Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

काठमाडौं । नेपालको राजनीतिमा नाटकिय परिवर्तन नभए माघ १२ गते अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको नयाँ सभामुखमा निर्वाचित हुनेछन् । सत्तारुढ दल नेकपाको आइतबार बसेको सचिवालय बैठकले सर्वसम्मतरुपले नेता सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेपछि उनको पल्ला भारी भएको हो । सोहि दिन बिहान बालुवाटरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने सहमति गरेका थिए । दुई शिर्ष नेताले गरेको सहमतिलाई सोहि दिन अपरान्ह बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गरेको हो ।

सभामुखको लागि नेकपाभित्र पूर्वएमाले, पूर्वमाओवादी र उपसभामुखबीच त्रिपक्षीय द्वन्द्व हुँदा चारमहिनासम्म संसदले नयाँ सभामुख पाउन सकेको थिएन । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले शिर्ष नेताले राजिनामा दिन दिएको सुझावलाई बारम्बार अस्वीकार गर्दै आएकी थिइन् । उनले सचिवालय बैठकलाई नै चुनौति दिँदै अन्तिम अवस्थासम्म राजिनामा नदिने अडान दोहोर्याएकी थिइन ।

संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुराचार गरेको आरोपमा असोज १४ गते निवर्तमान सभामुख कृष्णबहादुर महराले राजिनामा दिएपछि संसद चारमहिनादेखि सभामुख बिहिन अवस्थामा रहेको छ । संसद सचिवालयले सभामुखको निर्वाचन माघ १२ गते गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रधानमन्त्री ओलीको ‘युटर्न’

महराको अप्रत्यासितरुपले संसदबाट बर्हिगन भएपछि प्रधानमन्त्री ओली कुनै पनि हालतमा सभामुख पूर्वमाओवादीलाई दिने मुडमा थिएनन् । ओलीले शुरुदेखि नै नयाँ सभामुखमा आफुँ निकट पात्रको रुपमा पूर्वसभामुख सुवास नेम्वाङको पक्षमा दाबी गर्दै आएका थिए । तर, अर्का अध्यक्ष प्रचण्डले सभामुख पहिल्यै पूर्वमाओवादीको भागमा परेकोले पार्टी एकताको नाममा सबै राजकीय पद छोड्न नसकिने अडान लिए ।

आफ्ना विश्वासिला पात्र महराले धोका दिएपछि निरास देखिएका प्रचण्ड नयाँ सभामुखमा अग्नि सापकोटालाई ल्याउन चाहन्थे । यस्तै, गत महिना प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वमाओवादी समूहको बैठकले लचकताको नाममा सभामुख नछोड्न प्रचण्डलाई दवाब दिएका थिए । सो भेलामा पूर्वमाओवादीका नेताहरुले अध्यक्षसँग सभामुख पद साटेको हो कि भन्ने प्रश्नमा प्रचण्डले पदको लागि आफुले कुनै गोप्य सहमति नगरेको स्पष्टिकरण नै दिनु परेको थियो ।

दुईपक्षीय भेटघाट र छलफलमा प्रधानमन्त्री ओली नेम्वाङको विकल्पमा टसकोमस नभएपछि प्रचण्ड नयाँ रणनीति बनाउन पौष २२ गते अग्नि सापकोटालाई लिएर सिन्धुपाल्चोकमा एक स्थानीय कार्यकर्ता बलराम गिरीको घरमा पुगेका थिए ।

सिन्धुपाल्चोकबाट फर्किए लगत्तै प्रचण्ड बामदेव निवास भैंसेपार्टीमा जम्मा भएका ओली इतरका नेताहरुको बैठकमा सहभागी भए । नेकपाको नौ जना सचिवालय सदस्यमध्ये प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले सभामुखमा पूर्वमाओवादीलाई सहयोग गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओली झस्किए । सचिवालय मै आफु अल्पमतमा पर्ने देखिएपछि नेम्वाङको पक्षमा लिएको अडानबाट एकाएक युटर्न हुन बाध्य भएका थिए ।

संसदमा अग्निको अग्निपरिक्षा

पार्टीभित्र लामो समयदेखिको राजनीति खिचातानी र शक्ति संघर्षपछि अन्ततः अध्यक्ष प्रचण्डले रुचाइएका अग्नि सापकोटा नयाँ सभामुख बन्ने पक्का भएको छ । राजनीतिको झण्डै चार दशक कम्युनिष्ट आन्दोलनमा बिताएका सापकोटा माओवादी शान्तिपूर्ण राजनीतिमा फर्केपछि दुईपटक मन्त्री भइसकेका व्यक्ति हुन् । शिक्षण पेशामै रहदाँ ०५२ सालमा माओवादीको सशस्त्र युद्धमा होमिएका सापकोटा सिन्धुपाल्चोकबाट लगातार तीनपटक सांसदमा निर्वाचित भएका थिए ।

कुनै बेला संसदलाई ‘बुर्झुवाहरुले खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थला’ भन्ने सापकोटा आफै अहिले नेतृत्व लिएर त्याहाँ जादै छन् । संसदमा उनको आगामी यात्रा निकै नै चुनौतिपूर्णँ देखिन्छ । माघ १२ गते औपचारिकरुपले सभामुखमा निर्वाचित भएपछि उनको संसदमा अग्निपरिक्षा शुरु हुनेछ । उनले कसरी संसदलाई नेतृत्व गर्छन् त्यो त आगामी दिनले देखाउने नै छ । तर, उनी संसदको सभामुखमा निर्वाचित भएपछि सापकोटाको चुनौतिबारे चर्चा गर्नु सान्दर्भिक होला ।

मुख्य चुनौतिका विषय

१. द्वन्द्वकालिन मुद्दा

माओवादी द्वन्द्वकालमा काभ्रे दाप्चाका अर्जुन लामाको हत्या आरोपमा सापकोटामाथि लामाकी श्रीमति पूर्णिमा लामाले अदालतमा मुद्दा दायर गरेकी छिन् । अहिले त्यो मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । उनले सत्य निरुपण तथा वेपत्ता छानविन आयोगमा समेत उजुरी दिएकी छिन् ।

तत्कालिन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा विभागिय मन्त्री रहेका सापकोटाविरुद्ध २०६८ सालमा तत्कालिन इन्सेकका अध्यक्ष सुशील प्याकुरेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । प्याकुरेल अहिले राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार रहेका छन् ।

व्यक्ति हत्या र मानव अधिकार हनन् गरेको अभियोग लागेका सापकोटाको मुद्दा आगामी माघ २२ गते सुनुवाईको लागि पेश्कीमा राखिएको छ । सापकोटाको आगामी यात्रालाई अदालतमा झुण्डिएको खतराको तरबारले झस्काइरहने छ ।

सापकोटाविरुद्ध मात्र नभइ पूर्वमाओवादीलाई सिध्याउन ‘एन्टि माओइस्ट’ सर्कलका कनकमणी दिक्षीत, दिनेश त्रिपाठी, कपिल श्रेष्ठ, सुवोध प्याकुरेल, सुशील प्याकुरेललगायत व्यक्तिहरु मानव अधिकार हननको नाममा कम्मबर कसेर लागेका छन् ।

२. एमसिसि अनुमोदन

संसदको अनुमोदनको पर्खाइमा रहेकोे बहुचर्चित विवादास्पद मिलेनियम च्यालेन्ज कर्पोरेसन(कम्प्याक्ट) सभामुखको हैसियतले संसदबाट पास गराउनु सापकोटकोलाई फलामको चिउरा चपाए सरह हुनेछ । सत्तारुढ दलभित्रै बहुपक्षिय नेता तथा सांसदहरु एमसिसिको विपक्षमा उभिएका छन् । बिश्लेषक डा. केसी एमसिसि संसदबाट पास गराउन महराले अनिक्षा देखाएकै कारण उनको जागिर गएको ठोकुवा गरेका छन् ।

कतिपयले त एमसिसि संसदबाट पार गराउने सर्तमा प्रधानमन्त्रीले सापकोटालाई स्वीकारेको भन्ने आशंका व्यक्त गरेका छन् । ५५ अर्बको धनराशी रहेको एमसिसि ०७७ असारबाट लागु गर्नु पर्ने दवाबमा सरकार रहेकोछ । प्रधानमन्त्री ओली पहिले देखिनै एमसिसिलाई संसदबाट अनुमोदन गर्न पक्षमा रहेका छन् । प्रचण्ड, झलनाथ, बामदेब, माधब नेपाल जस्ता नेताहरु एमसिसिको विपक्षमा रहेका छन् । यस हिसावले सभामुखको हैसिएता उनले कस्तो भूमिका निर्वाह गर्छन् त्यसैमा उनको आगामी यात्रा तय गर्छ ।

