Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

एमसीसी प्रकरणबारे महराले मुख खोले, सम्झौतामा डरलाग्दो रणनीति जोडिएको भनाई

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नेपालमा अहिले निकै विवाद देखिएको छ । तत्कालिन कांग्रेस नेतृत्वले गरेको उक्त सम्झौता नेपालको संसदबाट पारित गर्ने कि नगर्ने भन्नेमा अहिले विवाद देखिएको हो ।

सत्तारुढ दल र सत्ताबाहिरका दलले पनि एमसीसी सम्झौताबारे फरक–फरक धारणा सार्वजनिक गरिरहेका छन् । यसैबीच एमसीसी सम्झौता संसदबाट रोक्न खोजेकै कारण पूर्वसभामुख कृष्णबहादुर महरालाई फसाइएको भन्ने पनि चर्चा चलेको छ । संसदकै महिला कर्मचारीमाथि यौन दुव्यर्वहारको आरोपमा पुर्पक्षका लागि कारगार चलान भएका महरालाई एमसीसी सम्झौता रोकेकै कारण योजनागत रुपमा फसाइएको चर्चा बाहिरिएको हो ।

महरालाई फसाइएको विषय सार्वजनिक भईरहेका बेला सार्वजनिक मिडियामार्फत महराले एमसीसी सम्झौताबारे आफ्नो धारणा राखेका छन् । उनले जनतापाटी नामक एक अनलाइन मिडियामार्फत एमसीसी सम्झौता र यसको गम्भिरताबारे मुख खोलेका हुन् । उनले उक्त अनलाईन मिडियामार्फत एमसीसी सम्झौता देशको लागि अत्यन्तै खतरनाक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘हेर्नुस् एमसीसीभित्र विकासको कुरा मात्रै छैन । अन्य कुराहरु पनि छन् । त्यो रोक्नु पर्छ । त्यो रोकिएन भने मुलुकभर भोलि अमेरिकी सेनाको परेडस्थल हुनेछ । पहिले हामीले कार्यक्रम सुरु गर्दा ईण्डोप्यासेफिक रणनीति (आइपीएस)को कुरा थिएन । तर, अहिले खतरनाक ढंगले आयो ।’

उनले एमसीसी इण्डो–प्यासिफिककै अंग मात्र नभई नेपालमा इलेक्ट्रिक डिभाइस, क्षेप्यास्त्र प्रणाली नै जडान गरेर चीनलाई निशाना बनाउने रणनीति पनि भएको बुझ्नमा आएको बताएका छन् । ‘हिजो युद्धका लागि प्रयोग भएको पाल्पाको ‘नुवाकोटगढी’ तिर क्रसबोर्डर लाइन लैजानुलाई कसरी हेर्ने ? तपाईहरु( मिडिया)ले सकारात्मक भूमिका खेल्नुस्, मुलुक अर्कैतिर जाँदै छ !’

महराले एमसीसी सम्झौतालाई रोकेर राजनीतिक दलहरुले सुझबुझको बाटो अपनाउनुको विकल्प नभएको पनि बताएका छन् । यसैबीच महराले आफ्नो जेल जीवन सामान्य नै रहेको र आफ्नो स्वास्थ्य अवस्थामा पनि सुधार भएको कुरा खुलाएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies