Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

आन्तरिक विवाद समाधान गर्न सहमति खोज्दै कांग्रेस शीर्ष नेता

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न बुधबार शीर्ष नेताबीच छलफल हुने भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजे नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताबीच छलफल हुन लागेको हो।

आजको नागरिक दैनिकमा खबर छ - उपसभापति विमलेन्द्र निधिसहित पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलाबीच सोमबार भएको छलफलअनुसार देउवा र पौडेलसमेतको उपस्थितिमा सहमतिको प्रयासमा नेताहरू जुट्न लागेका हुन्।

दोस्रो तहका नेताले पार्टीको १४औं महाधिवेशनको मिति कार्य राखेर तल्लो तहका अधिवेनका कार्यतालिका संशोधन गर्ने समझदारी गरेका छन्।

तर, त्यसलाई शीर्ष नेताकै सहभागितामा अन्तिम निर्णय दिने र त्यो बैठक सभापतिले बोलाउने उनीहरूबीच समझदारी बनेको थियो। २०७७ फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने सार्वजनिक गरेको छ। तल्लो तहको अधिवेशनको कार्यतालिका कति र कहिलेका लागि सार्ने टुंगो लाग्न बाँकी छ।

तीन नेताहरूबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल गठनका विषयमा पनि छलफल भएको छ। पूर्व समझदारी अनुसार पौडेल पक्षले संघमा ४० प्रतिशत र तरुण दलमा ३५ प्रतिशत पाउनुपर्ने अडान दोहो¥याएको छ।तर, पुरानो वा नयाँ विधानअनुसार कार्यसमिति गठनमा असन्तुष्ट पक्ष लचिलो देखिएको छ।

पार्टीको विभाग थपका विषयमा नेताहरूबीच यसअघि नै समझदारीमा पुगेको जनाउँदै असन्तुष्ट पक्षको माग अनुसार केन्द्रीय समितिको पुस ११ गतेको बैठकले निलम्बन गरीएका विधानका धाराहरू फुकुवा गर्न पनि संस्थापन पक्ष लचिलो देखिएको छ।

असन्तुष्ट पक्ष पनि महाधिवेशन हुने एक वर्ष पहिला नै स्थानीय तहको अधिवेशन गर्नुपर्ने विधानको व्यवस्था निलम्बन गर्न भने सकारात्मक देखिएको छ। आफ्नो पक्षको सहभागिता बिनामहाधिवेशनको कार्यतालिका सार्वजनीक गरीएको भन्दै असन्तुट पक्षले त्यसलाई संशोधन गर्नुपर्ने जनाउँदै आएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies