Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

हिमपातले रसुवा–केरुङ आवतजावत बन्द

रसुवा । हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो । दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र रूपमा दिनचर्या बिताइरहेको बताइएको छ ।

एक सयभन्दा बढी ठूला मालवाहक सवारीसाधन गुड्ने रसुवागढी क्षेत्रमा हिमपातले सडक अवरुद्व भएपछि अहोरात्र पहरा दिने सुरक्षाकर्मीलाई आराम गर्ने मौका मिलेको स्थानीय बासिन्दाले बताएका छन् । केरुङमा रहेका नेपालीमध्ये तीनजना कठोर यात्राका साथ शनिबार रसुवागढी आइपुगेको र सडक खुल्न अझै केही दिन लाग्ने सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

रसुवा राजमार्गले अझै मर्मत पाएन

उत्तरी क्षेत्रबाट व्यापार–व्यवसाय गर्ने राजमार्ग मर्मत हुन नसक्दा दिनानुदिन जीर्ण बन्दै गएको छ । नेपाल चीनबीच व्यापारी कारोवारबाट दैनिक तीन करोड राजश्व आर्जन गर्ने एकमात्र पासाङल्हामु राजमार्ग मर्मत हुन नसक्दा मालवाहक सवारीसाधन गुडाउन असहज बन्दै गएको ट्रक तथा कन्टेनर चालकहरूले बताएका छन् ।

सडकका अधिकांश स्थानमा खाल्टाखुल्टी हुँदा मालवाहक ट्रक तथा कन्टेनर कोल्टिन गई भिरालो सतहमा सवारीसाधन पार गर्न घण्टौँ प्रयास गर्नुपर्ने समस्या झेल्नु परेको सवारी चालकद्वारा निरन्तर आवाज उठिरहेको छ । पहिलो चरणमा राम्चे तथा मूलखर्कको उकालो र खोपाङभिर क्षेत्रअन्तर्गत थोरै राजमार्ग सडक सतह ढलान र अन्य ठाउँमा ग्रेगर माटो भर्ने व्यवस्थापन भए पनि सहज रूपले सवारीसाधन आवतजावत हुने चालकहरूको भनाइ छ ।

राजमार्ग मर्मतसम्भार गरी दिन सयौँ सवारी चालकले आवाज उठाइरहे तापनि सडक कार्यालयले बेवास्ता गरिरहेको चालक रामचन्द्र पुडासैनीले बताए । साँघुरो राजमार्ग, मर्मतमा शिथिलता, अनुगमन गर्ने डिभिजन कार्यालय नुवाकोट जिल्लामा रहँदा सडक प्राविधिकको न्यून उपस्थितिले रसुवाको पासाङल्हामु राजमार्ग जीर्ण बन्दै गएको स्थानीय बासिन्दाले समेत आवाज उठाइरहेका छन् ।

जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले भने राम्चेको स्याउबारीदेखि स्याफ्रुबेँसीसम्म दिनानु दिन जीर्ण हुँदै गएको राजमार्ग छिटोभन्दा छिटो सुधारका लागि आफूले निरन्तर समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए । राजमार्गको मूलखर्क ठूलोढुङ्गा नजीक उकालो भागमा असहज भएकै कारण नं ९४३५ को एसी बससमेत गत हप्ता दुर्घटना भइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

राम्चेदेखि स्याफ्रुबेँसीसम्म करीब ३० किमी राजमार्गका ठाउँठाउँमा हिलोका कारण सवारीसाधनका चक्का गाडिने समस्यासमेत बढेको बताइएको छ । राजमार्गको टड्कारो समस्या हल गर्न ग्राभेल तथा ढलानका लागि आफूले बारम्बार ताकेता गरिरहेको र डिभिजन सडक कार्यालय नुवाकोटले बजेटको समस्या मात्र देखाई बेवास्ता गरिरहेको स्थानीय प्रशासनले जनाएको छ ।

जनताको माग र टड्कारो समस्या हल गर्न स्थानीय प्रशासनका तर्फबाट बजेट व्यवस्थापनका लागि सडक विभागसँग बारम्बार पत्राचार भए पनि हालसम्म कुनै कार्यान्वयन नभएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । सडक सुधारका लागि साल बसाली आउने बजेटसमेत पासाङल्हामु राजमार्गको रसुवा खण्डका असहजभन्दा आफूलाई सहज पर्ने क्षेत्रमा मात्र खर्च गर्ने सडक प्राविधिकको बानी देखिएकाले सडकको सुधार गर्ने कार्यमा थप जटिल बन्दै गएको नागरिक समाजले जनाएको छ ।

राज्यको ठूलो राजश्व आर्जन गर्ने पासाङल्हामु राजमार्गलाई बेवास्ता गर्ने जिम्मेवार राष्ट्रसेवक सडक प्राविधिकले सडक सुधारका लागि विगतमा गरेका खर्चको लेखाजोखा गरी दोषीउपर कारवाही र अत्यावश्यक क्षेत्रमा काम गराउन निर्देशनात्मक आदेशका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष स्थानीयवासीले आग्रह गरेका छन् ।

रसुवा खण्डको राजमार्ग सुधारका क्रममा हिउँदभरि आलटाल गर्ने र वर्षा लागेपछि आकस्मिक बजेट मात्र परिचालन गराउने डिभिजन सडक कार्यालय नुवाकोटमार्फत रसुवा हेर्ने प्राविधिकको विशेषता देखिएको स्थानीयवासीको अनुमान रहेको छ । पूर्वसावधानीको अभावमा धुञ्चेस्थित ब्रावल भिरको राजमार्ग जीर्ण रहेको र जटिल स्थानमा समेत सडक प्राविधिकको ध्यान नपुग्दा सो स्थानमा सडक मर्मतका लागि राज्यको ठूलो धनराशि खर्च हुने अवस्थामा पुगेको छ ।

गत साउन महिनामा ब्रावल भिरको सडक भासिन जाँदा स्थानीय प्रशासनको सहयोगमा आवागमन सञ्चालनका लागि सुरक्षा अङ्ग परिचालन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सुरक्षा अङ्गले व्रावल भिरको अलावा राम्चे भिरमा ग्याबिन लगाई अवरुद्व राजमार्ग सञ्चालन गराउनुका साथै र खोपाङ पाखाको असहज सडक सतहमा ढुङ्गा छाप्ने कामसमेत गरेको प्रहरीले जानकारी दिएको छ । सुरक्षा अङ्गले गरेका कामको समेत सडक सुधारको नाममा सडक प्राविधिकले रनिङ्बल उठाएकी भन्ने आशङ्का बढेको समेत स्थानीयवासी अख्तियार समक्ष आग्रह गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies