Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरु गर्न सपथग्रहण

वासिङ्टन । ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरु गर्न अमेरिकी प्रधानन्यायाधीशले सिनेटका सदस्यहरुलाई आफूहरुले निष्पक्ष रुपमा न्याय प्रदान गर्ने विषयमा बिहीबार अपरान्ह सपथग्रहण गराएका छन् ।

यसरी सपथ लिएपछि उनले सिनेटको एक सदस्यका रुपमा महाअभियोग प्रस्तावमा हुने समग्र प्रक्रियाको अध्यक्षता ग्रहण गर्नेछन् ।

उक्त महाअभियोग प्रस्तावमा छलफलका लागि अमेरिकाको प्रधानन्यायाधीशले सबै सिनेट सदस्यलाई सपथ गराउने र उनको अध्यक्षतामा उक्त प्रक्रिायाको किनारा लगाउने कानुनी प्रावधान रही आएको बताइन्छ ।

यसलगत्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा बिहीबारबाट औपचारिक रुपमा शुरुआत भएको जनाइएको छ । प्रधानन्यायाधीश जोन रोबर्टस्ले बिहीबार अपरान्ह सिनेट बैठकमा उक्त सिनेटका १०० जना मध्ये ९९ औँ सिनेटरलाई सपथ गराउका थिए ।

बिहीबारको सो सपथ कार्यक्रममा रिपब्लिकन पार्टीका एकजना सिनेटर भने अनुपस्थित हुनुहुन्थ्यो । उहाँको घरायसी कारणले गर्दा सो बैठकमा उपस्थित हुन नसक्नुभएको जानकारी त्यस अवसरमा गराइएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले माथिल्लो सदन सिनेटमा पठाएको थियो ।

हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मङ्गलबार पारित गरेको प्राप्त समाचारमा जनाइएको छ ।

यसअघि हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा उहाँमाथि महाअभियोग लगाउनेसम्बन्धी प्रस्तावमा मतदान हुदा २२८ जनाले माथिल्लो सदनमा पठाउने पक्षमा मतदान गरेका थिए भने १९३ जनाले विपक्षमा मतदान गरेका थिए ।

अब प्रधानन्यायाधीशले सपथ लिएसँगै बाँकी प्रक्रिया आगामी मंगलबारबाट शुरु हुन लागेको हो । सिनेटमा पठाइएको प्रस्तावको बाँकी प्रक्रिया अर्को हप्ताबाट अघि बढ्ने यसअघि बताइएको थियो । यसअघि गत मङ्गलबार उक्त प्रस्ताव पारित भएपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा “हामी फेरी अगाडि बढ्ने छौँ, डेमोक्र्याटहरुले हामीलाई केही पनि गर्न सक्नेछैनन् ” लेखेका थिए ।

मङ्गलबार सो प्रस्ताव पारित भएपछि बुधबार नै हाउस अफ रिप्रेजेन्टेटिभ्स्का सभामुख नान्सी पेलोसीले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा पठाएका थिए ।

अमेरिकाको इतिहासमा यसरी संसदको तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति भएका छन् ।

तर पनि हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा राष्ट्रपति ट्रम्पको रिपब्लिकनको नभएर विपक्षी दल डेमोक्र्याटको बहुमत भएकोले यो प्रस्ताव पारित भएको तर सिनेटमा भने महाभियोग प्रस्ताव पास नहुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

सिनेटमा भने रिपब्लिकनका सांसदहरुको बाहुल्यता रहेको छ । एक सय जना सदस्य रहने सिनेटमा उनका विरुद्धमा महाभियोग लगाउन नै दुई तिहाइ मत चाहिन्छ । जुन असम्भव नै रहेको विश्लेषकहरुको भनाई छ ।

विपक्षीहरुले ट्रम्पलाई शक्तिको दुरुपयोग गरेको, संसदको काम कारबाहीमा अवरोध पु¥याएकोलगायतका आरोपहरुसहित महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।

तर राष्ट्रपति ट्रम्प र उनका समर्थकहरुले भने ती आरोपहरू अस्विकार गरी ती प्रस्तावहरुका विरुद्धमा खण्डन गर्दै आएका छन् । उनीहरुले ट्रम्प विरुद्धको महाअभियोगको प्रस्तावलाई पक्षपातपूर्ण र आक्रोशबाट चालिएको कदमको संज्ञा दिदै आएका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभ्स्ले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो । सिनेटले पनि यस प्रस्तावलाई दुई तिहाइ मतले पारित गरेमा राष्ट्रपति ट्रम्प पदच्युत हुने छ ।

यतिखेर अमेरिकी राजनीति राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने र उनको विरोध गर्नेहरूमा विभाजित भएको बताइन्छ । यस प्रस्तावको प्रक्रिया शुरु भएसँगै अमेरिकी राजनीतिक वातावरण फेरि एकपटक तात्न पुगेको छ ।

उनको दल रिपब्लिकनले महाअभियोगको प्रस्तावलाई असफल गराएने बताएको छ भने विपक्षी दल डेमोक्र्याटिकले भने ट्रम्पलाई सिनेटले महाअभियोग लगाउने र पदच्युद गर्ने बताउँदै आएको छ । एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies