Khabar Dabali Logo
  April 8, Wed

रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरे

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरेपछि साबिक विजेता युभेन्टसले पार्मालाई २–१ गोलले हराउन सफल भएको छ ।

आइतबार राति भएको खेलमा रोनाल्डोले पहिलो हाफको अन्त्यतिर गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

योसँगै रोनाल्डो डेभिड ट्रेजेगुएटपछि युभेन्टसका लागि लिगमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी खेलाडी बनेका छन् । सन् २००५ मा ट्रेजेगुएटले लगातार नौ खेलमा गोल गरेका थिए ।

तर, दोस्रो हाफको ५५ औँ मिनेटमा आन्द्रेयास कोर्नेलियसले हेडमार्फत गोल गर्दै खेल बराबरी गरे ।

यद्यपि, बराबरी लामो समय टिक्न सकेन । तीन मिनेटपछि नै रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गर्दै युभेन्टसलाई पुनः अग्रता दिलाए ।

त्यसपछि भने कुनै गोल हुन सकेन र युभन्टसले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो ।

जीतसँगै २० खेलपछि ५१ अंक बटुल्दै युभेन्टसले इटालियन लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

रोनाल्डोले यो सिजन लिगमा १६ गोल गर्न सफल भएका छन् । योसँगै उनी युरोपका शीर्ष पाँच लिगमा पछिल्ला १४ लिग सिजनमा लगातार कम्तिमा १५ गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

गत सिजन उनले २१ गोल गरेका थिए । गोलसङ्ख्यामा यस सिजन उनी सिरो इमोबाइलभन्दा मात्र पछि रहेका छन् । लाजियोका खेलाडीले २३ गोल गरेका छन् ।

आइतबार नै भएको अन्य खेलमा दोस्रो स्थानमा रहेको इन्टर मिलान लिससँग १–१ को बराबरीमा रोकियो । रोमाले भने जेनोआलाई ३–१ गोलअन्तरले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।

एसी मिलानले पनि उडिनेजेमाथि ३–२ को जीत हासिल गर्दै लिगको आठौँ स्थानमा उक्लिएको छ ।

माघ ६ गते, २०७६ - ०९:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कारबाहीको प्रक्रिया अघि बढाउनुको सट्टा उल्टै ओम्‍नीलाई सघाउँदै सरकार

काठमाडौं । स्वास्थ्य सेवा विभागले गत साता ठेक्का सम्झौता गरी कारबाही गर्ने घोषणा गरिएको ओम्नी बिजनेस...   

भारतमा कोरोना भाइरसबाट १४ महिने शिशुको मृत्यु

एजेन्सी । भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट एक शिशुको मृत्यु भएको...   

छैन प्रहरीलाई मास्क र पञ्जा

जीतपुर । कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र परिचालित प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री...   

गहुँ थे्रसरको पट्टामा बेरिएर एक महिलाको मृत्यु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका २२ वर्षीय रेवती पाण्डेय जोशीको गहुँ थे्रसिङ गर्ने...   

प्रधानमन्त्री ओलीको ब्रिफिङ : ‘स्वास्थ्य सामग्री खरिदबारे मलाई कुनै जानकारी थिएन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँका लागि स्वास्थ्य सामग्री...   
काेराेनाकाे संकटमा पनि  कालोबजारी गर्ने जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

काेराेनाकाे संकटमा पनि कालोबजारी गर्ने जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं । काठमाडौं शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल कालोबजारी आरोपमा पक्राउ...   

ट्रम्पको आरोप– हामीसँग बढी पैसा लिएर डब्लूएचओ चीन केन्द्रित भयो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन...   

‘लकडाउन’मा अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन...   

विश्व बैंकले दियो नेपाललाई ३ अर्ब ५० करोड ऋण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा सार्वजनिक स्वास्थ्य सेवा सुधारका लागि विश्व...   

कोरोनाको महामारी सुरु भएको चीनको वुहानमा लकडाउन हटाइयो

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएको चीनको हुबेई प्रान्तको वुहान सहरमा लगाइएको लकडाउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top