Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मेगा बैंकले खराब कर्जा लुकाउन यस्ताे बेइमानी गर्याे

काठमाडौं । मेगा बैंकले खराब कर्जा लुकाउन कालोसूचीमा रहेका र चेक बाउन्स मुद्दा खेपिरहेका व्यक्तिलाई पटक–पटक ‘ओभर ड्राफ्ट’ दिएर ऋण नवीकरण गरेको पाइएको छ। यति मात्र होइन, बैंकले दुई पक्षबीच एकार्काको ऋण सकार्ने सम्झौता भइसकेको अवस्थामा मिलेमतोमा अर्को ऋणीको जग्गा धितोमा ऋण निकासा गरी जालसाजी गरेको खुलेको छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - म्हैपीस्थित एक उद्यमी मेगाकै कारण साढे १९ आना जग्गा गुमाउने अवस्थामा पुगेका छन्। उनको जग्गा मेगाले लिलामी गर्दै छ। ऋण नतिरेर होइन, मेगाको जालसाजीका कारण।

उत्तम कुमारले सञ्चालन गरेको ग्लोबल माउन्टेन आउटवेयर उद्योग तथा यसको नाममा रहेको म्हैपीको २० आना जग्गा र ८ करोड रुपैयाँ मेगाको ऋण भुमादेवी गौतमले २०७४ मंसिर २९ मा सट्टापट्टा गर्ने सम्झौता भयो। त्यसअनुसार सामाखुसीको साढे चार आना जग्गा र प्रभु बैंकमा भुमादेवीका नाममा रहेको १ करोड २१ लाख ऋण उत्तम कुमारले सकार्ने लिखित सम्झौता थियो।

उत्तम कुमारले सम्झौताको एक सातामै भुमादेवीका नाममा जग्गा, उद्योग र ऋण हस्तान्तरण गरे। जसको रोहबरमा थियो मेगा। किनकि, उत्तम कुमार मेगाका ऋणी थिए। उनले उद्योग र जग्गा दिएर ठूलो ऋणको बोझ बिसाउन चाहेका थिए। प्रभुमा रहेको भुमादेवीको ऋण तिर्न उत्तम कुमारका नाममा १ करोड ५० लाख रुपैयाँ मेगाबाट ऋण स्वीकृत भयो। दुवै जना मेगाका ग्राहक भए, बैंकलाई ऋण सकार्ने सम्बन्धमा जानकारी गराए। तर, यही बीचमा उत्तम कुमारलाई दिने भनिएको सामाखुसीको जग्गा धितोमा बैंकले बदमासी गरी कर्जा थपिदियो।

उत्तम कुमारले आफ्नो उद्योग, म्हैपीको साढे १९ आना जग्गा र मेगाको ८ करोड ऋण भुमादेवीका नाममा सारे। मेगाले उक्त जग्गा र कारोबार सट्टापट्टाबारे जानकारी हुँदाहुँदै भुमादेवीको सामाखुसीकै जग्गा धितोमै थप ऋण दियो। मेगाले जालसाजी गरी भुमादेवीको घरजग्गा धितोमा ऋण थपिदिएकाले उक्त सम्पत्ति उत्तम कुमारका नाममा भने हस्तान्तरण भएन।

मालपोत कार्यालयमा बुझ्दा मेगाले उक्त जग्गामा भुमादेवीलाई थपेर ३ करोड ४० लाख ऋण दिएको देखियो। त्यसपछि उत्तम कुमार प्रहरीको अपराध महाशाखा टेकु पुगे। बैंक र भुमादेवीबीचको मिलेमतो देखिएपछि प्रहरीले गत जेठ २९ मा ठगीमा काठमाडौं जिल्ला अदालतमा फौजदारी मुद्दा दायर ग¥यो। प्रहरीले अनुसन्धानका क्रममा ग्लोबल माउन्टेन आउटवेयरको म्हैपीको ८२ र २ नम्बर कित्ता अनि सामाखुसीको २३२ नम्बर कित्तामा कति–कति ऋण छ, खुलाई पठाइदिनू भनेर सोधेकामा झन्डै ८ करोड ऋण दिएको देखियो।

अदालतको स्वीकृति लिएर प्रहरीले भुमादेवीलाई असार ८ मा पक्राउ गरी थुनामा राख्यो। उनी थुनामा रहँदै असार १८ मा थप ८५ लाख रुपैयाँ ओभर ड्राफ्ट दिएर थप कर्जा नवीकरण ग¥यो। यसलाई वित्तीय क्षेत्रको भाषामा ‘लोन इभरग्रिनिङ’ भनिन्छ। बैंकले यस्ता व्यक्तिलाई ऋण दियो, भुमादेवी र उनका श्रीमान् गुरुदत्त पौडेल जेठ २९ मै कालोसूचीमा परेका थिए। कालोसूचीमा परेपछि एकाघर परिवारका नाममा ऋण दिन र नवीकरण गर्न पाइँदैन। असार १९ मा एकै दिन उक्त ऋणीको खाताबाट ८५ लाख रुपैयाँ झिकेको पाइयो।

उक्त ओभर ड्राफ्ट दिएर बैंकले कर्जाको ब्याज तिराएको थियो। ब्याज नियमित नभएको भए बैंकले ऋणको प्रोभिजनिङ(जोखिम व्यवस्थाबापत निश्चित रकम छुट्याउने व्यवस्था) गर्नुपथ्र्यो। यसले बैंकको खराब कर्जा बढ्थ्यो र नाफा कम हुन्थ्यो।

यस सम्बन्धमा उजुरी परे पनि राष्ट्र बैंकले आँखा चिम्लिएको छ। कानुनतः कालोसूचीमा परेका ऋणीलाई राष्ट्र बैंकले आफूले इजाजत दिएका वित्तीय संस्थाबाट ऋण दिन बन्देज लगाएको छ। यस सम्बन्धमा बैंककी प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अनुपमा खुञ्जेलीले ऋणको प्रोभिजनिङ गराउनुपर्ने अवस्थामा बाध्य भएर ओभर ड्राफ्ट दिनुपरेको बताएकी छन्। ‘उनीहरूको विवाद सल्टियोस् भनेर बैंकले प्रयास गरिरहेको छ’, उनले भनिन्।

मेगाको मिलेमतो कहाँ–कहाँ ?

मेगाले २०७५ पुस ३० मा ब्याज लिनका लागि भुमादेवीलाई ऋण दियो। माघ २२ मा फेरि ३५ दिने कर्जा चुक्ता सूचना निकाल्यो। त्यसपछि फेरि चैत ६ गते अर्को सूचना निकाल्यो। फेरि २०७६ असार १८ मा कालोसूची र थुनामा हुँदाहुँदै ओभर ड्राफ्ट कर्जा र सम्पूर्ण कर्जाको नवीकरण गरियो। भोलिपल्टै पैसा झिक्न दिइयो। त्यसपछि भदौ १६ मा म्हैपीको जग्गा लिलामीका लागि सूचना निकाल्यो।

उत्तमले जग्गा लिलामी रोक्काका लागि आफूमाथि ठगीका आधारमा जिल्ला अदालत काठमाडौंमा निशेधाज्ञा माग गरे। अदालतले बैंकलाई सोध्दा उत्तम कुमारको बारेमा कुनै अधिकार छैन, उनी खराब ऋणी हुन् भनियो। तर, बैंकले उत्तम कुमारलाई राम्रो ऋणी हो भनेर पत्र उपलब्ध गराएको थियो। मेगासँग कुनै दायित्व नरहेका उत्तम कुमारको सम्बन्धमा अदालतलाई पनि गुमराहमा राखेको देखियो। उत्तम कुमारले बैंकलाई ऋणको किस्ता नियमित नबुझाएको भए उनको ऋण सकार्ने अर्को व्यक्तिका नाममा हस्तान्तरण हुने थिएन।

को हुन् भुमादेवी र गुरुदत्त पौडेल ?

कैलाश विकास बैंकबाट ऋण लिएर धापासीको घर लिलाम गराएका पौडेलकै जग्गा आईएमई कोअपरेटिभ सर्भिसले नवलपरासी कावासोतीको जग्गा पनि लिलाम गरेको थियो। मेगामा ८५ लाख रुपैयाँ ऋण लिएकै बेला हेटांैडाको जग्गाधनीलाई दिएको चेक बाउन्स भएको थियो। उनले चेक बाउन्स मुद्दा खेपिरहेका छन्। भुमादेवी गौतम काठमाडौं जिल्ला अदालतको आदेशअनुसार २५ लाख रुपैयाँ धरौटी जम्मा गर्न नसकेका कारण जेलमा छिन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies