Khabar Dabali Logo
  February 21, Fri

सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने धारणा हटाउनुपर्छ : मन्त्री गुरुङ

दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सामुदायिक विद्यालयमा गरीबका छोराछोरी मात्रै पढ्छन् भन्ने धारणा हटाउनुपर्नेमा जोड दिएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयले पनि दक्ष जनशक्ति उत्पादन गर्न सक्ने क्षमता राख्ने बताए । मन्त्री गुरुङले सरकार समृद्धितर्फ अगाडि बढेकाले अब देशलाई सबै क्षेत्रमा दक्ष जनशक्ति आवश्यक रहेको चर्चा गर्दै सामुदायिक विद्यालयमा पनि प्राविधिक शिक्षाको अध्ययन शुरु भइसकेको जानकारी गराए ।

उनले उच्च शिक्षामा दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न शुक्लागण्डकीमा नै गण्डकी विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया शुरु भइसकेको बताए । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा वुद्धिबहादुर थापाले शिक्षक र विद्यार्थीबीचको सुमधुर सम्बन्धले पढाइको वातावरण सिर्जना हुनेमा जोड दिए ।

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख रमाकान्त शर्माले सामुदायिक विद्यालयमा केही समस्या रहेको चर्चा गर्दै सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्नुपर्ने बताए । नगर उपप्रमुख सविता रसाईलीले बालबालिकालाई समयले खोजे अनुसारको शिक्षा दिनुपर्नेमा जोड दिए ।

सो अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्ने वुद्धिबहादुर थापा, कलावती घिमिरे, हरिाज घिमिरे, धनबहादुर विक, सुरेशराज र राधा पौडेल, जनकराज तिम्सिनालाई सम्मान गरिएको थियो ।

माघ ५ गते, २०७६ - १४:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वाग्मती प्रदेशको सञ्चित कोषमा तीन अर्ब राजश्व सङ्कलनको लक्ष्य

काठमाडौ । नदीजन्य पदार्थको राजश्व बाँडफाँटअन्तर्गत चालू आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारको सञ्चित...   

विन्ध्यवासिनी हाइड्रोपावरले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

लमजुङ । लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण...   
दोस्रो सन्तानकी आमा बनिन् अभिनेत्री लिजा

दोस्रो सन्तानकी आमा बनिन् अभिनेत्री लिजा

बलिउड अभिनेत्री तथा मोडल लिजा हेडन दोस्रो सन्तानकी आमा बनेकी छन्। लिजाले छोरो जन्माएकी छन्। उनले छोराको...   
चीनमा कोरोनाभाइरसबाट नयाँ संक्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी

चीनमा कोरोनाभाइरसबाट नयाँ संक्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी

सिन्ह्वा । चीनमा बुधबार कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको संख्यामा उलेख्य कमी देखियो । उता संक्रमित...   
मन्त्री बाँस्कोटा प्रकरणबारे समाचार नछापिएको भन्दै नयाँ पत्रिकाका पत्रकार ढुंगानाले दिए राजीनामा

मन्त्री बाँस्कोटा प्रकरणबारे समाचार नछापिएको भन्दै नयाँ पत्रिकाका पत्रकार ढुंगानाले दिए राजीनामा

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो...   
अभिभावकले पहिलो सन्तानलाई सिकाउनुपर्ने यी १० कुरा

अभिभावकले पहिलो सन्तानलाई सिकाउनुपर्ने यी १० कुरा

एकभन्दा बढी सन्तान भएपछि दुवैलाई सम्हाल्नु बाबुआमालाई समस्या बन्न पुग्छ । दोस्रो सन्तान जन्मिँदाको...   

हुम्लामा भूकम्पको धक्का

बाजुरा । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका...   

कम यौन सम्पर्क गर्ने महिलाको महिनावारी चाँडै रोकिन्छ

धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ । अनुसन्धानकर्ताले...   
चिनियाँ युवकले यौन शक्ति बढाउन खाए जिउँदो भ्यागुतो, भिडियोसहित

चिनियाँ युवकले यौन शक्ति बढाउन खाए जिउँदो भ्यागुतो, भिडियोसहित

संसारभरीका ७५ हजार १ सय ९६ व्यक्ति कोरोना भाइरसले संक्रमित भएका छन् । यीमध्ये ७४ हजार १ सय ८५ व्यक्ति...   
भारतमा छात्राहरूलाई भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको घटनाकाे नालीबेली

भारतमा छात्राहरूलाई भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको घटनाकाे नालीबेली

महिनावारीलाई लिएर भारतमा देखाइने असहज व्यवहार फेरि समाचारका शीर्षकहरूमा छाएको छ। पश्चिमी राज्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top