Khabar Dabali Logo
  February 21, Fri

हिउँदे वर्षा लम्बिँदै

काठमाडौं । हिउँदे वर्षा लम्बिँदै गर्दा देशका विभिन्न भेगमा फेरि वर्षा भएको छ । चौथो चरणको हिउँदे वर्षाको यो शृङ्खला गएको सोमबार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको हो ।

आजको गोरखापत्र दैनिकमा खबर छ – नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “बिहीबार साँझदेखि जुम्ला, हुम्ला, मनाङलगायत हिमाली भेगमा भारी हिमपात भइरहेको छ भने मध्य पहाड, पूर्वी पहाड र तराईमा वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले भने, “वर्षा गएसँगै तराईमा लागेको हुस्सु भने हटेको छ ।”

हिउँदे वर्षा भए पनि यो वर्षापछि मौसममा तातोपन बढ्ने उनले बताए । महाशाखाका अनुसार शुक्रबार दिनभर बदलीको अवस्था रही देशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी उच्च पहाडी भेगमा भारी हिमपात हुनेछ । आउँदो २४ घण्टा चिसो हुने हुनाले आम सर्वसाधारणलाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । शनिबारदेखि भने मौसममा सुधार आउने छ तर अर्को साता फेरि फाट्टफुट्ट वर्षा हुने सङ्केत देखिएको उनी बताउँछन् ।

माघ ३ गते, २०७६ - ०८:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको पहिलो कार्यकालमै एजेन्टको सेटिङमा सेक्युरिटी प्रेस खरिद कार्यक्रम

काठमाडौं । २६ वैशाख ०७३, राष्ट्रपतिका रूपमा पहिलोपटक विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम...   
उपचार नपाउँदा अपांग बालक खोरमा बन्धक

उपचार नपाउँदा अपांग बालक खोरमा बन्धक

विराटनगर । छेउमा कोही पुग्दा मुस्कुराउँछन्, बोली आउँदैन। खुला ठाउँमा रमाउन खोज्छन्। पाउँदैनन्। १०...   

क्वारेन्टाइनका नेपाली कोरोनामुक्त

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९०को प्रकोप रहेको चीनको हुबेईबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित...   

जनशक्ति नहुँदा रेल चलाउन ढिलाइ

काठमाडौं । लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्षभित्र सञ्चालन...   

यसरी आयो बाँस्कोटाको राजीनामा

काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका...   
सेक्युरिटी प्रेस खरिद प्रकरणः ‘मन्त्री नै यतीको एजेन्ट’

सेक्युरिटी प्रेस खरिद प्रकरणः ‘मन्त्री नै यतीको एजेन्ट’

काठमाडौं । सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाइँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने...   
काखबाटै चोरेर यसरी पुर्‍याइन्छ विदेश

काखबाटै चोरेर यसरी पुर्‍याइन्छ विदेश

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन...   

काखबाटै चोरेर यसरी पुर्‍याइन्छ विदेश

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन...   

नेकपा विवादः जनआन्दोेलन कि जनयुद्ध

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले फागुन १ गते जनआन्दोलन तथा जनयुद्धका...   

मुद्दामा सेनापतिलाई सर्वाधिकार

काठमाडौं । ब्यारेकभित्रको कसुरमा सैनिकमाथि मुद्दा चलाउने अधिकार प्रधानसेनापतिमै रहेको फैसला सर्वोच्च...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top