Khabar Dabali Logo
  September 28, Mon

साताको शेयर बजार : साढे छ अर्ब माथिको कारोवार, लगानीकर्तामा विश्वास बढ्दै

काठमाडौं । गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम ग¥यो । बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो । नेप्सेको उकालो यात्रासँगै बजार एक हजार ३०० विन्दु माथि पुगेर ‘बुलिस ट्रेन्ड’ लाई स्थापित ग¥यो ।

लगानीकर्तामा विश्वास बढेसँगै बजारले नयाँ गति समेटेको जानकारले टिप्पणी गरेका छन् । साताभर पाँच कारोवार दिनमा बजार नयाँ विन्दुमा पुगेर बन्द भएको छ । साताभर कूल १८३ कम्पनीका दुई करोड ११ लाख ९७ हजार १९५ कित्ता शेयर रु छ अर्ब ६७ करोड २० लाख ६१ हजार ९३२ मा खरिदबिक्री भयो ।

साताको पहिलो दिन आइतबार नेप्से ४२.६१ विन्दुले बढ्यो । सो दिन कूल १७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता शेयर रु एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिदबिक्री भए । सोमबार नेप्से परिसूचक १५.१४ विन्दुले बढ्दा १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयरको रु एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोवार भयो ।

आइतबार र सोमबार बजार बढ्दा मङ्गलबार भने परिसूचक नकारात्मक दिशामा मोडियो । मङ्गलबार नेप्से परिसूचक ७।४८ अङ्कले घट्यो । उक्त दिन १८३ कम्पनीका ३७ लाख ६६ हजार ९८२ कित्ता शेयर रु एक अर्ब दुई करोड ६४ लाख ४३ हजार ६६६ मा खरिदबिक्री भए ।

माघको पहिलो दिन परिसूचक २०.८५ अङ्कले बढेर कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयरको रु ९० करोड ४८ लाख १३ हजार ९३२ मा कारोवार भयो । साताको अन्तिम दिन पनि परिसूचक बढ्ने क्रमले निरन्तता पायो । बिहीबार नेप्सेमा २६ अङ्कको सुधार देखियो । बिहीबार कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयरको रु एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भयो ।

यस्तै यस साता नेप्सेमा दुई कम्पनीका शेयर सूचीकृत भए । ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछि सात करोड २० लाख ८७ हजार ८१ कित्ता र सिर्जना फाइनान्सका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत भए ।

माघ ४ गते, २०७६ - १६:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठेक्कामा एक वर्ष अवधि दिँदा पनि काम नगर्ने व्यवसायीलाई सरकारले कारवाही थाल्याे

काठमाडौं । सरकारले ठेक्का सम्झौतामा तोकिएको अवधिमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही...   

ओम्नीलाई कालोसूचीमा नराख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई सार्वजनिक अनुगमन खरीद कार्यालयबाट...   
उद्धारमा खटिएका प्रहरीलाई प्रतिदिन ३ सय भत्ता दिने मन्त्रिपरिषद् निर्णय, यस्ता छन् अन्य २५ निर्णय

उद्धारमा खटिएका प्रहरीलाई प्रतिदिन ३ सय भत्ता दिने मन्त्रिपरिषद् निर्णय, यस्ता छन् अन्य २५ निर्णय

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरीहरु उद्धारमा कार्यमा...   

हेटौँडा सवारी दुर्घटनामा ट्र्याक्टर चालकको मृत्यु

मकवानपुर । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ४१६४ नंको ट्रकले हेटौँडाबाट बारातर्फ जाँदै गरेको...   

दशैँंलाई लक्षित गर्दै साल्ट ट्रेडिङले सहुलियत मूल्य पसल सञ्चालन गर्ने

काठमाडौं । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी...   
उपत्यकामा मात्रै ८१७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?(विवरणसहित)

उपत्यकामा मात्रै ८१७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?(विवरणसहित)

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका...   

सोमबार थप १३५१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४८१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यीसहित हालसम्म...   

माछापोखरीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु...   
देउवाविरूद्ध पौडेल पक्षले दर्ता गरायाे ज्ञापनपत्र, कोइरालालगायत २७ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

देउवाविरूद्ध पौडेल पक्षले दर्ता गरायाे ज्ञापनपत्र, कोइरालालगायत २७ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन...   

धरानकी ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

सुनसरी । धरानमा कोरोना भाइरसबाट थप एक महिलाको मृत्यु भएको छ । ती कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top