Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउन निर्णय गर्यो

काठमाडौँ । सभामुख पद रिक्त रहेको साढे तीन महिनापछि नेकपाले स्थायी समिति सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार राति अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको निर्णायक संवादपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई सर्वसम्मत सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ओली र प्रचण्डबीच आइतबार बिहान पनि करिब डेढ घन्टा छलफल भएको थियो । ‘अध्यक्षद्वयको संयुक्त प्रस्तावमा सचिवालय बैठकबाट सापकोटालाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय भएको छ,’ बैठकपछि महासचिव विष्णु पौडेलले भने, ‘अब पार्टीका तर्फबाट सभामुखमा उम्मेदवारी दर्ताका लागि उपसभामुखलाई राजीनामा गर्नुहोस् भन्ने हाम्रो आग्रह छ । र, उहाँले राजीनामा गर्नुहुनेछ भन्ने अपेक्षा छ ।’

नेकपा स्रोतका अनुसार सचिवालय बैठकको सुरुवातमै ओलीले ‘हामीले सभामुखको टुंगो लगाएका छौँ, तपाईंहरूको धारणा बुझ्न र निर्णय गर्न बैठक बोलाएका हौँ’ भनेका थिए । त्यसपछि अर्का अध्यक्ष प्रचण्डले ‘अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने हामी दुई अध्यक्षबीच सहमति बनेको छ । यसमा तपाईंहरूको सुझाब के छ रु’ भनेर प्रस्ताव अगाडि बढाएका थिए । लगत्तै, अरू नेताहरूले ‘तपाईंहरूको सहमतिमा प्रस्ताव आएको भए हाम्रो समर्थन छ’ भनेका थिए ।

यसअघि सापकोटाको नाम टुंगो लगाएर बालुवाटारबाट आफ्नो निवास खुमलटार फर्किने क्रममा प्रचण्डले कोटेश्वरमा वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहमतिबारे जानकारी गराएका थिए । पार्टी एकीकरणअघिको भागबन्डाअनुसार नै सभामुख पूर्वमाओवादी समूहले पाउनुपर्ने विषयमा प्रचण्डलाई नेपालले पनि साथ दिँदै आएका थिए ।

पछिल्लोपटक २३ पुसमा वामदेव गौतमनिवास भैँसेपाटीमा प्रचण्डसहितको उपस्थितिमा भएको भेलापछि ओली दबाबमा परेका थिए । भेलाले सभामुखमा पूर्वमाओवादी समूहको दाबीलाई जायज ठह(याएपछि समीक्षाका लागि प्रधानमन्त्री ओलीले निकटस्थ नेताहरूलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । निर्णय प्रक्रियामा जाँदा अल्पमत–बहुमतको अवस्था आउन सक्ने आकलन गर्दै अन्ततः ओली प्रचण्डको अडानमा सहमत भएको स्रोतको भनाइ छ ।

ओली र प्रचण्ड दुवैले निकट विश्वासपात्र नेतालाई सभामुख बनाउनुपर्ने अडान राख्दै आएका थिए । अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० संसद्को हिउँदे अधिवेशनबाट पारित गराउनुपर्ने र विपक्षीहरूको आक्रामक प्रस्तुतिलाई पनि झेल्ने पात्र खोजी गरिरहेका ओली अनुकूल व्यक्तिलाई सभामुख बनाउने योजनामा थिए । ओलीको पहिलो रोजाइमा अनुभवी सुवास नेम्वाङ थिए । तर, प्रचण्डले आफूमाथि चर्को दबाब रहेको र पूर्वभागबन्डाका आधारमा पूर्वमाओवादी समूहले नै सभामुख पाउनुपर्ने अडान राखेका थिए । उनको अडानलाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालसँगै सचिवालय सदस्य वामदेव गौतमले पनि समर्थन गर्दै आएका थिए ।

पछिल्लो निर्णायक छलफलमा प्रचण्डले ओलीका मुख्य दुई चासो सम्बोधन गर्न आश्वस्त पार्दै सापकोटालाई सभामुखमा निर्णय गराउन मनाएको नेकपा उच्च स्रोतले जनाएको छ । नेकपाले उम्मेदवारी टुंग्याएसँगै सोमबार डाकिएको प्रतिनिधिसभा बैठकबाटै सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने सम्भावना बढेको छ । सोमबार बिहान उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले संसद् सचिवालयमा राजीनामा दर्ता गराएमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउनेछ । सोमबार नै कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद् बैठक सञ्चालन र कार्यसूचीबारे निर्णय गर्नेछ । नेकपामा सभामुखबारे सहमति नजुट्दा प्रतिनिधिसभा बैठक तीनपटक सूचना टाँसेर स्थगित भएको थियो ।

उपसभामुखको व्यवस्थापन गर्न ओली–प्रचण्ड सकारात्मक
पार्टी निर्णय कार्यान्वयनका लागि सोमबार बिहानसम्म राजीनामा दिएमा उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेको उचित व्यवस्थापनका लागि अध्यक्ष ओली र प्रचण्ड सकारात्मक देखिएका छन् । उनलाई सहरी विकास वा कानुन मन्त्रालयको जिम्मेवारी दिन दुवै अध्यक्ष तयार रहेको नेकपा स्रोतले जनाएको छ । महासचिव पौडेलले नयाँ पत्रिकासँग भने, ‘उहाँको व्यवस्थापन त कुनै ठूलो कुरै होइन, राजीनामा गर्नुहोस् भन्ने हाम्रो आग्रह र अपेक्षा मात्र हो ।’ प्रचण्डसँग सहमतिलगत्तै ओलीले बालुवाटार बोलाएर उपसभामुख डा। तुम्बाहाङ्फेलाई राजीनामाका लागि आग्रह गरेका थिए । तर, उपसभामुख तुम्बाहाङ्फेले भने आफूलाई निर्णय चित्त नबुझेको भन्दै सभामुखमा बढुवा नगर्नु र राजीनामा गर्नुपर्ने लिखित कारण चाहिने पुरानै अडान दोहोर्‍याएको उनीनिकट स्रोतले जनाएको छ ।

सभामुखमा सन्तुलित निर्णय गर्‍यौँ
झलनाथ खनाल वरिष्ठ नेता, नेकपा

सभामुख चयनमा निकै सकस देखिएको थियो, आइतबारको बैठकबाट कसरी निर्णयमा पुग्नुभयो ?
लामो समयदेखि रिक्त सभामुख पदमा पूर्ति नहुँदा विभिन्न प्रश्न उठेका थिए, जसले गर्दा चाँडोभन्दा चाँडो चयन गर्नुपर्ने आवश्यकता थियो । सर्वसम्मतिमै सभामुख चयन गर्न विभिन्न ढंगले गृहकार्य हुँदै आएको थियो । त्यसक्रममै आइतबार समझदारीको एउटा बिन्दुमा पुग्यौँ र सचिवालयले भावी सभामुखमा माननीय अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

उपसभामुखले राजीनामा दिनुपर्ने कारण खुलाउनुपर्ने अडान राख्दै आउनुभएको छ, सचिवालयको निर्णय सहजै कार्यान्वयन होला ?
वर्तमान उपसभामुखलगायत हाम्रो पार्टीबाट धेरै साथीहरू सभामुखको उपयुक्त उम्मेदवार हुनुहुन्थ्यो । हामीले उहाँहरूको बीचमा पनि छलफल गर्‍यौँ । त्यसक्रममा विगत र वर्तमानका साथै चुनौती र कार्यभार, पार्टीको वर्तमान अवस्था, भर्खरै पार्टी एकीकरण भएको स्थिति, पार्टीलाई सैद्धान्तिक, वैचारिक, राजनीतिक, सांगठनिक र भावनात्मक रूपले अझ एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकतासमेतलाई ध्यान दिएर सन्तुलित निर्णय गरेका हौँ । यसलाई अन्यथा नठानी पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरूले कार्यान्वयन गर्नु सबैको कर्तव्य हो ।

पार्टी निर्णयका कारण कार्यकाल पूरा नगरी उपसभामुखले राजीनामा दिनुपर्ने स्थिति आएको छ । उहाँको व्यवस्थापनबारे नेकपा नेतृत्वले के सोचेको छ ?
उपसभामुख आफैँमा सम्मानित पद हो । माननीय पनि सम्मानित पद नै हो । तथापि उहाँको बारेमा के गर्ने भन्ने विषयमा आवश्यक छलफल गरेर एउटा निष्कर्षमा पुग्न सकिन्छ ।

पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक सोमबार बस्छ या फेरि रोकिन्छ ?
सोमबार निर्धारित समयअनुसार नै बैठक चल्नुपर्छ । तर, निर्णय कार्यान्वयन गर्ने वस्तुस्थिति र आधार निर्माण गर्नुपर्ने भयो भने त्यसका निम्ति पनि ठाउँ खुलै छ ।

आधार निर्माण भनेको के हो ?
आधार निर्माण गर्न केही समय चाहिन पनि सक्छ । पहिले त प्रतिनिधिसभाको बैठक बस्नुपर्‍यो । त्यो बैठकबाट निर्वाचन कार्यतालिका पनि अघि बढाउनुपर्‍यो । अनि न सभामुख चयनको आधार निर्माण हुने हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies