Khabar Dabali Logo
  April 3, Fri

सामुदायिक विद्यालयलाई सबलीकरण गर्नुपर्छ : शिक्षामन्त्री पोखरेल

गौशाला । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।

गौशाला नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘सामुदायिक विद्यालय सुधार’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षालाई अब सीपसँग जोडेर त्यसको एकीकृत विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रह गरे ।

मन्त्री पोखरेलले वर्तमान परिवेशमा प्रमाणपत्रमा सीमित रहँदै आएको सामुदायिक विद्यालयको शिक्षालाई अब विकाससँग गाँसेर अभिभावकलाई पनि शिक्षित पार्दै विश्वस्तरको बजारमा बिकाउ हुने किसिमको वैज्ञानिक एवम् प्राविधिक शिक्षा दिनुपर्ने बताए । यस्ता सम्मेलन देशका ७५३ वटै पालिकामा गर्ने बताउँदै उहाँले सम्मेलनबाट आएका सुझावलाई मनन गरी त्यही अनुरुप शिक्षा प्रणालीको विकास गर्न सक्यौं भने मात्र मुलुक सुखी र समृद्ध हुने विश्वास व्यक्त गरे ।

एक अर्को प्रसङ्गमा मन्त्री पोखरेलले शिक्षकले देशको विभिन्न कालखण्डमा परिवर्तनको पथमा अहम् भूमिका निर्वाह गर्दै आएकाले शिक्षकलाई राजनीतिभन्दा टाढा राख्न नहुने तर्क गरे।

माघ ४ गते, २०७६ - १६:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण,

काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ । उच्च...   

नागार्जुनमा विदेशबाट आएका ८९ ‘होम क्वारेन्टाइनमा’

काठमाडौं । नागार्जुन नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ । कोरोना भाइरस...   

नेकपा झापाद्वारा कोरोना नियन्त्रण कोषमा एक लाख सहयोग

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समिति (जिसस)ले स्थापना गरेको ‘ सहयोग गरेको...   

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २३ सय नाघ्यो, ५६ को मृत्यु

नयाँ दिल्ली । भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट...   

कोरोना कोषमा रकम जम्मा गर्नेहरु बढ्दै : झण्डै दुई अर्ब सङ्कलन, कसले कति सहयोग गरे ?

काठमाडौं । नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी नदी ।’ यस्तै भएको...   

कोरोना सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक हराएपछि…

काठमाडौं । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका...   

कोरोना भाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

काठमाडौं । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या...   

कोरोनाको कहर : दुहेको दूध गाईलाई नै खुवाउँदै किसान

कास्की । पोखरा महानगरपालिका वडा नं ३३ बाघमाराका अगुवा कृषक ठाकुर आचार्यका गोठमा ६० वटा गाई छन् । केही...   

तरुण दलको आग्रह : आफू पनि बचौं, अरुलाई पनि बचाऔं’

कास्की । तरुण दल कास्कीले लक डाउनको पालना गर्दै ‘आफू पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने सिद्धान्तलाई...   

दिनमा चार पाँच पटक हात धुनुपर्छ भन्ने सन्देश प्रवाह : तर स्थानियबासी भन्छन् – खानेपानी नै छैन, के ले हात धुने ?

काठमाडौं । कोरोना भाइरस(कोभिड —१९ ) को सम्भावित जोखिम हुनबाट जोगिन साबुन पानीले दिनमा चार पाँच पटक हात...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top