Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

२६ अङकको सुधार हुँदा नेप्से १३०० माथि

काठमाडाैं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ । लगातार उकालो लाग्दै आएको बजारले गति समात्दा बजारले आज अर्को नयाँ विन्दु समातेको छ । बजार एक हजार ३०० को विन्दुमाथि पुगेको छ ।

लगानीकर्तामा एक प्रकारको सकारात्मक प्रभाव परेपछि बजारले गति समातेको टिप्पणी भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २६ अङ्कको सुधार भई एक हजार ३१०.२३ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ३.९० ले वृद्धि भई २८२.८७ मा पुगेको छ । नेप्सेले ‘बुलिस टे«न्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयर रु एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भएको छ ।

यस साता बजारले नयाँ उचाइ प्राप्त गरेको कारोबार रकमबाट पनि पुष्टि भएको छ । बीमा समूहमा देखिएको सकारात्मक प्रभावका कारण बजारले गति समातेको देखिन्छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह १.७ ले ओरालो लाग्दा बैंकिङ १९.३८, व्यापार २८.५९, होटल ७४.५५, विकास बैंक ४१.८४, जलविद्युत् ७.९७, वित्त २६.५५, निर्जीवन बीमा १२५.७१,उत्पादन ९७.३१, लघुवित्त ७६.१८, जीवन बीमा २४२.५८ र सामूहिक लगानी कोष ०.३२ ले बढेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्ट्रिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ३८ लाख ९९ हजार ६३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै शिवम् सिमेन्ट रु १३ करोड ५९ लाख ६० हजार २०२, एनआइसी एशिया बैंक रु छ करोड ८३ लाख १६ हजार ८१६, प्रभु बैंक रु चार करोड ८६ लाख ५७ हजार ८०७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु चार करोड ७८ लाख १८ हजार ५५, नेपाल बैंक रु चार करोड २६ लाख ७० हजार ४९४, कुमारी बैंक रु चार करोड दुई लाख २७ हजार ४३६ र प्राइम बैंक रु तीन करोड ८६ लाख ५५ हजार ६४० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नबिल प्रगति फण्ड, मल्टिपर्पोज फाइनान्स कम्पनी आइसिएफसी फाइनान्स, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, तिनाऊँ मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । नेशनल माइक्रोफाइनान्स ९.९४, आशा लघुवित्त वित्तीय संस्था ९.९३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९.९२ र लक्षमी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९० प्रतिशतले कमाए ।

त्यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था २.६८, अरुण काबेली पावर २.१५, नेशनल हाइड्रोपावर १.८५, सानिमा बैंकको ऋणपत्र १.८३, लक्ष्मी इक्विटी फण्ड १.८१, गुर्खाज फाइनान्सका शेयरधनीले १.६१ प्रतिशतले गुमाए । (रासस)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies