Khabar Dabali Logo
  February 25, Tue

कस्तो कमाई गर्यो अजय देवगणको ‘तान्हाजी’ले ?

काठमाडौं ।  बलिउड करियरमा सफल अभिनेताको उपाधि पाउँदै आएका अजय देवगणलाई फेरि अर्को सफलता प्राप्त भएको छ ।

यसअघिका फिल्म ‘गोलमाल’ देखि ‘रेड’, ‘टोटल धमाल’, ‘दे प्यार दे’सम्मले सय करोड क्लबमा टिकाएका अजयको पछिल्लो फिल्म ‘तान्हाजीः द अनसङ वारियर’ले सय करोड पार गरेको छ ।

पहिलो दिन गत शुक्रबार १४ करोड ५० लाख भारतीय रुपैयाँ कमाएको ‘तान्हाजी’ले दोस्रो दिन गत शनिबार झन् बढाएर १९ करोड ७५ लाख कलेक्सन गरेको थियो । यसलाई उत्कृष्ट सफलता मानिएको छ ।

बक्स अफिस इन्डियाका अनुसार, यसले पहिलो सप्ताहमा एक सय १६ करोड भारतीय रुपैयाँ कमाएको छ । फिल्ममा अजयसँगै काजोल, सैफ अलि खान, शरद केल्कर र नेहा शर्माको अभियन रहेको छ ।

अजयका धेरैजसो फिल्म रोहित सेट्टीले निर्देशन गरे पनि यो चाहीं ओम रावतले निर्देशन गरेका छन् । फिल्म सन् १६७० मा भारतको सिंहगढमा भएको युद्धको कथामा आधारित छ ।

माघ ५ गते, २०७६ - १०:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा संविधान संशोधनको पहल : खासमा के भएको थियो बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रस्तावित भनिएको संविधान संशोधनको विषय यतिबेला...   

विषय नपाएपछि कोट र टोपी मिलेन भन्दै विषय बनाएर हिँडेका छन् : ओली

पोखरा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास...   

कसले लग्यो बाँस्कोटाको सातवटा डायरी ?

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन...   
हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९ औं...   

फर्केर हेर्नुहोस् –नेकपाको ७० वर्षे इतिहास !

नेपाली कम्युनिष्ट आन्दोलनको महान् परम्परा भनेको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको एकीकृत तथा समष्टिगत...   
यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

काठमाडौं। वि.सं. २०५२ साल फागुन १ गते मंगलबार अर्थात् १३ फेब्रुअरी १९९६ मा तात्कालीन नेकपा (माओवादी)...   
माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले चीन विरोधी समूहको ‘सुँगा’ भनेर टिप्पणी गरेको एक प्रधान सम्पादकको...   

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण तत्काल गरिने –कहाँ पुग्यो तयारी

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला...   

महरा निर्दोष : कसरी हुन्छ र कसले दिन्छ ? उनको व्यक्तित्वको क्षतिपुर्ति ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुरको राजनीतिक निष्ठामाथि धक्का...   

सरकार ढाल्ने षड्यन्त्र भईरहेको छ –ओली

काठमाडौं । सरकार ढाल्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार गृहजिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top