Khabar Dabali Logo
  February 28, Fri

अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको छ भने।

मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भने,“अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो, सधैँ सरल र सिधा बाटोमा हिँड्दैन, हाम्रो भूगोल जस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ ।”नेपालको समग्र वित्तीय प्रणाली र बैंङ्किङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ प्रणालीको रुपमा स्थापित रहेको बताउँदै उनले भने, “निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल छ, त्यो स्वागतयोग्य हो ।”

विगतमा २२ प्रतिशतसम्म पुगेको मूल्यवृद्धि अहिले ६ प्रतिशतमा सीमित रहँदा पनि मूल्यवृद्धि आकासियो भन्ने तर्क कस्तो हो ? भन्ने प्रश्न गर्दै अर्थमन्त्री डा खतिवडाले नेपालको २० वर्षको औसत मूल्यवृद्धि १० प्रतिशत भन्दा माथि रहेको जनाए । विवेकपूर्ण ढङ्गले अर्थतन्त्रको व्याख्या गर्न आवश्यक रहेको बताउँदै उनले भने, ‘अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गरियो भने सकारात्मक बाटोमा हिँड्न सकिन्छ ।’

नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणि सिवाकोटीले मुलुकको गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान रहेको कृषि क्षेत्र उपेक्षित भएको भन्ने गुनासोलाई सम्बोधन गर्न बैंकले यसक्षेत्रमा लगानी केन्द्रित गरोस् भने। बैंकका सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले बैंकले हाल ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखी सबै प्रकारका वाणिज्य बैङ्किङ सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि क्षेत्रलाई नछोड्ने अरु क्षेत्रलाई जोड्ने नीतिका साथ बैंकले मुलुकका २७४ शाखालाई सूचना प्रविधिमा जोडेर काम गरिरहेको बताए ।

पूर्वअध्यक्ष श्रीकृष्ण उपाध्यायले ‘नेपाली जनताको घर आँगनको बैंक, कृषि विकास बैंक’ भन्ने नारालाई सफल तुल्याउन बैंकलाई आधुनिक र अग्रणी बैंकको रुपमा स्थापित गर्ने ढङ्गबाट कार्यक्रम बनाएर अघि बढ्न पदाधिकारी र कर्मचारीलाई सुझाव दिए ।

बैकर्स एशोसिएशनका अध्यक्ष भुवन दाहालले बैंकलाई कृषि क्षेत्रमा ठूला आयोजनाका लागि लगानीको नेतृत्व गर्न सुझाव दिए । बैंकको एक लाख ४२ हजार ऋणीमध्ये उत्कृष्ट कारोवार गर्ने, बैंकमा लामो समय सेवा गरेका र पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो ।

माघ ७ गते, २०७६ - १५:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सगरमाथाको उचाइ नाप्‍ने काम ९० प्रतिशत सम्पन्‍न : मन्‍त्री अर्याल

सगरमाथाको उचाइ नाप्‍ने काम ९० प्रतिशत सम्पन्‍न : मन्‍त्री अर्याल

काठमाडौँ । भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न...   

हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव

न्यूयोर्क । अमेरिकी माथिल्लो सदन (सिनेट)ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर...   

कोरोनाको त्रासः जापानमा विद्यालयहरु बन्द, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

टोकियो । प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द...   

श्रीलङ्काले एमसीसी सम्झौता नगर्ने

काठमाडौँ । श्रीलङ्काकाे मन्त्रिपरिषद बैठकले विद्यमान अवस्थामा ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’...   

कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ : मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका...   

काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पुर्याउँदै

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता...   

राष्ट्रिय सभामा एउटा सिट बाँकी छ, त्यहा बामदेव गौतमनै जानुहुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडाै‌ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा...   

सुनको भाउ ह्वात्तै घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ५००...   

प्रधानमन्त्रीलाई नेता नेपालको चेतावनीयुक्त सुझाब, वामदेवको मनोनयनपछि मात्र खतिवडाबारे सोच्नूस्

काठमाडाै‌ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत...   
सिरियाद्वारा टर्कीमाथि आक्रमण, २९ सैनिकको मृत्यु

सिरियाद्वारा टर्कीमाथि आक्रमण, २९ सैनिकको मृत्यु

सिरिया । सिरियाले गरेको हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिएको टर्कीका प्रान्तीय गभर्नरले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top