३. संसदमा विधेयकको चाङ

संसदमा महिनौंदेखि नागरिकता विधेय, राष्ट्रिय परिचयपत्र सम्बन्धि विधेयक, लोकसेवा आयोग सम्बन्धि विधेयक, सुरक्षा परिषद् सम्बन्धि विधेयक, मिडिया काउन्सिल विधेयक लगाएत दर्जनौ विधेयकको चाङ रहेको छ । यसमा सत्तापक्ष र प्रतिपक्षबीचमा कुनै सहमति जुट्न सकेको छैन । सभामुखको हैसियतमा उनले सत्तापक्ष र प्रतिपक्षदलको समेत विश्वास लिएर अगाडि बढ्नु पर्ने हुन्छ । सबैभन्दा जटिल विषय रहेको नागरिकता सम्बन्धि विधेयक र विवादित मिडिया काउन्सिल विधेयक संसदबाट पारित गर्न निकै चुनौति रहेको छ ।

४. सत्तापक्षको दवाब र प्रतिपक्ष दलसँग सहकार्य

सभामुखमा निर्वाचित भएपछि उनले पाएको जिम्मेवारी स्वतन्त्रपूर्वक निर्वाह गर्न सक्छन् या सक्दैन त्यो त आगामि दिनले देखाउने नै छ । तर, उनी सभामुख भएपछि सरकारको आफ्नो अनुकुल नीति तथा कार्यक्रम, विधेयक पास गराउन दवाव झेल्नु पर्ने हुन्छ । प्रधानमन्त्री ओलीले आफ्ना कार्यक्रम संसदबाट अनुमोदन गराउन सजिलोको लागि उनीने पहिले देखिनै आफु अनुकुलको पात्रको खोजिमा थिए ।

ओली आफ्नो मिसनमा फेल भएपछि त्यसको कुण्ठा आगामि यात्रामा झनै डरलाग्दो हुने राजनीतिक बिश्लेशकहरुले अड्कल काट्न थालेका छन् । यस्तो अवस्थामा संसदीय मर्यदाको साख जोगाइ राख्नु उनको कर्तव्य हुनेछ । अर्को निर्वाचन नभएसम्म यहि संसद कायम रहने भएकोले अबको यात्रा झनै जटिल हुन सक्छ । यसर्थमा सापकोटाले याववत चुनौतिलाई पार गर्दै उनले पाएको जिम्मेवारी संसदीय नियम, कानून अनुसार संसदका सबै पक्षलाई समेटेर लैजान सक्छन् कि सक्दैन् माघ १२ गतेबाट उनको अग्नि परिक्षा शुरु हुनेछ ।

नेकपाभित्रको सत्ता संघर्ष

पूर्वएमालेले सापकोटालाई रहरले सभामुख बनाएको होइन् । अध्यक्ष प्रचण्डको एकलब्य अडान र प्रधानमन्त्रीको बाध्यताले सभामुखमा उनलाई स्वीकारेको हो । राजनीतिमा केहि कुरा असम्भब हँुदैन । पूर्वएमालेबाट झलनाथ खनाल, बामदेव गौतम, माधबकुमार नेपाल अध्यक्ष ओलीको पेलानले टिक्न नसकेर प्रचण्डसँग नजिकिएका हुन् ।

उनिहरुले स्वार्थ मिल्नासाथ जुनसुकै बेलापनि प्रचण्डलाई पिठिउँ फर्काउन सक्छन् । प्रधानमन्त्री ओलीले आफुसँग जतिसुकै बिमति भएपनि सभामुखमा पूर्वएमाले एक हुने आशा लिएका थिए । तर, सँगैका साथीहरुले प्रचण्डसँग मिलेर आफ्नैविरुद्ध गठबन्धन बनाएपछि ओली बाध्य भएर सापकोटालाई स्वीकारेको हुन सक्ने निकटस्थ बताउँछन् ।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी संसदीय व्यवस्थामा यस्तो चरित्र कुनै नौलो नभएको बताउँछन् । ‘नेताहरुको कुनै नीति सिद्धान्त छैन, सत्ता स्वार्थ मिलुनजेल एक भएको देखाउँछन् । स्वार्थ पुरा नहुने भएपछि एकले अर्कालाई सिध्याउन सम्म पछि पदैनन् ।’ उनले भने, अर्को मोहरा काण्ड नदोहोरिएला भन्न सकिदैन ।’

हुन त सभामुखमा निर्वाचित भएपछि दलिय हैसिय नहुने भएपनि नेकपाभित्रको सत्ता संघर्षको प्रभाव संसदमा देखिन सक्छ । सत्तारुढ दलभित्रै सभामुख कसलाई बनाउने भन्नेमा सत्ता संघर्षको कारण तीन पटकसम्म सूचना टाँस गरेर संसदको बैठक स्थगित गरिएको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies