउन मैदान खाली गरेको छ।

आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ - प्रतिनिधिसभाको सभामुखमा मंगलबार सापकोटाको मात्र उम्मेदवारी परेपछि १२ गते बस्ने प्रतिनिधिसभा बैठकले निर्विरोध निर्वाचित घोषणा गर्नेछ। ‘संसद्को गरिमा र भूमिकाका कारण यसको नेता साझा बन्नुपर्छ भन्ने मान्यता कांग्रेसले राखेको हो’, कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, ‘सत्ताको नेतृत्व गर्ने पार्टी र प्रमुख विपक्षी मिलेर संसद्लाई प्रभावकारी र सशक्त बनाउनुपर्ने खाँचो छ।’ त्यसो त उम्मेदवारी दिए पनि संसद्को गणितले कांग्रेसले जित्ने अवस्था छैन। मधेस केन्द्रित राजपाको समेत समर्थन जुटाएपछि सत्तासीन नेकपाका उम्मेदवारका पक्षमा झण्डै दुई तिहाई बहुमत पुग्ने अवस्था छ।

विपक्षी दलको धर्म निर्वाह गर्न र आफ्नो असहमति जनाउन कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिनुपर्नेमा पार्टीभित्र माग थियो। तर पछिल्ला केही दिनमा संक्रमणकालीन न्याय सम्पादनमा शीर्ष नेतृत्वबीच भएको सहमति र उपसभामुखको ‘लोभ’ का कारण पनि कांग्रेसले उम्मेदवारी नदिएको कांग्रेसकै नेताहरू बताउँछन्। सचेतक भुसाल भने परिवर्तनलाई संस्थागत गर्न पनि सत्तापक्ष र विपक्षी मिल्नुपर्ने अवस्था रहेको र उपसभामुखबारे सत्तापक्षले नै सोच्नुपर्ने तर्क गर्छिन्।

त्यसो त कांग्रेसले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध पनि उम्मेदवारी दिएको थिएन। महरा पनि निर्विरोध निर्वाचित भएका थिए। सापकोटालाई निर्विरोध बनाउन सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रस्ताव गरेका थिए। दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यो विषयमा कुराकानी गरेका थिए।

संयोग नै मान्नुपर्छ, महरा र सापकोटाको उम्मेदवारीका समर्थक र प्रस्तावक एकै व्यक्ति छन्। महराको प्रस्तावकमा संसदीय दलका उपनेता सुवास नेम्वाङ थिए भने सापकोटाका प्रस्तावक पनि नेम्वाङ नै छन्। सापकोटालाई सभामुख बनाउनुपर्ने प्रस्तावको समर्थक प्रमुख सचेतक देव गुरुङ र पूर्व सभामुख ओनसरी घर्तीमगर छन्। राजपाका लक्ष्मणलाल कर्ण पनि उक्त प्रस्तावका समर्थक छन्। महरा सभामुख बन्दा नेकपाको एकता भइसकेको थिएन भने अहिले दुई दल एक भए पनि ‘भागबण्डा’ को राजनीति कायमै छ।

राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपासँग चुनावी तालमेल गरेको राजपाले समेत नेकपाका सापकोटालाई समर्थन जनाएको छ। नेकपा संसदीय दलका उपनेता नेम्वाङले राजपा नेता कर्णलाई फोन गरी समर्थन जनाउन आग्रह गरेका थिए। राजपाले पनि उपसभामुख पद आफूले पाउने आश नेकपासँग गरेको छ।

‘संसद्को नेतृत्व साझा हुनुपर्छ भन्ने मान्यता साथ समर्थन जनाएका हौं’, कर्णले भने, ‘अरु विषयमा छलफल भइरहेको छ।’ तर नेकपाका नेताहरू भने सभामुख निर्वाचनपछि मात्र उपसभामुखबारे छलफल हुने बताउँछन्। ‘सभामुख निर्वाचित भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ’ नेकपा संसदीय दलका उपनेता नेम्वाङले भने, ‘उपसभामुख कसलाई दिने भन्नेमा टुंगो लागेको छैन।’

नेकपाको झण्डै दुई तिहाई मत भएका बेला संसद्को नेतृत्व लिनु सापकोटाका लागि प्रमुख चुनौति हो। सत्तापक्षसँग स्पष्ट बहुमत भएका बेला सभामुखले निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्न अप्ठ्यारो हुने जानकारहरू बताउँछन्। ‘जननिर्वाचित र सार्वभौम संस्थाको ओझ, गरिमा, मूल्य मान्यता उच्च बनाइराख्न भगिरथ प्रयत्न गर्नेछु’ उम्मेदवारी दर्तापछि सापकोटाले प्रतिवद्धता जनाए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies