Khabar Dabali Logo
  February 25, Tue

कोलकाता बन्दरगाहमा रोकिएको अवैध छाला फिर्ता ल्याएर छानविन अघि बढाउने

काठमाडौं । झूटो विवरण पेश गरेर वीरगञ्जबाट छाला पठाइएको ७ महीनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छानविन थालेको छ । कोलकाता बन्दरगाहमा रोकिएको छाला फिर्ता ल्याएर छानविन अघि बढाउन गत पुस ११ गते मन्त्रिस्तरीय निर्णय भएको हो ।

आजको आर्थिक अभियान दैनिकमा खबर छ – बाराको होङ हुई टेनरिज प्रालिले इन्डोनेशिया पठाउन लागेको ३ कन्टेनर छाला भन्सारमा गरिएको घोषणाभन्दा फरक भेटिएको थियो । उद्योगले गत असार ६ गते वीरगञ्जको सुक्खा बन्दरगाहमा क्रस्ट लेदर ९प्रशोधित छाला० भनेर पठाएको छाला भारतको कोलकाता भन्सारले रोकेको थियो । छालाको गुणस्तर जाँच गर्दा ‘र स्किन प्रोडक्ट’ (कच्चा छाला) प्रमाणित भएको थियो ।

मन्त्रालयले गत पुस १४ मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र लेखेर छानविन अघि बढाउन निर्देशन दिएको छ । कोलकातामा रोकिएको छाला नेपाल फिर्ता ल्याएर छानविन गर्न मन्त्रालयले विभागलाई पत्राचार गरेको हो । कन्टेनर ल्याँउदा लाग्ने खर्चसमेत उद्योग तथा ढुवानीकर्ताबाट भराउन भनिएको छ । वीरगञ्जमा ल्याएर भन्सार कार्यालय, पशु क्वारेन्टाइन र वीरगञ्ज उद्योग वाणिज्य संघको समन्वयमा छानविन गरी प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको छ ।

माघ ७ गते, २०७६ - ०८:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चमा मुद्दाको कार्यबोझ

काठमाडौं। सर्वोच्चमा मुद्दाको चाप बढेपछि फरक–फरक समयमा दुइटा पेसी सूची तोकेर सुनुवाइ सुरु भएको छ...   

चार सय ट्यांकरको ताला खोल्ने ‘साझा साँचो’ नै गायब

काठमाडौं । नेपाल आयल निगमको सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको...   

जग्गा बकस लिने सबै कर्मचारीका सन्तान

काठमाडौं । ललिता निवासको जग्गा राणा परिवारबाट बकस लिनेमा अधिकांश कर्मचारीका श्रीमती, छोराछोरी र आफन्त...   

विवाहित छोरीलाई पनि अंश

हेटौंडा । हेटौंडा उपमहानगरपालिका—१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन...   

त्रिविअन्तर्गतका सबै क्याम्पस स्ववियुविहीन, चाँडै निर्वाचन गर्छौंः उपकुलपति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०...   

झ्यालबाट संसद् छिर्ने हठमा वामदेव

काठमाडौं । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री...   
भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास

भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास गरिरहेको...   

त्रिविमा बेथिति अन्त्यको प्रयास

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले धेरै वर्षदेखिको बेथिति अन्त्य गर्दै सुधार अभियान तीव्र रूपमा...   
ट्रम्पको भारत भ्रमणः ‘भारत–अमेरिका साथसाथ’

ट्रम्पको भारत भ्रमणः ‘भारत–अमेरिका साथसाथ’

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भारत यात्रा भारतीय प्रधानमन्त्री नरेन्द्र...   

पीएसजी विजयी, खेलको अन्तिम मिनेटमा नेइमारलाई रातो कार्ड

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । तर खेलको अन्तिम मिनेटमा नेयमारले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top