Khabar Dabali Logo
  July 4, Sat

सिन्धुपाल्चोकको बाह्रबिसेमा टहरा हटाइएपछि तनाव, बजारमा कर्फ्यू आदेश जारी

सिन्धुपाल्चोक ।  जिल्लाको बाह्रबिसे नगरपालिका–३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक आसपासमा बनाइएको अस्थायी संरचना भत्काएको बिषयमा स्थानीयको प्रदर्शनले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान एक बिज्ञप्ति जारी गर्दै कर्फ्यू लगाएको जानकारी दिइएको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म कर्फ्यू लगाइएको जानकारी गराइएको छ ।

हुलदंगा र अशान्ति हुन सक्ने संभावना देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा (३क) बमोजिम कर्फ्यू लगाइएको प्रजिअ चेम्जोङले जानकारी दिए ।

बाह्बिसे बजारदेखि पूर्वदिशा ३ सय मिटर, पश्चिम दिशा तर्फ भोटेकोशी नदीको मोटरेबल पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणदिशा तर्फ बाह्बिसे बजारबाट पिस्कर र क्षमादेवी जाने बाटोसम्म कर्फ्यू लगाइएको जानकारी दिइएको छ ।

टहरा हटाइएको बिषयमा असन्तृष्ट पक्षले शनिबार बाह्रबिसे नगरपालिकाको कार्यालयमा प्रर्दशन र नाराबाजी गरेका थिए । उनीहरुले आइतबार बिहान ९ बजे नपाको कार्यालयमा तालाबन्दी गर्ने कार्याक्रम राखेका थिए । स्थानीयबासी हेमन्त श्रेष्ठले नगरपालिकाले बिना मापदण्ड र पक्षपाती ढंगले टहरा हटाएको कारण प्रर्दशन गर्नु परेको गुनासो गरेका छन् ।

माघ ५ गते, २०७६ - १०:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा अर्का कोरोना संक्रमितको मृत्यु

काठमाडौं । गोरखा जिल्लामा १ कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ का ४४ वर्षिय...   
बझाङमा पहिरो : १७ घर पुरिए, ७ वेपत्ता

बझाङमा पहिरो : १७ घर पुरिए, ७ वेपत्ता

बझाङ् । बझाङ्को केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा गएको पहिरोमा परि १७ घर पुरिएको छ भने ७ जना बेपत्ता...   

ओली –प्रचण्डबिच ३ घण्टा छलफल, बनेन सहमति

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ।दिउँसो...   
इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज, अमेरिकाका लागि निरन्तरता

इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज, अमेरिकाका लागि निरन्तरता

लण्डन । कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको...   

विश्वमा कोरोनाको नयाँ रेकर्ड, झन भयावह बन्दै संक्रमण

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस अझै रोकिएको छैन । बिहिबार कोरोना भाइरस सङ्क्रमणको...   
यसरी झुक्याए ओलीले प्रचण्डलाई, बैठकमा आउनै मानेनन्

यसरी झुक्याए ओलीले प्रचण्डलाई, बैठकमा आउनै मानेनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको...   

उत्कर्षमा नेकपा विवाद : प्रचण्ड पुगे शितलनिवास

काठमाडौं । नेकपाभित्रको विवाद चुलिईरहँदा सरकार तथा राष्ट्रपति कार्यालयसमेत उक्त विवादमा मुछिन थालेको...   

नेकपाको स्थायी समिति बैठक स्थगित, सचिवालयका नेताहरु छलफलमा

काठमाडौं । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी बजेट अधिवेशन स्थगित गर्न...   

ओलीको दल विभाजन अध्यादेश फेरी ल्याउने तयारी, संसद अधिवेशन अन्त्य गर्न सिफारिश

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवि भण्डारीलाई सिफारिश गरेको...   
ओली १ घण्टासम्म नआएपछि नेकपाको स्थायी समितिको बैठक सुरु

ओली १ घण्टासम्म नआएपछि नेकपाको स्थायी समितिको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली ११ बजेबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top