Khabar Dabali Logo
  February 21, Fri

राष्ट्रियसभा निर्वाचनकाे तयारी : सबै प्रदेशमा पुग्यो निर्वाचनको मतपत्र

काठमाडौं । निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याएको छ । माघ १ गतेसम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरिसकेको आयोगले जनाएकाे छ ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछट्टै मतपत्र बनाइएको छ । प्रदेशसभा सदस्यका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरिएको छ । स्थानीय तहका सदस्यका लागि सेतो कागजमा रातो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरिएको छ ।

माघ ९ गते हुने निर्वाचनबाट १८ जना सदस्य निर्वाचन हुनेछन् । जसमध्ये प्रदेश १ बाट महिला, दलित र अन्य समूह गरी तीनजना, प्रदेश २ बाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह गरी चारजना, बागमतीबाट महिला र अन्य समूह गरी जम्मा दुई जना निर्वाचित हुनेछन् ।

त्यस्तै गण्डकी प्रदेशबाट महिला र अन्य समूह गरी दुई जना, प्रदेश ५ बाट महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह गरी तीनजना, कर्णाली प्रदेशबाट महिला र अन्य समूह गरी दुईजना र सुदूरपश्चिम प्रदेशबाट महिला र अन्य समूह गरी दुई जना निर्वाचित हुनेछन् ।

यस निर्वाचनमा प्रदेशसभा सदस्य ५५० जना र स्थानीय तहका सदस्य १,५०६ जना गरी जम्मा २,०५६ जना मतदाता रहेका छन् । जसमध्ये प्रदेश १ मा ३६७ जना, प्रदेश २ मा ३७९ जना, प्रदेश ३ मा ३४८ जना, गण्डकी प्रदेशमा २३० जना, प्रदेश ५ मा ३०५ जना, प्रदेश ६ मा १९८ जना र सुदूरपश्चिम प्रदेशमा २२९ जना मतदाता रहेका आयोगले जनाएको छ ।

माघ २ गते, २०७६ - १७:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केहो सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण ? कसरी मुछिए मन्त्री बाँस्कोटा ?

केहो सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण ? कसरी मुछिए मन्त्री बाँस्कोटा ?

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ पे्रस खरिद प्रकृयामा सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री...   
बाँस्कोटासँग डिल गर्ने विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

बाँस्कोटासँग डिल गर्ने विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग...   

नैतिकताका आधारमा राजीनामा दिएँ : गोकुल बाँस्कोटा

काठमाडौं । सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले...   
सरकार प्रवक्ताको बर्खास्तीको माग गर्दै कांग्रेसद्वारा संसद बैठकमा अवरोध

सरकार प्रवक्ताको बर्खास्तीको माग गर्दै कांग्रेसद्वारा संसद बैठकमा अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री...   

बाँस्काेटाकाे बर्खास्तीकाे माग गर्दै कांग्रेसद्धारा राष्ट्रियसभामा अवरोध

काठमाडौं । नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको बर्खास्तीकाे माग गर्दै राष्ट्रियसभा...   

बालुवाटार छलफल, प्रचण्डले दिए बास्कोटालाई राजीनामा गराउने सुझाव

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियाे...   
के छ बास्काेटाले ७० करोड कमिसन मागेको अडियोमा? (शब्द र अडियाेमा जस्ताकाे तस्तै)

के छ बास्काेटाले ७० करोड कमिसन मागेको अडियोमा? (शब्द र अडियाेमा जस्ताकाे तस्तै)

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्यूरिटी प्रिन्टीङ प्रेसको...   

ओली-प्रचण्डबीच भेटवार्ता, बास्काेटाकाे अडियो प्रकरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच...   
ट्रम्पलाई नदेखाउन मोदीले ४५ गरिब परिवारलाई घर छोड्न निर्देशन गरे

ट्रम्पलाई नदेखाउन मोदीले ४५ गरिब परिवारलाई घर छोड्न निर्देशन गरे

काठमाडौं । अहमदाबाद नगर निगमले सोमबार नवनिर्मित मोटेरा स्टेडियमको नजिकै रहेको झुग्गी बस्तीका ४५...   

बाँके–बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन : अध्यक्ष दाहाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top