Khabar Dabali Logo
  February 22, Sat

अमेरिका र चीनबीच नयाँ सम्झौता, व्यापार-युद्ध खुकुलो हुने अपेक्षा

वासिङ्टन । अमेरिका र चीनबीच पहिलो चरणको आर्थिक तथा व्यापारसम्बन्धी सम्झौता भएको समाचार छ ।

उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हीले हस्ताक्षर गरेको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा अमेरिकी केही ठूला व्यापारिक घरानाका व्यक्तिहरुको सहभागीतामा दुवै देशका उच्च अधिकारीबीच गरिएको यो सम्झौतालाई कतिपयले व्यापार युद्ध कम गर्ने विषयको सम्झौता पनि भएको हो भनी बताएका छन् ।

सो व्यापार सम्झौतामा हस्ताक्षर गरेपछि चिनियाँ उपप्रधानमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक व्युरोका सदस्य समेत रहेका लिउले उक्त सन्देश सबैभन्दा पहिला चिनियाँ राष्ट्रपति सि चिनफिङलाई पठाइएको जानकारी दिएका थिए ।

उपप्रधानमन्त्री लिउ केही समयदेखि जारी रहेको चीन अमेरिका व्यापारक युद्धको समाधानका लागि यस विषयको वार्ता समितिका संयोजक समेत रहेका छन् ।

यी दुई देशकाबीचमा विगत लामो समयदेखि चलेको व्यापार युद्धका कारण विश्वकै अर्थव्यवस्थामा नकारात्मक असर परेको पनि बताइएको थियो ।

उपप्रधानमन्त्री लिउको सन्देशपछि चिनियाँ राष्ट्रपति चिनफिङले यो सम्झौताले चीन, अमेरिका र समग्र विश्वलाई नै राम्रो हुने धारणा राखेका थिए ।

साथै राष्ट्रपति चिनफिङले यस सम्झौताले चीन र अमेरिकासँग आपसी सम्मान, समानता र विश्वासका साथ काम गर्ने क्षमता छ भन्ने कुरा स्पष्ट गरेको धारणा पनि सो सन्देशमार्फत राखेका थिए ।

सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग आगामी दिनमा अहिलेको भन्दा अझै राम्रो खालको सम्बन्धको विकास हुने धारणा राखेका थिए ।

राष्ट्रपति ट्रम्पले आफूहरुले विगतमा कुनै गल्ती गरेको भए पनि दुवै मिलेर एक आपसमा सच्याउने बताए ।

उनले अमेरिका र चीन मिलेर निर्माण गर्ने आर्थिक न्याय र सुरक्षित भविष्यले यी दुई देशलाई मात्र नभएर विश्वलाई नै फाइदा पुग्ने पनि बताए ।

हालका लागि यो सम्झौता अति आवश्यक रहेको भन्दै यसले आगामी दिनमा विश्वमा थप शान्ति ल्याउने छ र त्यसका लागि हामीले कोसिस गर्नेछौँ– उनले भने।

यो सम्झौताबाट सबैलाई लाभ हुने र यो सम्झौताबाट हरेक प्रकारले दुवै देशबीच सम्बन्ध सुधार हुनेमा पनि चीनका नेताहरुले विश्वास लिएका छन् ।

बुधबार ह्वाइट हाउसमा गरिएको सो सम्झौता बमोजिम चीनले अमेरिकी सामानहरुको आयातलाई अहिले भन्दा बढी हुन दिने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी अमेरिकाले पनि चीनका केही उत्पादनहरुमा लगाइएको अतिरिक्त शुल्कमा करिब ५० प्रतिशतसम्म घटाउनका लागि चीन सरकार तयार रहेको जानकारी गराएको छ ।

यसअघि गएको वर्षदेखि नै अमेरिकाले कैयौँ चिनियाँ उत्पादनहरुको आयातमा रोक नै लगाएको थियो । त्यसैगरी कतिपय अत्यावश्यकीय चिनियाँ वस्तुमा पनि चीनले भारी मात्रामा अतिरिक्त शुल्क लगाउने गरेको थियो ।

चीनको यो कार्यको कडा मात्रामा विरोध गरेको अमेरिकाले त्यसको बदलामा अमेरिकाबाट आयात गरिने वस्तुहरुमा पनि सोही प्रकारको निर्णय गरेको थियो ।

अब यो सम्झौता भएपछि भने यी दुई देशका व्यापारिक एवम् साझेदारी कानुन नियम बमोजिमका सामानहरुको आयात तथा निर्यातका क्रियाकलापहरु सहज हुने अपेक्षा गरिएको छ । सिन्ह्वा

माघ २ गते, २०७६ - १४:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमसीसी परिमार्जनसहित अनुमोदन हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता...   

चीनसँग स्पष्ट सम्बन्ध नभईकनै कोरोनाभाइरस सङ्क्रमण फैलिँदा विश्व स्वास्थ्य सङ्गठन चिन्तित

एजेन्सी । चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोनाभाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेपछि विश्व स्वास्थ्य...   

बाजुराकाे प्रहरी कार्यालय नजिकै प्रेस कुकर बम फेला, सेनाद्वारा डिस्पोज

बाजुरा । बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालय नजिकै प्रेस कुकर बम फेला परेको छ । शुक्रबार...   
अबदेखि छोरीको बीमा गराउनेलाई निः शुल्क इन्टरनेट सेवा

अबदेखि छोरीको बीमा गराउनेलाई निः शुल्क इन्टरनेट सेवा

सिरहा । प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत...   

यसकारण जापानले सरकारी संयन्त्रबाट कामदार लैजान मानेन !

काठमाडौँ । श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालसँग समझदारी गरेको एक वर्ष पुग्न लाग्दा...   

एमसीसीमा अमेरिकी लबिइङ बढ्दो, प्रधानमन्त्रीसहित यी तीन नेतासँग छुट्टाछुट्टै भेटघाट

काठमाडौँ । संसद्‌मा विचाराधीन अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता...   
नेकपा कार्यदलले एमसीसीमा भेटायो यस्ताे गम्भीर आपत्तिजनक बुँदा

नेकपा कार्यदलले एमसीसीमा भेटायो यस्ताे गम्भीर आपत्तिजनक बुँदा

काठमाडौँ । अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अध्ययन गर्न बनेको सत्तारुढ...   

यी हुन् बाँस्कोटाको हातमा भएका एक खर्बका सात प्रोजेक्ट, भइसकेका ठेक्का रद्द गरेर आफ्नो स्वार्थअनुसार अघि बढाए

काठमाडौं । १. प्राविधिक कमिटीको सुझाबविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया २.करोडौँ कमिसन आउने...   

मौसममा न्युन चापिय प्रणालीको प्रभाव, अझै केहि दिन बर्षासहित हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभावको काराण हाल देशभर आंशिकदेखि सामान्य बदलीको...   
महाशिवरात्री : पशुपतिनाथ मन्दिरमा जे देखियो (१० तस्विरमा हेर्नुहोस्)

महाशिवरात्री : पशुपतिनाथ मन्दिरमा जे देखियो (१० तस्विरमा हेर्नुहोस्)

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिक्षेत्र केही दिनदेखि सिँगारिएको छ। केही दिनदेखि त्यहाँ देशविदेशबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top