Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कसरी सम्भव भयो अग्नि सापकोटाको विषयमा सहमति ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार अप्रान्ह सम्पन्न नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो ।

यसअघि आइतबार बिहान पार्टी अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउने विषयमा सहमति भएको थियो । अध्यक्षद्वयबीच भएको सहमतिलाई नै सचिवालय बैठकले अनुमोदन गरेको हो ।

पटक–पटकका सचिवालय बैठक र पार्टी शीर्ष नेताहरुको छलफल निष्कर्ष विहिन बन्दा सभामुखको विषय निरन्तर अलमलमा पर्दै आएको थियो । नेकपा शीर्ष नेतृत्वबीचमा भएको छलफलले निष्कर्ष निकाल्न नसक्दा हिउँदे अधिवेशन शुरु भएको एक महिना पुग्दा पनि संसदको नियमित कारबाही अघि बढ्न सकेको छैन् । यसबीचमा ३ पटकसम्म संसद बैठक सूचना टाँसेर स्थगित भएको छ ।

भैंसेपाटी भेलाले दियो बल

पटक–पटकका सचिवालय बैठक र शीर्ष नेताहरु बीचको छलफल निष्कर्ष बिहिन बनिरहेका बेला गत पुस २३ भैंसेपाटी भेला भएको थियो । पार्टी सचिवालय सदस्य बामदेव गौतम निवास भैंसेपाटीमा भएको भेलामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको उपस्थिति थिएन ।

भेलामा नेकपाको केन्द्रीय सचिवालयका ९ जनामध्ये प्रचण्डसहित ५ जना नेताहरुको उपस्थिति थियो । भेलामा प्रचण्डसहितका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित थिए । भेलामा अनुपस्थित रहेपनि अर्का सचिवालय सदस्य रामबहादुर थापाले निर्णयप्रति नैतिक समर्थन जनाएका थिए । उनी मन्त्रालयको काम विशेषमा चीन भ्रमणमा थिए ।

भैंसेपाटी भेलाले सभामुखको विषयमा निष्कर्ष निकाल्दै अध्यक्ष ओलीलाई दबाब दिने निर्णय गरेको थियो । भेलाले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने र सभामुख पद प्रचण्डको प्रस्तावअनुसार नै हुने निष्कर्ष निकालेको थियो ।

भेलाले पार्टी निर्णयमा एकाधिकार लाद्दै आएको ओली नेतृत्वलाई निकै गतिलो झापड लगाएको थियो । भेलाको निष्कर्षसँगै प्रचण्डले सभामुखको विषयमा स्पष्ट अडान लिएका थिए । नेताहरु माधव नेपाल र वामेदव गौतमले सार्वजनिक रुपमा ‘ओलीले बोलेकै लागु नहुने’ बताएका थिए ।

भेलामा भएको सहमति सबै बाहिर सार्वजनिक नभएको भएपनि पार्टी सञ्चालन र सरकार सञ्चालनमा ओली पक्षीय एकाधिकारलाई तोडिने निर्णय भएको थियो । जसको पहिलो कदम सभामुख चयनमा देखिएको छ ।

भैंसेपाटी भेलापश्चात रिसाएका थिए ओली

सभामुखबारे निष्कर्ष निकाल्न गत शनिबार (पुस २७) प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको थियो । सभामुख बारे अन्तिम निर्णय लिन भन्दै डाकिएको सचिवालय बैठकमैं प्रधानमन्त्रीसमेत रहेका ओली उपस्थित भएनन् । आफ्नै निवासमा भएको बैठकमा ओलीले स्वास्थ्य समस्या देखाउँदै बाहिरिए ।

प्रधानमन्त्री निवास बालुवाटारमै भएको सचिवालय बैठकमा अनुपस्थित रहेर ओलीले भैंसेपाटी भेलाप्रति कडा असन्तुष्टी देखाएका थिए । उनले आइतबार (पुस २८) बसेको शीर्ष नेताहरुको छलफलमा पनि सभामुखको विषयमा ‘म बोल्दीन’ भन्दै पन्छिएको विषय बाहिरिएको थियो । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पनि बोलाइएको छलफलमा ‘जे निर्णय लिने हो तपाईंहरु नै लिनुस्’ भन्दै ओलीले मौंनता साँधेका थिए ।

प्रचण्डको निरन्तर अडानले सभामुखमा सापकोटा

अत्यन्तै डायनायमिक राजनीतिक पात्रको रुपमा देखिएका प्रचण्डले सभामुख चयनमा भने निरन्तर एउटै अडान लिए । सरकारको सबै कार्यकारिणी अंगमा अर्का अध्यक्ष केपी शर्मा ओलीको पकट भईरहेका बेला प्रचण्डले एकाधिकार तोड्न सभामुखको विषयमा निरन्तर एउटै अडान लिएका थिए ।

नेकपा स्रोतले जनाएअनुसार सभामुखको विषयमा छलफल प्रारम्भ भएसँगै प्रचण्डले लिएको अडान एउटै थियो । उनले पछिल्ला छलफलहरुमा आफ्नो प्रस्ताव नै अन्तिम हुने विषय प्रष्ट पारेका थिए ।

ओली एकाधिकारबाट झस्किएका अन्य नेताहरुले पनि साथ दिएसँगै प्रचण्डले सापकोटालाई सभामुख बनाउने कसरत गरेका हुन् । जसको परिणाम आईतबारको छलफलबाट सापकोटाको नाम नयाँ सभामुखमा प्रस्तावित भएको हो ।

को हुन् अग्नि सापकोटा ?

नेकपाभित्रका इमान्दार नेता भनेर चिनिने अग्नि सापकोटा माओवादी आन्दोलनबाट चर्चित बनेका नेता हुन् । सिन्धुपाल्चोकको कुभिन्डेमा वि.सं. २०१४ फागुन २४ गते जन्मिएका सापकोटा २०३० सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी बनेका थिए ।

शिक्षण पेशा छोडेर पूर्णकालिन राजनीतिमा लागेका सापकोटाले पहिलो पटक २०४८ सालमा संयुक्त जनमोर्चाको प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए । त्यस समय उनि पराजित भए ।

२०५१ सालमा तत्कालिन नेकपा माओवादीको केन्द्रीय सदस्य बनेका उनले तत्कालिन माओवादी सरकारबीच भएको दोस्रो वार्तामा मुख्य वार्ताटोलीको रुपमा भूमिका खेलेका थिए ।

२०६४ सालको संविधानसभा, २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सापकोटा लोकप्रिय मतका साथ सिन्धुपालचोकबाट विजयी भएका थिए । उनि अहिले नेकपाको स्थायी समिति सदस्य हुन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies