Khabar Dabali Logo
  February 25, Tue

डाक्टरकाे लापरबाहीले सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्युबारे यस्तो निष्कर्ष

लहान । लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको लापरबाही देखिएको छ। प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदनले अस्पताल पक्षको लापरबाही भएको निष्कर्ष निकालेको हो।

आजको नागरिक दैनिकमा खबर छ – समितिले गरेको छानबिनबाट सो अस्पतालमा एकै रात तीन शिशुको मृत्यु भएको घटनामा चिकित्सकको चरम लापरबाही देखिएको छ। गत पुस १८ गते शुक्रबार राति अस्पतालमा प्रसूतिका लागि पुगेका सप्तरीको बलानबिहुल गाउँपालिका–३ की संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहियाकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुर घर भई लहान नगरपालिका–१९ स्थित माइत बस्दै आएकी जानकी यादवले चिकित्सकको लापरबाहीका कारण आफ्ना शिशु (छोरा) गुमाएका थिए।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले प्रमुख जिल्ला अधिकारीलाई माघ २ गते छानबिन प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदन अनुसार शल्यक्रियामा संलग्न डा। सुनिल बिराजीले मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण नगरेको खुलेको छ। छानबिनका क्रममा अपतालका प्रमुख चिकित्सक पशुपति चौधरीले भने डा। बिराजी अस्पतालमा कार्यरत नै नरहेको बयान दिए पनि समितिले छानबिनको क्रममा बिराजी अस्पतालमै कार्यरत रहेको प्रमाण फेला पारेको छ।

अस्पतालले डा। रञ्जिता जयसवालले शल्यक्रिया गरेको दाबी गर्दै आएको छ। तर, छानबिन टोलीले जयसवाल पुस १८ गते बिदामा रहेको हाजिरी रजिस्टर फेला पारे पनि उनले अर्को दिन आएर जाँच पुर्जामा र अन्य फाइलमा हस्ताक्षर गरेको तथ्य फेला परेको छ। अस्पताल प्रमुख डा। चौधरी र उनका छोरा डा। सुभाष स्वास्थ्य जाँचका लागि भन्दै भारततर्फ गएका छन्।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी सरत थापा क्षेत्रीका अनुसार छानबिन समितिको प्रतिवेदन माघ ३ गते प्राप्त भएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ। ‘पीडित पक्षले दिएको जाहेरी सोमबार दर्ता गरिएको छ,’ उनले भने। इलाजसम्बन्धी महलमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाइएको उनले जानकारी दिए। ‘प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ,’ डिएसपी क्षेत्रीले थपे, ‘प्रतिवादीहरू फरार छन्, चाँडै पक्राउ पर्छन्।’ समितिले अस्पतालको नवीकरण भएनभएको, कार्यरत डाक्टरहरूको योग्याता, एनएमसी (नेपाल मेडिकल काउन्सिल) को प्रमाणपत्र भए नभएको, शुक्रबार ड्युटीमा रहेका डाक्टर, स्वास्थ्यकर्मीको नामावलीलगायत प्रश्नको लिखित जवाफ अस्पताल पक्षसँग लिएको छ।

जानकीका पिता घुरन यादव, प्रमिलाका पति लालबहादुर यादव र संगीताका पति मनोज साहले पुस २१ गते (सोमबार) लहान प्रहरीमा जाहेरी दिएका थिए। उनीहरूले प्रहरीसमक्ष कारबाही अघि बढाउन सम्पूर्ण आधार प्रमाण पेस गरिसके पनि छानबिन समितिको प्रतिवेदन पर्खंदै प्रहरीले जाहेरी दर्ता गरी कारबाही अघि बढाएको थिएन। अस्पताल पक्षको प्रलोभनमा नपरी कानुनी उपचारको बाटो रोजेका आफूहरूलाई निसाफ दिलाउन प्रहरीको इमानदार कारबाहीलाई पीडित पक्षले नियालिरहेका छन्।

माघ ७ गते, २०७६ - ०८:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चमा मुद्दाको कार्यबोझ

काठमाडौं। सर्वोच्चमा मुद्दाको चाप बढेपछि फरक–फरक समयमा दुइटा पेसी सूची तोकेर सुनुवाइ सुरु भएको छ...   

चार सय ट्यांकरको ताला खोल्ने ‘साझा साँचो’ नै गायब

काठमाडौं । नेपाल आयल निगमको सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको...   

जग्गा बकस लिने सबै कर्मचारीका सन्तान

काठमाडौं । ललिता निवासको जग्गा राणा परिवारबाट बकस लिनेमा अधिकांश कर्मचारीका श्रीमती, छोराछोरी र आफन्त...   

विवाहित छोरीलाई पनि अंश

हेटौंडा । हेटौंडा उपमहानगरपालिका—१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन...   

त्रिविअन्तर्गतका सबै क्याम्पस स्ववियुविहीन, चाँडै निर्वाचन गर्छौंः उपकुलपति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०...   

झ्यालबाट संसद् छिर्ने हठमा वामदेव

काठमाडौं । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री...   
भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास

भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास गरिरहेको...   

त्रिविमा बेथिति अन्त्यको प्रयास

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले धेरै वर्षदेखिको बेथिति अन्त्य गर्दै सुधार अभियान तीव्र रूपमा...   
ट्रम्पको भारत भ्रमणः ‘भारत–अमेरिका साथसाथ’

ट्रम्पको भारत भ्रमणः ‘भारत–अमेरिका साथसाथ’

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भारत यात्रा भारतीय प्रधानमन्त्री नरेन्द्र...   

पीएसजी विजयी, खेलको अन्तिम मिनेटमा नेइमारलाई रातो कार्ड

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । तर खेलको अन्तिम मिनेटमा नेयमारले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top