Khabar Dabali Logo
  February 21, Fri

जलाउन लागेको महिलाको शव प्रहरीको नियन्त्रणमा

काठमाडौं । जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सिंघिया खोलाको घाटबाट महिलाको शव नियन्त्रणमा लिएको हो । माइती पक्षले मृत्यु शंकास्पद रहेको भन्दै खबर गरेपछि प्रहरीले मसानघाटबाट शव नियन्त्रणमा लिएको हो ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – विराटनगर–८ बलुवाहीस्थित सिंघिया खोलामा जलाउने तयारी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । विराटनगर–८ बलुवाहीकै २८ वर्षीया प्रेमदेवी साहलाई श्रीमानका परिवारले सद्गत गर्ने उद्देश्यले खोलामा पुर्‍याएको थियो ।

बुधबार राति कालगतिले उनको मृत्यु भएको श्रीमान पक्षले दाबी गरेपनि मृतको घाँटीमा शंकास्पद डाम देखिएपछि मृतक साहको शव प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मृतक महिलालाई जलाउनका लागि घाटमा पु¥याएर चितासमेत बनाइसकेको अवस्थामा माइती पक्षका आफन्तले मृतको घाँटीमा आलो डाम देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको छ ।

माघ ३ गते, २०७६ - ०८:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज महाशिवरात्रि मनाइदैँ

काठमाडाैँ । प्रत्येक वर्ष हिन्दुहरूले फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्री पर्व आराध्यदेव...   

शान्ति मिसन बन्द भएपछि प्रहरीमा जागिर छाड्ने बढ्दै

काठमाडौं । आकर्षक अवसर बन्दै आएको राष्ट्रसंघीय शान्ति मिसन बन्द भएसँगै राजीनामा दिने प्रहरीको संख्या...   

ओलीको पहिलो कार्यकालमै एजेन्टको सेटिङमा सेक्युरिटी प्रेस खरिद कार्यक्रम

काठमाडौं । २६ वैशाख ०७३, राष्ट्रपतिका रूपमा पहिलोपटक विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम...   
उपचार नपाउँदा अपांग बालक खोरमा बन्धक

उपचार नपाउँदा अपांग बालक खोरमा बन्धक

विराटनगर । छेउमा कोही पुग्दा मुस्कुराउँछन्, बोली आउँदैन। खुला ठाउँमा रमाउन खोज्छन्। पाउँदैनन्। १०...   

क्वारेन्टाइनका नेपाली कोरोनामुक्त

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९०को प्रकोप रहेको चीनको हुबेईबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित...   

जनशक्ति नहुँदा रेल चलाउन ढिलाइ

काठमाडौं । लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्षभित्र सञ्चालन...   

यसरी आयो बाँस्कोटाको राजीनामा

काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका...   
सेक्युरिटी प्रेस खरिद प्रकरणः ‘मन्त्री नै यतीको एजेन्ट’

सेक्युरिटी प्रेस खरिद प्रकरणः ‘मन्त्री नै यतीको एजेन्ट’

काठमाडौं । सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाइँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने...   
काखबाटै चोरेर यसरी पुर्‍याइन्छ विदेश

काखबाटै चोरेर यसरी पुर्‍याइन्छ विदेश

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन...   

काखबाटै चोरेर यसरी पुर्‍याइन्छ विदेश

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top