भोजपुर । पाथीभरा ड्राइभिङ सेन्टर सञ्चालनमा आएपछि सवारी सिक्नका लागि सहजता थपिएको हो ।
जिल्लामा सवारीसाधन सिक्न प्रशिक्षण केन्द्र नहुँदा स्थानीयवासीलाई निकै सास्ती हुँदै आएको थियो । अब सवारीसाधन सिक्न धरान, विराटनगर तथा काठमाडौँ धाउनुपर्ने स्थानीयवासीको बाध्यता हटेको छ । स्थानीयको समय र खर्चको बचत भएको छ । स्थानीय प्रशिक्षार्थी भीमबहादुर तामाङले भने, “पछिल्लो समय जिल्लामा सवारी साधन सिक्ने केन्द्र सञ्चालनमा आएपछि धेरै सहज भएको छ । सवारीसाधन सिक्न अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।”
सहजरूपमा सवारीसाधनको सीप लिन पाउँदा स्थानीय युवा खुशी भएका छन् । स्थानीय तहले युवालाई स्वरोजगार बनाउनका सवारीसाधन सञ्चालन तालीम राख्नुपर्ने स्थानीयवासीको बताउँछन् । भोजपुर नगरपालिका–७ का प्रशिक्षार्थी समिर मोक्तानले भने, “आफ्नै ठाउँमा सीप सिक्न पाउनु निकै राम्रो अवसर हो, यसरी सीप सिकेपछि स्वरोजगार बन्न टेवा पुग्ने देखिन्छ, स्थानीय सरकारले आगामी दिनमा युवालाई स्वरोजगार बन्ने खालका कार्यक्रम ल्याउन आवश्यक छ ।”
स्थानीय युवा सुमन प्रधानले सदरमुकामबाट दुई किलोमिटर पश्चिममा रु १२ लाख लगानीमा पाँच रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर सेन्टर सञ्चालनमा ल्याउनुभएको हो । शुरुआती चरणमै सवारी सिक्नेको सङ्ख्या धेरै रहेकाले त्यसलाई समय निर्धारण गरेर प्रशिक्षण दिँदै आएको सेन्टरले जनाएको छ । उनले भने, “स्थानीयवासीको सेवालाई ध्यानमा राखेर सेन्टर सञ्चालनमा ल्याएको हुँ, यसप्रति स्थानीयवासीको मोह बढ्दै गएको छ, यहाँ सिक्ने कतिपय स्वरोजगारसमेत बनेका छन् ।” पछिल्लो समय बिना सीप सवारीसाधन चलाउँदा दुर्घटनाको क्रम बढ्दोरहेको बताइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: