Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी

चितवन । वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन् । सङ्घीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेशको राजधानीसमेत टाढा पर्ने हो कि भन्ने चिन्तामा रहेका थिए ।

आफ्नै जिल्लामा प्रदेशको राजधानीसमेत नभएपछि छिमेकी जिल्लामा स्थायी राजधानीको चित्त बुझाउँदै यहाँका बासिन्दा खुशी भएका छन् । माडी नगरपालिका–७ निवासी महदत्त काफ्लेले जोडिएको जिल्ला भएकाले मकवानपुर राजधानी हुँदा चितवनवासीलाई राम्रो भएको भन्दै खुशी प्रकट गरे । पूर्वी चितवनको भण्डाराका अनुपम अधिकारीले जिल्ला फरक परे पनि सिमाना जोडिएकाले मकवानपुर राजधानी हुनु चितवन भए जस्तै भएको बताए ।

चितवन क्षेत्र नं २ का सङ्घीय सांसद कृष्णभक्त पोख्रेल हेटौँडादेखि दाउन्नेबारीसम्मको भूभागलाई जोडेर एउटै शहर बनाउनुपर्ने भन्दै मकवानपुर राजधानी हुनु चितवनवासीका लागि सुखद रहेको बताउछन् । मकवानपुर सानो क्षेत्र भएको भन्दै उनले सिमाना जोडिएको चितवनले प्रशस्त सम्भावना बोकेकाले राजधानीको लाभ लिन सक्ने तर्क गरे ।

राजधानी आउने व्यक्ति बस्ने पर्यटकीय गन्तव्यदेखि विमानस्थलसम्म चितवनमा नै रहेको छ । चितवनको सदरमुकाम भरतपुरबाट राम्रो बाटो बन्दा एक घण्टाको दूरीमा प्रदेश राजधानी हेटौँडा पुग्न सकिन्छ । विश्वका ठूला देशहरुको राजधानीबाट छिमेकमा ठूला शहरहरु बनेको भन्दै त्यो सम्भावना चितवनले बोकेको उनको भनाइ छ ।

मकवानपुरलाई प्रदेशको स्थायी राजधानी बनाउन पहल गर्दै आउनुभएकी प्रदेशसभा सदस्य गीता वाग्ले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीको एकताले मकवानपुर राजधानी बनेकामा जिल्लावासी खुशी भएको बताउछन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले अस्थायी राजधानी तय गरेको अहिलेको नेकपाका सांसदले राजधानी प्रस्ताव गरेको र काँग्रेस सांसदले राजधानीमा समर्थन गर्दै वाग्मती प्रदेश प्रस्ताव गरेको भन्दै वाग्लेले सबैको साझा राजधानी बन्न सक्नु खुशीको कुरा रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार भूगोलको हिसाबले अन्यत्रै राम्रो हुन सक्ने भए पनि सङ्घीयताको मर्मअनुसार मकवानपुर राजधानीका लागि उपयुक्त भएको बताए । छिमेकी जिल्ला भएकाले मकवानपुर राजधानी हुँदा आफ्नै जिल्लामा राजधानी भएको आभास यहाँका बासिन्दालाई भएको उनको भनाइ छ ।

चितवनलाई नै राजधानी बनाउन नसक्दा यहाँको बासिन्दाको पहिलो रोजाइ मकवानपुर हुनु स्वाभाविक भएको उनको तर्क छ । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ चितवनलाई वैकल्पिक सङ्घीय राजधानीका रुपमा सम्भावना बोकेको जिल्ला भन्ने गरिएको भन्दै यो जिल्ला राजधानी हुन नपाउँदा छिमेकी जिल्ला हुनु यसका लागि राम्रो भएको बताउछन् ।

उद्योग वाणिज्य महासङ्घ वाग्मती प्रदेशका उपाध्यक्ष राजन गौतम भौगोलिक हिसाबले मकवानपुर उपयुक्त नभए पनि राजधानी बनिसकेकाले यसको प्रत्यक्ष लाभ मकवानपुरपछि चितवनले लिने बताउछन् । सङ्घीय प्रणालीमा भएकाले धेरै अपेक्षा नभए पनि व्यावसायिक रुपमा यसको लाभ चितवनलाई पनि हुने उनले बताए । उद्योग वाणिज्य सङ्घ चितवनका नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठ छिमेकी जिल्ला मकवानपुरमा राजधानी हुँदा यहाँको उद्योग–व्यवसाय वृद्धि गर्न सहयोग पुग्ने बताउछन् । प्रशासनिक कामदेखि अन्य व्यावसायिक कामहरुमा दूरीको हिसाबले पनि चितवनवासीलाई निकै सहज भएको श्रेष्ठको बुझाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies